~हरिकला उप्रेती~
सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै प¥यो । विचार गरेँ, मान्छे कि त गुनले सिँगारिन्छ कि त सुनले । गुनले सिँगारिन बुद्धि चाहियो । बुद्धिको बिर्को बन्द भएका बेकम्माले गुनले सिँगारिने कुरै आएन । त्यसैले सम्झेँ यो गुनले सिँगारिनुभन्दा त सुनले सिँगारिनु सयगुना सजिलो ।
“जति राम्रो, त्यो त्यति चाम्रो” भएझैँ सुन जाडोको ऊनजस्तो जताततै पाइने सस्तो हुँदैन । फेरि महँगीले नुन किन्न कठिन प¥या बेला, सुन सुन्दै डर लाग्ने कुरा कसरी किन्ने ? हुन त गुन कमाउनभन्दा सुन कमाउन पक्कै सजिलो छ । त्यसैले संसारमा गुन भएका मान्छेहरूभन्दा सुन भएका मान्छेहरू धेरै छन् । सुनै सुनले सिँगारिने सजिलो उपाय सोच्न थालेँ । सुनका चक्करमा यो चण्डाल दिमागले चारै चौरास चहा¥यो । अन्तमा सुन सोहर्ने स्रोत कतै नभेटेर हार खाई म लोलाउन लागेछु । निराश मेरो अर्धनयनले झल्झलाकार ओलम्पिकमा सुनै सुनको वर्षा देख्यो । धन्य ! ओलम्पिक अब भने आफ्ना अनगन्ती सिँगारिने इच्छाहरू पूरा हुन्छन् ।
म मनमनै मख्ख परेँ । नाथे पौडी खेलेर अमेरिकी माइकल फेल्प्सले फालाफाल स्वर्णपदक पाए । अहिले मलाई डाहा भयो, पहिले थाहा भएको भए, म पनि त भैँसीका आहालमा पौडी खेल्ने राम्रो अभ्यास भएकै खेलाडी हुँ । हाम्रो जस्तो जलस्रोतले ओतप्रोत देशमा, खोला र पोखरीहरू त प्रशस्तै छन् । पौडीखेलमा राजधानीमै अभ्यास गर्न भेल बनेर ढलसहित बागमती, विष्णुमती, टुकुचा र धोबीखोलाहरू स्वच्छन्द बगिरहेछन् । मेरो त्यो आहालभन्दा बेहाल यी ढलमतीहरूमा पौडीको प्राक्टिस गर्ने हो भने माइकल फेलप्स त के उनका हजुरबा आए पनि फ्लप खान्छन् । मैले मनमनै योजना बनाएँ । आगामी ओलम्पिकमा स्वर्णपदक जित्न आजैदेखि प्राक्टिस गर्छु । आठदस स्वर्णपदक त कसो नजितिएला प्रत्येकमा एकएक तोला हुँदा पनि आठदस तोला हुन्छ । अनि त शिरबन्दीदेखि पाउबन्दीसम्म सुनै सुनले ढाकेर मेरो सिँगारिने रहर पूरा हुन्छ ।
खेलकै कुरा गर्ने हो भने, ख्यालख्यालमै हाम्रो देशमा पनि धेरै खेलहरू छन् । जस्तै फुटबल, व्रिmकेट, बक्सिङ्ग, कुस्ती …. । फुटबल र व्रिmकेटमा प्राक्टिस गरौँ भने खेलमैदानहरू पनि सबै ससानै छन् । तिनै पनि राज्य विभाजनपछि अर्कैअर्कै गणराज्यमा परे भने बिनाबित्थाको रडाको मच्चिएला भन्ने डर । व्रिmकेटको छक्का, चौकाले मौका पायो भने वरिपरिका दुईचारओटा गणराज्यमा गमन गर्ला । अनि आआफ्ना राष्ट्रिय अस्मिताका आवाजहरू उठ्लान्, खुँडाखुकुरी र भालाहरू लिएर मान्छेहरू सीमासुरक्षामा जुट्लान् । भो बा ! परेन यो नदुख्या टाउको…. ।
अब आयो बक्सिङ र कुस्तीको कुरा, सानै खेल मैदानमा पनि खेल्न सकिने, धेरै खेलाडीको पनि आवश्यकता नपर्ने । प्राक्टिसै गरेर परिपक्व खेलाडी हुन त खासै समस्या छैन । तर मजस्तो खेलाडीसँग बक्सिङ र कुस्ती खेलौँ न त भनेर को आउने ? प्रतिद्वन्द्वी नै छैनन् । बलिया जति जम्मै विदेश गए । विदेशी कम्पनीले “दसैंँको खसीझैँ” काम दिनेजति छानीछानी र छामीछामी लग्यो । यहाँ भएकासँग खेलौँ भने हाड र छालामात्र बाँकी भएका छन् । त्यस्तासँग खेल्दा उनीहरूको प्राणपखेरु उडेर क्रान्तिकारी भइने डर । बुद्धिचालमा बुद्धि नै छैन । त्यसैले मेरो स्वर्णपदक सोर्होने पौडीबाहेक अर्कोे खेलै भएन । आजैदेखि म आगामी ओलम्पिकको लागि प्राक्टिस सुरु गर्छु । मेरो सानैदेखिको सिँगारिने रहर पनि पूरा गर्छु । तपार्इंको पनि मेरै जस्तो सिँगारिने रहर भए विचार गर्नुस् है ?
तेह्रथुम
(स्रोत : फित्कौली डट कम)