~सन्जीव बंकिम~
भनिरहनु पर्दैन
युद्ध आँफै मा एक घ्रिणित फोहोरी खेल हो
जहाँ हामी अहमता का हुन्कार भरी रहेका हुन्छौ
दुश्मन हरु लाई नस्तनाबुद पारी रहेको चर्चा गरी रहेका हुन्छौ
हामी कति असत्य बोली रहेका छौ
कि फँला फँला युद्ध मा हाम्रा सेना हरु ले
यस्तो बहादुरि देखाये उस्तो बहादुरि देखाये
अर्को जित्ने ले पनि यस्तै बोली रहेको हुन्छ
जित्ने हरु को यौटै साझा अबधारणा बन्छ
दुस्मन लाई धुलो चटाईएको कुरो चल्छ
जित्ने हरु यस्तै कुरा गर्छन्
साहस् का पराक्रम का हिम्मत का
बिजय का बिरता का गाथा हरु भन्छन
कायर हरु का
बारेमा युद्द जित्नेहरु ले सरेयाम
कति बिरोधाभास् पूर्ण कुरो बोली रहेका हुन्छन
युद्द मा बहादुरि देखाउनु को अर्थ
केवल खुशी केवल जित मात्र होइन
जित्ने जित को उन्माद ले खुशी भएको होला
तर हार्ने ?
हार्ने हरु को सर्बस्व लुटिएको हुन्छ
हार्ने हरु लाई लाग्छ कि
जित्ने हरु ले त
बिपद मा पिडा मा संकट मा
प्रक्रिती लाई पनि उछिनेको हुन्छ
हामी ले जित्दा कति का खुशी हरु लुट्यौ होला
हामी बाट कति बलाल्क्रित भये होलान
कति अकारण मारिए होलान निर्दोश हरु
युद्ध आँफै मा मानिस मार्ने पर्ब हो
युद्ध भयानक सनक को उपज हो
ए युद्द जित्ने हरु हो
तिमी रमाइ रहेको ठीक यही पल
जित को अपुर्ब खुशी मनाइरहेको यही पल
याद गर्नु
हार्ने हरु मा रुवाबासी भैरहेको हुन्छ
भयानक निरासा छाइरहेको हुन्छ
ए युद्द जित्ने हरु हो
थाहा पाइ राख
तिमी लाई जहाँ
जे गर्दा पनि बम्पर छुट हुन्छ