~तेजिन्द्र राना मगर~
१.
जाडो बढेर आजभोली ठण्डी भएको बेला
तिम्रो ममताको साह्रै मण्डी भएको बेला
सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु
मेरो मनमुटु एकाएक खण्डी भएको बेला
२.
मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो
हाँसो रमाईलोले मख्ख पार्ने तिम्रो चाला राम्रो
सुन्दर मुहारमा पनि सुनमा सुगन्ध थपिदिने
तिम्रो हातको ट्लक्क टल्किने त्यो बाला राम्रो
२०७३-०८-२२ बुधबार
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )