~गणेश पुर्बछाने मगर~
छोडी जाने मायालु लाइ ,, जान देउ
व्यर्थै….उस्को पछी लाग्छौ किन??
जब यँहा ….दुनिया नै स्वार्थी छ भने
छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन??
जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई
उस्को मन बाधी,,चटक्कै नै माया मारी एक्लै पारेर
आखिर ! जति चोखो माया दिए पनि तिमीले
जाने मायालु न हो? जान्छ मन मा तिम्रो छुरा रोपेर
बरु समाल्ह तिमि आफै,,छोडी जाने निर्मोहिको नगर है आसा
हुदैन है यँहा,, त्यस्तो निष्ठुरीको केहि भरोसा र भर
पागल घायल प्रेमी झै बनि ,,छाडी जाने स्वार्थी लाई सम्झी तिमीले
समयलाई तिमीले …नफाल न ब्यर्थै खेर
बुझ्ने गर तिमीले ,,जिन्दगि त तिम्रो अनुभब को संगालो न हो
जँहा हुन्छ कहिँ हाँसो त कहिँ रोदन
आखिर!!जति चोखो माया दिए पनि तिमीले
यँहा दुनिया नै स्वार्थी छ …. हुन्छ यँहा कहिँ मिलन त कहिँ बिछोड
(स्रोत : कविता कुसुम)
