~नगेन्द्र ईङ्नाम “आठराईली”~
पीरति त नशा भन्थे यै नशामा लठ्ठै मातिदिएँ
तिम्रो प्रेमको नशासँग मैले जीऊज्यानै साटिदिएँ
पीरतिको नाममा तिमीबाट जब मैले धोखा पाएँ
मनलाई सिउने ठाउँ नै रहेन धुजाधुजा फाटिदिएँ
देख्दा मलाई सबले भन्थे तिमी कति हँसिखुशि
भित्रभित्रै जलेपनि सबलाई हो हो भनी ढाँटिदिएँ
धोखासँग नहारेर बचाई राखेँ जीवन तिम्रै लागि
तिम्रै नाममा जिन्दगी यो देउरालिलाई पातीदिएँ
पराई भयौ त के भो आफ्नै भएसरि भो मलाई
तिम्रो तस्बीरसँग सिङ्गो जीवन सँगै काटिदिएँ
– न्यूयोर्क
(स्रोत : Nayasamachar.com)