~तिपाहाङ्ग फियाक~
‘सर आज पढाइ भएन नि? किन?’
‘कस्ले भन्यो? म क्लास सकाएर आउँदैछु।’
‘अनि म पनि त क्लासमानै एक घण्टा एक्लै बसेर फिरेको?’
‘आज देखि विद्यार्थी धेरै भएर अर्कै कोठामा पढाउन थालेको हो। शुरुमा त सबैलाई सदाकै कोठामा पढाउन खोज्या आँटेन। अनि ठाउँ सारेको। आफू ढिलो आउने?’
हिजो १० मिनेट छिटो आएको थिए। कोहि आएनन्। टिचर पनि – उनिहरुको विदा थियो रे।
आज म ५ मिनेट ढिलो हुँदा कुखुराले चल्ला लगे जस्तै सरलाई पनि अर्को ठाउँमा विद्यार्थी लानु पर्ने।उज्यालो भएको थिएन। लोलाएका आँखा ब्यूझाँउन छेवैको चियापसल छिरे। यहाँ बस्नुको मजा नै अर्कै हुन्छ। खुट्टा तेर्साएर गीत सुन्नुको मजा भिन्नै हुन्छ। गित सुनुकि किताबमा आँखा दौडाऊ, सधैँ दोधारविच गुजि्ररहन्छ।एकजोडि मित्रहरु आए। अनि मेरो छेऊमा बसेँ। मैले भने म एकछिन सुत्छु। अर्को ट्यूसन सुरु हुनु भन्दा अगाडि उठाइदेउन ल।
आँखा आफै खुल्यो।
छेवैका मित्रहरु आफ्नै तालमा छन्। मलाई उठाउने कुरा त त्यस्तै हो चिया पसलै भुले झैँ लाग्यो। यिनारु सानो–सानो कुरामा खुजमुजिन्छन् जो मलाई कहिलेकाहीँ दिक्क लाग्छ।
‘सरले होमवर्क देको यो नम्बरको हिसाब हो?
होइन के यो?
तैँले भनेको भएन?
तैले भनेको चाहिँ कसरी भयो?
के?
तैँले चै के भन्या?
‘कण्डम ९म प्रवेश गरे०’
हत्तेरी जवाफ फिर्ता लान मिल्ने भए। तर कण्डम पड्किसकेको थियो।
छेऊका छिमेकीहरु जो मसँगै ट्युसन पढ्थे सबै तितरवितर भए।
कि त म अलि खसे? या अलिकति बढि नपाके झै लाग्यो उनिहरुको लागि।
आ भैगो।
पहिलो चिन्ता ― अब मलाई कसैले नोट सार्न नदिने भो। मेरा मित्रगण जाबो कपिमा नि पत्याउदैन मलाई।
अर्को ट्युसन सुरु पो भैसकेछ।
किन ढिलो? गुरुको प्रश्न।
छिटै आँ……आउँदा आउँदै बाटोमा पहिरो गो। पहिरो हटाउँदा, पूर्ननिर्माण गर्दा ट्याम लागो।
कहाँ बसूँ? कहाँ बसूँ? हुन्छ यहाँ बस्छु, मेरो निर्णय।
हजुर अलिकति सरिदिनुहुन्छ कि।
मेरो आसनग्रहण गर्न त धेरै ठाउँ पो चाहिन्छ त ― ठेल्ने मौका पनि मिल्यो।
धेरै दिनदेखि चाहेको केटिको छेउमा छु, हर्षित छु। योसँग आज बल्ल लेप्सिने मौका मिल्यो। यसलाई कसरी लाइन मारुँ? अरुलाई नि डिस्टर्ब भै सक्यो। साउती गर्न हौ साउती–मनले भन्यो।
‘चुइगम चपाउन सक्छौ?’
