~आचार्य प्रभा~
शालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा
म यसै हराएछु कि ……..,
आजकल म आफैभित्र आफैलाई
पाउन असमर्थ छु ,
हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ
ऊ पनि कता कता हराए झैं छ
शायद……. हामीबिच
अल्पपरिचिताको तगारो भएर होला/
म मनभित्र भित्रै कैद गर्ने गर्छु
ऊ प्रतिका आशक्तिका चाहनाहरुलाई
अनि यि अधरहरु सिउने गर्छु
उस्लाई पोख्नु पर्ने बहानाहरुलाइ
किन कि ऊ टाढा क्षितिजमा अल्मलीइ रहेछ
म अर्कै धरातलमा जिइरहेछु
आफ्नै तड्पन र जलनसँग
के थाहा उस्लाई ?
कुनै धर्तिको आकाशबाट जून बनी
चिहाइ रहेछ एकटकले
उस्का त्यो निष्कपट छायाँलाई
के वास्ता उस्लाई ?
कुनै त्रीषित बटुवा बनेर धाइरहेछ
ऊकहाँ मनको त्रीष्णा मेट्नलाई भनी ,
बस ऊ त सदा गम्भिर छ
आँफैमा ब्यस्त छ ,
त र….. म भने हरपल
त्यही छायाँ र आक्रीतिसँग
बेखबर लडिरहेछु,जुझिरहेछु
त र….. जब म झल्याँस यथार्थमा आउँछु
मेरो अघाडी एउटा तस्बिरले गिज्याइ रहेको पाउँछु
हो त्यो तस्बिर त्यही गम्भिर मुहार हुन्छ
उस्ले मलाई बोलाए झैं लाग्छ
अनायस म त्यो मुहार सुम्स्मुयाउन थाल्छु
त्यो तस्बिर भूइमा झरेर चक्नाचुर हुन्छ ,
म ति टुक्रिएका शिशाहरुलाइ एकत्रित
बनाएर जोड्ने प्रयास गर्छु
त र अफ्सोच !हरेक टुक्रामा बिभाजित
त्यो गम्भिर मुहार जोडिन असमर्थ बन्छ
अनि त्यो मुहारको रूपरेखा छिन्नभिन्न हुन्छ
अनि म निराशाको बिस्म्रीतिमा
पुरिन वाध्य हुन्छु
फेरी मनले भन्छ
उफ !कस्तो आशक्ती मेरो ऊ प्रतिको ?
जब म सत्यतामा फर्किन्छु
त र……त्यो त खाली दर्पनभित्रको
छायाँ मात्र पो हुन्छ /
(अमेरिका)
(स्रोत : कविता कुसुम)