~पौल भाट~
भाट जी , भाट जी … हाम्रो ढोकामा बिहानै साउती मारे जस्तो गरि .. एक जना करायो !!
को भण्डारी चौकीदार ??
हजुर … मुनुवा ठाडा मा … बर्दिया का हुने लठा काट्न लाग्या छन् …. १५ -२० जना थिए !
काटेर गेल ठिक्क पार्या छन् !!
ए … हो !! ड्याडीको प्रतिक्रिया तेही सकियो !
————————————————————————–
छतिवन सामुदायिक बन … एसिया कै सब भन्दा ठुलो सामुदायिक बन ! ठुलो .. कति भने.. धेरै ठुलो !
हाती , बाघ , अजिंगर … सब पाइने ! कर्णाली ले .. सप्पकै बेरेको बन .. टापू नै टापू !! प्रतेक टापू छुट्टै राज्य झैँ छ ! नपाइने रुख छैन ! नदि जता पनि हुनाले तस्करी गर्न नि सजिलै ! काट्यो .. पानि मा बगायो … गाउ नजिक किनार लगायो ! बस .. काठ घर पुग्यो !
हाम्रा ड्याडी .. त्येई बन का सचिब ! लेखन पठन सब हाम्रै घर मा हुन्थ्यो !! कमरेड देखि कामरेड , जय नेपाल देखि राष्ट्रबाद सब भेला हुन्थे ! बजार सुक्दै थियो … मान्छे का गफ बाक्ला हुँदै थिए ! हाम्रो पसल पनि सुक्दै गए पनि .. मान्छे चाही घटेका थिएनन् ! सचिब को जिम्मेवारी ठुलै थियो क्यारे !
भोलि पल्ट बन का चौकीदार हरु खुसि थिए … पसल अघि सब .. प्रफुल्लित मुद्रा मा बसेका थिए ! मन्त्रि चौकीदार सुकेको लट्ठी झैँ भए पनि .. एस्तो गरे , उस्तो गरे भन्दै सुर्ती मल्दै थियो .. भागी राम थारु .. कुना मा बसेर .. बिंडी पिउदै कुरा सुन्दै पसल मा हेर्दै थियो ! चौकीदार का साइकल लहरै छेउ को घर अघि उभिएका थिए ! आज तिनलाई आराम थियो ! स्कुल जान हतार भए नि … एसो कुरो बुजेको .. १२ जना लट्ठा चोर्ने पक्रा खाएछन् … तिनका ट्युब नि छोपियेछन् .. ! मानिस चाही चौकी मा हुलेर.. आरा ..बन्चरो .. ट्युब चाही .. हाम्रो पसल को छेउ को खाली घर मा राखेका रैछन ! गर्मि को मौसम .. मलाई पौडी आउथेन.. ट्युब हुनेहरु माथि बाट बग्दै आउथे ! साइकलका टाएर लट्ठी ले हान्दै दौडने हाम्रो खेल थियो… हाम्रा काकाहरु ले .. डलब टाएर भित्र हामीलाई कोचेर .. फनफनी टाएर दौडाउन्थ्ये .. एकछिन.. संसार फनफनी घुम्थ्यो !!
मेरा आँखा चम्के … गज़प को योजना बन्यो !! अब स्कुल सकिनु थियो ! सपनाका सुनामी आए !
—————————————————————-
भोलि पल्ट बिहान ट्युबको गन्ति भयो … मन्त्रि चौकीदार ले .. ५-६ चोटी गन्यो … २० ..छन् .. भागीराम .. सुस्कायो .. मा कसम २१ हुन् !! मन्त्रि ले .. फैसला गर्यो .. २० नै हुन् , यो मुसा काल ले .. गन्नु जानेन … मुचुल्का उठ्यो .. एकछिन .. ड्याडीले पाना मा किरिमिरी पार्नु भो !! चोर अनि तिनका .. समान .. धनगढी रवाना गरिए !
म मुस्कुरौदै स्कुल गए ! मेरो मन बादल भन्दा हलुका थियो ! खुट्टा आफै नाच्न खोज्थे ! तेसै त सर , मिस को प्यारो म .. आज झन् प्यारो भैदिए !
