कविता : रहर

~तेजविक्रम कार्की~Tej Bikram Karki

बिर्सिएर हिडेछु भने एक दिन
आफैंलाई
जोडेर दियोहरु – घाम लेख्दै हिडुँ
बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ

उज्यालोको साना साना झिल्काहरु चोरेर
जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ

बसेर डिलमा ढुङ्गै फ्याकेछौ भने पनि
छ्ल्केर पानीले एउटा उचाई लेखेर हिडुँ

बिर्सिएर हिडेछु भने एक दिन
आफैंलाई

अधेरीमा धिप-धिप गर्ने लाल्टिन बोकि हिडेको
साधुको मनको ज्योति बोकेर
आँधीको बाटो छेकेर
सागरको लहर टिपेर
पुछेर ती आँखामा निराश बादलका थुप्राहरु
पानी पानी बर्षा-बर्षा लेख्दै हिडुँ
भिर पहाराहरुबाट खस्दा
मनभरी छाँगा-छाँगा झरना-झरना लेख्दै हिडुँ

यो घाम यो जुन
यी पर्वत यी नदि
एउटा सिङ्गो आकाश बोकेर
निभाएर मनभित्र गहिरो साँझ
साँच्चै !
बिर्सिएर हिडेछु भने एक दिन
आफैंलाई
बनेर दियालो
तिम्रो मनको
डगरै डगर हिडुँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.