हास्य कथा : सरकारी जागिर

~चिरञ्जीवी ढकाल~chiranjibi-dhakal

५ वर्षमा २५ चाेटी लाेकसेवा/ निगम/ बैँक/संस्थान अादिकाे परीक्षा दिइयाे, कहिल्यै पास भइएन ।

मैले सरकारी जागिर खाने अाश मारेकाे थिएँ, २६ अाैँ पटकमा कताबाट फ्याट्ट न्याय सेवा काे  डिठ्ठामा लिखितमा नाम निस्केछ ।

अागनका डिलाँ गएर सात फन्काे नाचेँ ।

अन्तर्वार्ताकाे दिन पाेखरा, लाेकसेवाकाे कार्यालय गएँ ।

*********

अन्तर्वार्तामा उपसचिव अाएका रहेछन्,

उनले साेधे – घर कता हाे?

मैले भनेँ – स्याङ्जा ।

उनी – सुन्तला हुने ठाउँकाे रहेछाै, कसैलाई सुन्तला दिनुपर्याे भने के भनेर दिन्छाै?

म बाेलेँ – यी लिनुस् सुन्तला…………

उनले भने – यसरी हैन, डिठ्ठा हुन खाेज्ने मान्छे, कानुनकाे भाषामा भन !!

मैले सुरू गरेँ –

स्याङ्जा जिल्ला सेतीदाेभान -३ निवासी,

म तिलकरामकाे नाति, बुद्धिसागरकाे छाेरा, चिरञ्जीवी,

अागे,

राजिखुशी भई, पूर्ण इच्छा राखी,

पूर्ण हाेस-हवासमा रही,

कसैकाे डरधम्की तथा दबाबमा नअाईकन,

याे फल, जसलाई सुन्तला भनिन्छ,

जसमाथि मेराे सम्पूर्ण स्वामित्व/हक छ,

अागे,

ऐ ऐ ऐ निवासी, बलबहादुरकाे नाति, कलबहादुरकाे छाेरा, दलबहादुरलाई,

पूर्वाेक्त फल सुन्तला बाेक्रारस गुदी र बियाेसमेत प्रदान गर्दै,

अागे,

याे कुराकाे अधिकार पनि बिनाशर्त सुम्पिन्छु कि,

तपाईं ऐऐऐ काे सन्तान दरसन्तान,

याे फल सुन्तलालाई काटेर खान, छाेडाएर खान, फ्रिजमा राख्न, #चुसेर खान या #जुस बनाएर खान या नखानसमेत स्वतन्त्र हुनुहुन्छ,

अागे,

तपसिलकाे अधिकार पनि तपाईँमा निहित रहनेछ कि, –

पूर्वाेक्त फल सुन्तला,

बाेक्रा, गुदी, रस तथा बियाे सहित या रहित,

अन्य कुनै पनि व्यक्तिलाई अाफुखुशी दान, बक्सिस, भेटी दिन/नदिन सक्नुहुनेछ ,

अागे,

साथमा, म घाेषणा गर्दछु कि,

अाजभन्दा पहिला, यस सुन्तलामाथि रहेका,

सम्पूर्ण अंशवन्डा, वादविवाद तथा मुद्दा मामिलाहरूकाे जवाफदेही ऐऐऐ म हुनेछु,

अागे,

अाज उप्रान्त याे सुन्तलासँग मेराे कुनै पनि प्रकारकाे प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध रहने छैन,

भनी,
ऐऐऐ निवासी फलाना फलाना ५ जना साक्षी राखी सहिछाप गरिदिञाँ, पछि इच्छापत्र फेरबलद वा जालसाजी भए, कानुन बमाेजिम सहुँला बुझाउँला

*****

उपसचिव अघि नै बेहाेस् भैसकेका रहेछन्,

सुब्बा/अधिकृतहरूले गन्हाउने जुत्ता सुँघाएर हाेसमा ल्याए,

*****

रिजल्ट अायाे, तर मेराे नाम निस्केन ।

मेराे उग्र क्षमता देखेर डराएछन् क्यारे !!

अहिले खाडीमा १२ घन्टे डिउटी गर्दै छु ।

सेतीदाेभान -३, स्याङ्जा
हाल – युएई

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.