————————————————————————–
४ बजे स्कुल छुट्टि हुनासाथ रप्टेर घर पुगे ! म सेती बोर्डिंग स्कुल मा पढ्थे १ मा ! दाई तल चौराहामा ५ मा पढ थ्यो , मेरो स्कुल र दोकान पैदल अरु दिन १० मिनेट लाग्ने बाटो आज , ५ मिनेट पनि लागेन ! घर पुगे , सब हेरे …. को कहाँ छन् , वर पर .. यहाँ त्यहाँ ! झोला हुर्याए .. दोकान भित्र !! आमा ले ए .. राम्ररि राख भन्न नपाउदै , भित्र कोठा पुगिसकेको थिए ! लुगा झट पट खोले घर को लुगा मा आफुलाई हुले अनि .. पछाडी भान्सा मा गएर एक फाँको चिनी अनि चामलले मुख भरे ! खुसि को कुरो के थियो भने , ड्याडी थिएनन् ! स्वतन्त्रता थियो , मम्मयै…… भोक लाग्यो…. चिच्च्यायर पसल मा भएका मान्छे लाइ तर्साए …. एक छिन् मा रु ५ हात लाग्यो !! पण्डित को मिठाई पसल जाने दाउ थियो …. बाटो मा मैले ठुलो दाउ हान्नु थियो, दाई घर पुग्नु अघि … ! १० पाइला पश्चिम पुगेपछि … ढोका आयो .. बनको सामान राख्ने ठाउँ ! मुटु ढुक ढुक थियो… तर…आँट कुट कुट थियो ! आफ्नै घरको ढोकाझैँ उघारे … अहहा अहहा …. मेरा लागि खजाना .. मेरा आँखा अघि प्रसस्तै ! तेति धेरै ट्युब एकै ठाउँमा.. कहीले देख्या थिएन ! कुन लिउ लिउ, सप्पै ट्युब छामे ….हावा छामे … नया पुरानो कुन छ .. ओल्टाई पल्टाई हेरे … पसलमा जुम्लीले कपडा हेरेझै ! जुम्लीहरु चप्पल पनि आधा घण्टा सम्म हेर्थे … अनि आर्को देखौनुस त साउजी भन्थे ! तर ..यहाँ को साउजी पनि मै .. ग्राहक पनि मै ! फेला पारे .. हावा पनि भरि अन्नी टलक्क टल्किने कालो गोलो भरिलो ट्युब ! तेस्लाई अलक्कै राखेर , बाहिर निस्के, मेरो चाल कुखुराको भाले झैँ थियो !
ए , नाने का जान लागिस , गीता दि कराइन …. को नाने … म ठुलो भैसके .. मन मनै भने ! दिदि पसल मा ब्यस्त थिन , नत्र मलाई समाती हल्थिन , आज सब कुरो मैले सोचेझै थियो !
पण्डितले मुस्कुराएर सधै झैँ , जिलेबी र बर्फी दिए … ! म पसलमा पुगे ! आमा कपडा नाप्दै थिन ! आज अचम्मले होमवोर्क नि थोरै थियो ! एक छिन् मा सकियो , सुर्य ढल्कियो , मेरो मन चम्कियो ! म खेल्न गए है … भन्दै .. मेरो लट्ठी लिएर … सरासर बनको समान राख्ने ढोका भित्र पसे … निस्कदा म संग ट्युब थियो ! राति अबेर सम्म पारी को चौर मा … दौडाए , अरु सबले साइकलका पुराना टाएर गुडाए .. मैले राजा झैँ … डलबको टाएर गुडाए … कसैलाई छुन पनि दिएन ! सांझ घर फर्किने समयमा , सुटुक्क फर्के.. अनि .. कसैले नदेख्ने गरि .. मेरो ट्युब .. खाट तल घुस्यो !
खाना पनि अचम्मै रुच्यो ! मन प्रफुल्ल थियो ! चाहना केहि थिएन त्यो रात मा ! पाइला हावा मा हिडे झैँ थिए ! बेर बेर मा गीत का सुस्केरा निस्किन्थे ! राती सुइकेरा नहाल त , आहिले एई ठेलनाले खान्छस् ..,.. मम्मीले दिक्क मान्दा … अलिक पर गए ..अनि भने … खै खै .. खाऊ न त ठेलना पनि !!
भोलि सांझ ड्याडी मम्मी .. पसल मै हुनु हुन्थ्यो ! झोला बिस्तारै कुना मा राखे .. अनि एकछिन पछि… भाले हाँस झैँ ढल्किदै .. ट्यूब निकाले … अरे … ट्युब लुकाउने त यो पो रैछ .बिहान प्रलब्य भा थ्यो .. मम्मी ले खित्का छोड्दै हास्नु भयो ….!! ड्याडी लाई हेरे .. मुस्कान साथ … अरे उहा पनि मुस्काउनु पो भो… साएद अब गर्न सकिने केहि थिएन ! ट्युब मेरो भो !!
