~रमा अधिकारी ‘कादम्बरी’~
माया भन्नु घात रैछ
मन दुखाउने जात रैछ ।
उज्यालोमा हिँडे भन्थे
त्यहीँ कालो रात रैछ ।
सहारा नै किन मागे
छोडी जाने हात रैछ ।
जीवन सोचोकोथेँ मैले
पलभरको मात रैछ ।
जुन वृक्षमा सुस्ताए
त्यहाँ झर्ने पात रैछ ।।
– कुशादेवी-७, काभ्रे, नेपा
(स्रोत : युवामञ्च २०६७ पुस)