~किरण टि लिम्बू~
जून तिमी मुस्कुराउँदा अँधेरी नै प्यारो लाग्छ
सपनीमा उनी आउँदा निदरी नै प्यारो लाग्छ
जिन्दगीको खुसी खोज्न धेरै टाढा गए पनि
किन होला आफ्नै घरको मझेरी नै प्यारो लाग्छ
जतिसुकै सुख–सयल महलमा हाँसे पनि
बालापन हुकिर्एको कटेरी नै प्यारो लाग्छ
जिन्दगीको यात्राभरि धेरै साथी आए पनि
आफ्नै गाउँको माया दिने सँधेरी नै प्यारो लाग्छ
मिमिर्रेको घामसँगै लाली–किरण मुस्कुराउँदा
किन–किन उनलाई भेट्ने पँधेरी नै प्यारो लाग्छ
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, नोभेम्बर २०१३)