~रवि प्राञ्जल~
कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो !
सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो ।
उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।
ए चरी ! मेरो यो खबर अब पुर्याइ दे उसलाई,
उसैको यादमा जलेको छाती हुँदैन जाती यो ।
शरदको बेला फुलेन फूल, फर्केन प्रियतम,
न निभ्छ झ्याप्प न बल्छ झल्ल मनको बाती यो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)