सनिबार , कट्टु लगाएर ट्युब भिरेर कुला मा गए , कुलारिया को उत्तरमा बजार को सिरान बाट बाँध बानेर , मटेरा अनि पाल बजार जाने कुलो ! कुलारिया मेरो लागि अझै ठुलो थियो ! बाबु खड्का , दाई , तपेन्द्र शाही अरु अरु .. अलिक गहिरो तिर खेल्न गए … म चाहि राजा झैँ ट्युब मा बसेर बग्न थाले ! सब र्र्याल निकाल्दै मेरै ट्युब लाई हेरे झैँ लागि राको बेला .. दाई आयो … ये पावल ट्युब देन ! अरे वा .. अरु दिन नाने भन्ने आज त पावल !! अह हुन्न … मेरो ठाडो जवाफ थियो ! तिमिहरु पौडी जान्या हरु लै किन चहियो ! यो मेरो हो ! पर बाट दाई का साथी .. आशाका साथ हुल बनाएर हेर्दै थिए… पुलुक्क हेरे ब्वासा झैँ लाग्ने झुण्ड लाइ अनि .. ट्युब लाइ अलिक गहिरो मा धकेले.. अनि साना हातले खियौदै घुमाए ! ट्युब फनन घुन्यो ! दाई एकछिन.. किनार मा उभियो.. कुरो बुझेछ क्यारे… उतै तिर गयो !
मेरो ट्युब आज सार्बजनिक सम्पति हुन देखिन बच्यो !
३ दिन पछि संधै जस्तै स्कुल बाट आए , ट्युब मेरो साथी थियो , अरु संग थोत्रा टाएर थिए , म संग सिंगो ट्युब थियो , पानी मा पनि उत्रिने , जमिन मा पनि .. मज्जा ले गुड्ने , थकाई लागे बस्न पनि मिल्ने ! बजार का धेरै संग बोल्न छोडी सकेको थिए … ! ट्युब भए मलाई पुग्ने ! आज ट्युब गुडादै २ नम्बर गल्लि चक्कर लाउने प्लान थियो ! अक्कल लाई देखाउनु थियो , दिउसो कक्षा मा मैले मसंग ट्युब छ भन्दा.. अलिक संका मान्या झैँ लाग्या थियो ! ढुक्क साथ खाट मुनि खुट्टा ले तान्न खोजे … छुदैन न त ! अलिक भित्र सम्म खुट्टा पुराए , अह ! मेरो मन थर्र भयो ! हत्त पट्ट घोप्टेर हेरेको ….सोच्न नपाउदै चिच्चाए म~~~~~~म्मी … !! … पुरै घर हल्ल्लियो ! घर शान्त हुन नपाउदै म हुर्रिएर मम्मी को अघि खडा थिए , मलाई जवाफ चाहिएको थियो ! … मेरो ट्युब कहाँ छ ??? फेरी वरी परि क १- २ घर हलिने गरि प्रश्न बिस्फोट भयो ! “बिहान तेरा बाजे आएका थिए , घर को डलब को ट्युब फुट्यो भनेर … तेरा ड्याडी ले दिएर पठाए !!” का छन् ड्याडी ….???? म शान्त हुने अवस्था थिएन ,” उ त्या चेस खेल्दै छन् .. देवकोटा को दोकान मा !” खै कहाँ ?? जोस अझै कम थिएन … पसल को ढोका मा पुगे .. हो रैछ .. ! रानी, घोडा अनि ऊठ को चक्रब्यूह मा चेक दिए , देवकोटाको राजालाई अनि मलाई बिस्तारै हेरेर ! मेरो ज्वाला मुखी मै भित्र फुस फुसायो !
———————————————————————-
साँझ दाई खुब रमाहट मा थियो , मम्मीलाई वास्ता थियो अलि अलि , ड्याडीलाई समाचार सुन्दै ठिक्क !! मेरो मन रोयो , दाल झैँ नुनिलो भयो ! मेरो ट्युब टाएर भित्र हुलियो , म ट्युबको सम्झना भित्र ! सब सपना चौपट !
धेरै वर्ष सम्म पनि गाउ को घर जाँदा … डलब को , दाया पैया देख्यो कि ..ट्युब याद आउथ्यो ! बिस्तारै राँगा बेचिए , डलब गुड्न छाड्यो , गएको २ वर्ष पहिला डलब पनि बिक्री भएछ , जहाँ सम्म याद छ , ट्युब फेरिएन ! डलब संगै त्यो ट्युब पनि गयो !
यो घटना को ४ वर्ष पछि पौडी पनि सिके , थुप्रो ट्युब मा .. बाँध मा माथि तल गरियो , तर त्यो ट्युब झैँ प्यारो अरु कोहि भएन !!
-कैलाली, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)