~पौल भाट~
कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि पुगे सहि समय मा पेन्ट एक हात ले समात्दै .
गेट बाट छिर्ना बित्तिकै भलिबल मैदानका दुई खम्बाको गेट ले स्वागत गर्थ्यो , बडो इतिहास छ यी खम्बा को पनि , जित्दा जित्दै हार्ने अनि हार्नै आँटेका को धैर्य र लडन्तलाई सबै भन्दा नजिक बाट देखने को खुदै गवाह !
खम्बा पछाडी L आकारको पक्कि घर थियो.. जसमा साएद १० वोटा ठुला कोठा लहरै थिए .. बाया बाटको तेस्रो कोठामा कक्षा ५ का बिधार्थी लाई जान उर्दी भयो .. सबै गुर्र पसे पहिलो सिट कब्जा गर्न ..मा पनि दौडमा पछि परिन , फुर्तिसाथ तेस्रो बेन्चमा एउटा सिट समाते . निमिषमा कक्षा भरियो … इन्द्र थापा सर आउनु भो , भर्ना गरेको हाजिरी पुस्तिका अनि ताजा हाँसो लिएर .. उहाँ छिर्न साथ सारा कक्षा जुरुक्क उठ्यो र कोही कोही घाटीका नसा फुल्ने गरि कराए “ good Morning Sir”. फेरी बस भन्न नपाउँदै सब बसी हाले !!!
एकछिन मा हाजिर सुरु भो … १ , २ , ३ … मेरो पालो १३ मा आयो .. म खुसी भए .. मेरा मन गद्गद् थिए , मैले एउटा लडाई नै जितेको थिए , एक्कासि थापा सर रोकिनु भो .. सब का आँखा ढोका मा गए .. लौ खत्तम .. त्यहाँ मेरा बा ढोका छाप्ने गरि खडा हुनु हुन्थ्यो, बा गर्जिनु भो ..” ए “..अनि उहाको आफ्नै अन्दाजको हातको इसारा ले आज्ञा गर्नु भो , मेरो मुटु भुक्लुक्क भुलुक गरेर उफ्रिन लागेको थियो .. म काँप्दै ढोका मा पुगे .. मेरा कन्सिरी उखेलिए .. तेही अवस्थामा म गेट सम्मै लगिए खम्बा को बीच देखि … मेरो दिमाग सुन्य थियो .. डर भन्दा उपलो केहि हुन्छ भने मेरो अवस्था त्यही थियो ! झ्यालमा बस्ने सब स्कुलले देख्यो !
———————————————————————————–
दिपायलमा पढ्थे , होस्टेलमा बस्थे ! संघर्ष को चरम रुप भोग्छ बालकले त्यहाँ ! हर किसिम को क्रुरता अनि संगत पाइन्छ ! जीवन जिउदा आइपर्ने झेल अनि दाउपेच का अदभुत कला मा पारंगत गराउनु छ भने बालकलाई होस्टेलमा राखे हुन्छ , पछि सन्तान टाडा भयो भन्न चाहिँ पाइन्न !
३ त मजाले पढे , ४ पढ्दा संसारै उल्टो भो ! मुर्गा बन्ने, १०० लाठी , निर्बस्त्र पारिने , अरु यातना को मजा चाखे पछि , मलाई डोटी को रोटि पच्न छोड्यो , म भाग्न चाहन्थे ! मेरो स्वतन्त्रता फर्काउन चाहनथे ! मानिसहरु भूमिगत हुन भर्खर सुरु गर्दै थिए ! ४ को अन्तिम परीक्षा संगै मेरो बाकस पुरा भरियो अनि मेरो सामान्य ज्ञान को उत्तर दिएबापत पाइने प्रथम पुरस्कार छोडेर पाइने दिन अगाडी नै म घर फर्के !
फर्किनासाथ म गाउँ पुगे ! मलाई सिक्न को लागि थुप्रो कुरो थियो ! रुख चड्नु , पौडी सिक्नु , साइकल सिक्नु , अनि दिनभर घर पछाडी को आँप अनि अम्बा का रुख मा झुलिनु मेरो रुटिन थियो !
मेरो उमेर को केटाहरु सबमा पारङ्गत थिए , मलाई उनीहरुलाई भेट्टाउनु थियो !