ऊ त अलमल्ल पो परि। हातैमा थमाइदिएँ। लाजले राख्नु कि फाल्नु पो गर्न थाली।
‘अरे दाँत छैन कि क्या हो? मूसाले क्रिकेट खेले जस्तो छ।’
……… दाँत रहेछ।
एकचोटि उसको कपीमा लेख्ने मौका मिल्यो। तब मैले लेखिदिएँ ‘अब म ढुक्क छु। मेरो चुइगम तिम्रो मुखभित्र छ। तिम्रो मुख भित्र दाँत छन् र ती सुन्दर देखिन्छन्।’ कक्षा सकियो। छेवैको केटिलाई पछ्याऊ कि मलाई पछ्याउन लगाऊ। पछ्याउँदा फर्केर हेरिन भने? अथवा अगाडि जाँदा पछाडि आइन भने? धन्य हामी सँगै निस्कियौँ। भिडमा मैले उसलाई हराए। उसले भर्खर टाउको भिजाएझै लाग्थ्यो। कपालको सुगन्ध पहिल्याउँदै फेला त पारे तर मेरो जग्गा अर्कैले लिएछ। एउटा केटासँग ऊ बोल्दै छ। केटालाई म खम्बा जस्तो देख्दै छु। ‘लौन यो के भा हो? उ त ९० डिग्रीबाट ७५ डिग्रीमा ढल्किएर पो खम्बासँग लेप्सिई।’
मन कुँडियो। सायद त्यही भर अल्छि लागो। अल्छि सरेर सबैकुरा बोझलो लाग्न थाल्यो। पछाडि झुण्डिएको ब्यागले त यति थिच्न थाल्यो। सबैभन्दा पैले खुट्टा उचाल्न गाह्रो भो। उचाल्न नै गार्हो हुने खालको जुत्ता छ। १०/१० केजी उचाले जस्तो लाग्छ। जोख्दा कति छ थाहा छैन। तर यो चाहिँ थाहा छ यो जुत्तामात्र नभएर मेरो प्यारो गहना पनि हो। मेरो बाऊले यसलाई ‘सुँगुरको चारो खाने डुँड भनेर विट मारे’–मैले सुँगुरलाई दिइन। बाटामा हिँड्नेहरु पहिला जुत्ता हेर्छन् अनि त्यो लगाउने जुत्ताको धनी–तर खै के लगाइ नै रहेको छु।
जुत्ता उचाल्न नसकेर के भो त घिर्सान त मिल्छ नि। त्यहि गर्न थालेँ।
पहिले ट्यूशनमा आफू छुटिएको सम्झे साथ साथै आलो निन्द्रा–पख भोलि पछाडी बसेर हल्ला गरिनछु भने।
मलाई नोट कपि सार्न नदिने जमात सम्झे–ती चस्मेका बाउ चस्मावालहरु।
अनि अघिको खम्वालाई सम्झे जो सँग ऊ नारिएर गएकी थिई। त्यो चोर।। खुव रिस उठयो।
अगाडिको १ किलोको ढुङ्गालाई लात्ताले हाने।
ला… ढुङ्गा रोकिए हुन्थ्यो। के रोकिन्थ्यो। त्यो वलको प्रभावले घर्षण चुम्दै गति लिएर दौडिरहेको थियो। (न्यूटनले रोक्थ्यो? ऊ वैज्ञानिक हो चमत्कारी त हैन।)
लौ जा एउटा तरुनिको पिडौलामा गएर ढुङ्गा विसायो।
‘आइया … के भा … आँखा छैन?’
कस्तरी हेरि। हेराइले मलाई घोच्यो। मेरो आँखा छ र देख्छु पनि तर त्यो ढुडगाले देखेन, तिम्लाई नै मन परायो। ऊसलाई नदेखेको भए म यसै भन्थे होला। म ङिच्च हाँसे अनि बाटो लागे। सबै कुरा वेवास्ता गरे। सरी भन्ने शब्दलाई पनि वेवास्ता गरियो।
मेरो एकजना सहकर्मीले पढ्न भनेर पुस्तक दिएकी थिई। मैले त्यो पुस्तकको ठेगाना पत्ता नलगाको २ दिन भएको थियो। धेरै ठाउँ खोजियो। अफिसको डेस्कमा हेर्न बाँकी थियो। अफिसमा सबैलाई सोधेकै हुँ। कसैले देखेनछन्। अब ‘किताव हरायो’ भनेर कान्तिपुरमा प्रकाशित गरुँ?
जे होस् किताब हरायो। दिउँसो खाजा खान जाँदा पुस्तक पसल छिरेँ।
‘त्यो किताब पाउन गाह्रो छ, मूल्य चाहिँ १५००–२००० पर्छ होला’ पसलेको जवाफ।
दाम सुन्दा त दिमागले धरान–धनकुटा गर्यो।
अब पुस्तकको आगमन हुँदा र दाम तिर्नु पर्दा त दिर्घ रोग लाग्छ होला।
आज विहान चाँडो अफिस आइपुगियो। जुन मलाई पनि अचम्मै लागेको थियो।
विज्ञान भन्छ, हरेक कृयाको भविष्यमा हुने कुरासँग अर्न्तसम्बन्ध हुन्छ रे। त्यो देखियो।
‘हाकिमले आफ्नै सैलीमा हजूरलाई विदावारी गर्दै छु’ भन्ने मेल छुट्टी हुने बेलामा पठायो।
केहि दिन देखि म र मेरो मूख्य हाकिम (जो मूख्य अफिसमा बस्छ, अन्तै छ) बिच कामको तालमेल मिलेको थिएन।
म एकछिन अलमल्ल परे।
भाङ्गडामा बल्ले बल्ले गरुँ? या रामकृष्णसँग ओरालो लागूँ?
के गरुँ भयो?
भुत्रा आकाश खसेन त?
ठिकै छ भरी ५ कप कफी र एउटा बुक पढेर सुत्नेछु–यो मेरो अन्योल भन्दा पनि योजना थियो जो बिना विकल्प बनाउनु पर्यो ।