कविता : एउटा प्रश्न ?

~हरि सिंह थापा~Hari Singh Thapa

चरक्क चर्किएर धर्ती
टुक्रा टुक्रा छुट्टिदै
वीर पूर्खाहरुको रगत

पसिनाको छालमा
बग्दै बग्दै गईरहेको बेला
स्वर्गमा शहीदहरुको सपना
कति करुणादायी
हुन्छ होला ?

अनि ठीक त्यहीबेला
आकाश भेदन गर्दै
गर्जिएको नेताहरुको भाषण
कति उराठ लाग्दो
होला ?

अनि नाङ्गो आङ

भोका पेटहरुमा
बजेका तालिहरुका रिदम
कस्तो हुन्छ होला ?

त्यसैले मलाई
सोध्न मन लाग्छ
अन्धकार भविष्यको खोचमा
जनताहरुलाई कोच्न खोज्ने
कहाली लाग्दो भीरमा
देशलाई धकेल्न खोज्ने
यी नेताहरुको
दिमाग
कुन तत्वले
बनेको होला ?

(१४–०९–२०१३)

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.