———————————————————————————–
म यही पढ्छु .. २ घण्टा को केर कार पछि .. बल्ल मैले सारा ब्रह्माण्ड को सक्ति आफमा एकाकार गरेर भने !! छेउमा बज्येई टाउको मुसार्दै थिन ! बाजे ३ पाइला पर कुर्सि मा बसेका अनि बा अघि उता फर्केर ! अनि ठुली आन्टी भान्सा अघि कुरा सुन्दै थिइन् !!
हु .. के भनिस .. बा जंगे ..
छोड्दे .. हनोक को साथी पनि हुन्छ … एस्लाई जानै मन छैन .. हामी संगै बस्छ .. गाउँ मा के कमि छ र !!
हजुर बा को फैसला भो !! हजुर आमा ले .. नजिकै टासिन !! बा उता फर्के .. अनि लामो सास लिए. एकछिन भुइँ मा हेरेर सोचे .. जुरुक्क उठे.. अनि भने .. त बौनिया नआएस .. हाम्रो छोरा नि होइनस .. जे गर्छस गर् … मलाई त्यो बेला त्यो सब्द ले खासै छोयन.. मेरो जित मा मेरो हर्क बढाइ मनभरि थियो !! होस्टेलले बुवा आमा के हुन्छन भन्ने बिर्साई सकेको थियो !! खाली संगर्ष अनि जित सिकाएको थियो .. अनि यो मेरो जित थियो !! बा एक्लै फर्कनु भो !!
———————————————————————————–
हामी ६० जना थियौ.. अझ धेरै जस्तो लाग्छ !! ठुलो कक्षा थियो .. ! बोर्डिंग स्कुल मा पढेको लाई बाया हातको खेल थियो.. !! मलाई पढ्नु भन्दा नि.. रमाइलो गर्नु थियो !! मैले त्यो वर्ष सब सिके .. पौडी सिके .. खेत खलियान .. कमैया .. गोठ .. बारी .. गाई .. राँगा .. बाख्रा .. हाँस .. कुखुरा .. सब जाने !! रुख का फिर्का हल्लाउन जाने !! नदि का कुना.. ठोसा .. बालुवा सब संग परिचय भो !! साइकल सिके .. भाषा सिके ..!! आफन्त जाने !! ६ महिना पछि बौनिया पनि गए .. बा बोल्नु भएन.. आमा ले खुट्टा हेर्नु भो..हट कस्तो कालो फोहोर भन्नु भो … तुरुन्त नंग काट्नु भो.. ब्रुश गर्न लाउनु भो !! सब कुरो मिल्यो !!
त्यो वर्ष मलाई कपडा को मतलब थिएन .. मेरो ड्रेस दाई को पुरानो ड्रेस थियो !!.. शर्ट का टाँक प्रत्येक महिना फेर्नु पर्थ्यो !! कापी किन्न कहिले बाजे ले पैसा दिनु हुन्थ्यो !! किताब सरकारी थिए.. !! कोहि फुपू का थिए कोहि स्कुलका .. अन्तिम परीक्षा आयो .. स्रोत केन्द्र स्तरिय हुन्थ्यो !! परीक्षा भयो .. फेरी बिदा भो.. मेरो मन हलुका थियो .. बैसाख आउदै थियो .. !! गर्नु लाई केहि थिएन .. घर मा पाहुना आए .. मेरो ममी को ठुलो दिदि !! मेरो मन मा योजना बन्न थाले.. !! मामाघर पुग्नु पर्यो अब मलाई !! ठुली आमा संग सल्लाह भो .. हुन्छ हिड भन्न नपाउदै बाजे ले थाहा पाउनु भो ! अब बाजे उभिए.. पर बाट .. क्रोधित मुद्रामा कराए .. अह हुन्न !! बिद्रोह जाग्यो !! अर्को जित हात पार्नु पन्रे मेरो लागि मनास्लु खडा भयो !!
———————————————————————————–
ठुली आमा घर बाट निस्कनु भन्दा पहिल्ये म कटासे पुगिसकेको थिए … गोरे मामाको घर भित्र लुके .. ठुली आमा हरु पुग्नु भो.. बाहिर मगर्नी बज्येई संग भलाकुसारी हुँदै गर्दा .. बाजे लठी हल्लाउदै पुग्नु भो… भित्र बाट सब सुन्दै गर्दा ..आँखा मा चित्र नि नाच्दै थ्यो !! नाने का छ ??? बाजे जंगे … हामीलाई थाहा छैन .. ठुली आमा ले हाँस्दै .. का पो गयो .. भन्दिनु भयो ..!! बाजे अलिक पर सम्म गए .. अनि फर्के ..!! अनि म पहाड तिर हिडे !!
