व्यङ्ग्य कविता : बाँदर, बिराला र सन्ततिहरु

~दीपकजङ्ग हमाल~deepak-jung-hamal

एउटा धुर्त बाँदर
खोस्छ कुराउनी बिरालाहरुबाट
निरिह बिरालाहरु
पर्छन हाम्रै शरणमा
कुराउनी पुन: प्राप्तिका लागि

दयावान भिंड उर्लन्छ कुराउनी खोस्न

बिरालाहरुलाई पोस्न

तर बिचार गर्दैन भिंडले
कुराउनी चोरेका थिए
ति बिरालाहरुले
हाम्रै सन्ततीका भागबाट ।

– २०६७-०१-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.