चिसापानी देखि कर्णाली उभो — उकालो उक्लिदा प्राण छुट्ला झैँ भो !! दिउसको बेला.. चैत्र को महिना !! धन्न म संग झोला थिएन !! सुक्खा मौसम .. तेस्मथी ढाड मा सिधै पर्ने मल्वार को घाम !! पानी तिर्खा ले उस्तै पिरोल्यो !! खोल्सा , खाल्डा सब सुक्खा .. एस्तो बिजोग मेरो कहिले भएन !! तेस्मथी भोक उस्तै छ .. फर्कु .. घर धेरै टाढा छ !! मुटु बलियो पारेर हिडे !! साना पाइला सार्दै –सर्दै ३ घण्टा पछि टुप्पो आयो ..अनि मेरो सास फर्क्यो !! मेरो मामा घर पुग्ने योजना सफल भो !! मैले अर्को शैल चढे !!
———————————————————————————-
मेरा मामाघर का बाजे फौजी , छेत्री जात लेखाएर दोस्रो बिस्वयुद्ध लड़द्दै इराक पुगेका बाजेलाई कुरा मा जित्ने सायदै जन्मे ! उनको हो लाई होइन भन्न सक्ने अखा पहाड मा कोहि थिएन , तर म चित्त नबुजेको कुरा मा .. बोलि हाल्थे !! बाजे बाट सानो हुँदा पाएको नाम बिर्से तर अब नया नाम थियो “डोटी” ! डोटी मा मुद्दा लड्न गको कुरा खुब सम्झाउनु भो !! बाजे को कटेरो छुट्टै थियो ! घर भन्दा पर ! मैले थाहा गरे सम्म जिन्दगि कसैले जियो भने मेरा मावली का बाजेले !
अनगिन्ति किस्सा , त्यो पनि साक्षी सहित , पत्याउने गार्हो पर्ने सिकारी कथा ! बाजे को कटेरो मा हामी साना हरु लाई मनाही थियो ! बाजे का महादेव बस्थे ! मेरो पालो ..एक दिन गएर तिलक लगाएको माझ को ढुङ्गो उठाएर ल्याए अनि सबलाई देखाए , बाजेका महादेव त ढुंगा रैछन् ! बाजे लट्ठी ल्याएर रंकिदै आए , हान्न चाही हानेनन , पछि यो मान्छे को मुटु दह्रो छ भने !
मामा घर मा अरु संसार बुझियो ! प्रकृति र म पुरै साथी बनायोउ ! आप का झुत्त्ता देखे , ओडार देखे , दुम्सी का दुला जाने , चराका घोल , मौरी को मेहेनत देखे , गोठालो भए २ महिना , पहाड हिड्न जाने , ढुंगा देखि ढुंगा उफ्रिन जाने ! महि र नुन अनि बजैये का मोटा सेकेको रोटिसंगै भोक लाई चिने ! सुन्न लाई रेडियो थियो , खेल्न लाइ पुरा पहाड थियो !!
अब फर्किने दिन आयो , गाउ जाउ त्यहा बाट भागेर आको , बजार जाउ ..कसरि !! अन्तमा मन ले जित्यो , बौनिया गए , म पुरै पहाडे थिए , लुगा झुत्रा थिए , साएद लबज़ पनि बदलेको थियो होला !! कसैले केहि भनेन , अह कसैले केहि भनेन , नया लुगा पाए , तेस्रो दिन बा को उर्दी आयो , अनि आमा र म नजिकै को बोर्डिंग स्कुल गयोउ , भर्ना गर्ने सर ले .. एक दुइ प्रश्न गर्यो … माथि देखि तल हेर्यो , ठिकै छ , बच्चा अलिक कम्जोर छ , हाम्रो स्टुडेन्ट संग चाई होइन तर अरु नया छन् उ जस्तै , सरकारी बाट आएका .. उनिहरुसंग चाही …मिल्न सक्ला !!
भर्ना भाको १ हप्ता मा पहिको त्रमसिक भो , खै कसरि पढे , के पढे , १५ जना मा ५ औ भए !!
मार्क शीट हात परेको दिन पसल अघि गएर ढोका मा उभिए , ! खै देखा .. बा ले भन्नु भो … बिसतार्रै दिए … हेर्नु भो .. लम्बर ..अनि मलाई हेर्दै भन्नु भो …. जा भात खा !!
कुरो मिल्यो !!
-कैलाली, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)