~भाउपन्थी~
अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । हजामको पसलबाट जिस्कंदा पनि उसको दाहिने हात उसको माथिल्लो ओंठको दाहिनेतिरको कुनाको जुङा बटारिरहेको थियो । यो ऊ विचारमग्न हुनुको अर्को लक्षण थियो उसले नियमित र लत लागे झैं त्यो ठाउंको जुङा कति बटार्यो भने त्यहांको भाग रौं नै नपलाउने गरी खुइलिएको थियो ।
सत्तामा छंदा उसले आफ्नो उमेर नसुहाउंदो लामो कपाल पाल्ने सोख गरेको थियो । कपाल लामो पाले पनि यता उसको जुंगा उम्रंदैनथ्यो । नत्र उसले सत्ताको तत्कालीन प्रतीक घोप्टे जुंगा पनि पाल्ने नै थियो । उसले त्यसरी लामो कपाल पाले पनि उसको व्यक्तित्व आकर्ष र समकालीन हुन सकेको थिएन । कुनै पनि कुरा बलजफती गर्नु उसको स्वभाव भइसकेको छ । लामो कपाल पाल्नु पनि त्यसमा पर्ने एउटा प्रमाण हो । ऊ स्थानीय स्तरमा लगातार पांच छ पटक चुनाउ जित्दै आएको छ । यसले पनि उसमा मैले जे गरे पनि हुन्छ भन्ने घमण्ड पैदा गरिदिएको छ । त्यही घमण्डले ऊ अरूलाई मिच्ने काम गर्छ । अरूलाई त अरूलाई ऊ आंफैंलाई पनि मिच्ने बलजफती काम गर्छ भन्ने देखिन आएको छ । किनभने उसले आफ्नो होचो अग्लाइको उल्टो पर्ने गरी भकुन्डे भुंडी बढाएको छ ।
यसरी ऊ अहिले हजामको पसलबाट बाहिरिंदै ठुटे देखियो । सत्तामा छंदा निकै खर्च र स्याहारले पालेको लामो कपाल काटेर छोटो पारिएको थियो । साथै उसले चुनाउ जितेर सत्तामा फेरि नपुगेसम्म खौरिन्नं भनेर पालेको दाह्री र पातलो गरी उम्रने जुंगा पनि खौरिएको छ । तर त्यति भए पनि उसले सत्ता र पदको प्रतीक, आफ्नो अनुहारको पूरै आधा भागलाई ढाक्ने कालो चस्मा छोडेको छैन । उसको व्यक्तित्वको अनुपातमा त्यो कालो चस्मा उससितै हिंड्ने निकटको क्रूर साथी लाग्थ्यो । तर यस्तो लाग्नुमा धेरै समयदेखि पानी नपर्नाले निर्मित खडेरीको सुक्खा र तिखारिएको घामको प्रभावले पनि उसको व्यक्तित्वलाई अझ भयकारी बनाइदिएको हो कि भन्न सकिन्थ्यो । मौसमको सरसताले ऊ जस्ताको भयप्रद व्यक्तित्वलाई पनि सहय बनाइदिन्छ । तर ऊ त सत्ताबाट च्युत भइसकेको छ । र, यति बेला ऊ पहिलेजस्तो आक्रामक नदेखिएर सुरक्षाविहीन मुसो सडकमा दगुरिरहेको जस्तो देखिएको छ । सारांशमा, उसको बारेमा यसरी निर्मम र तितो भएर सोच्न सक्नुमा उसले चुनाउ हारेकोले पनि हुन सक्छ । पदहीन हुनु भनेको आवरणहीन हुनु नै हो । पदहीन व्यक्तिका बारेमा कममा पनि निर्भीक र स्वतन्त्र भएर आलोचना गर्ने सुविधा रहन्छ । अहिले ऊ सत्ताच्युत भएपछि चुनाउताका उसले ओढेको यातुलो र निरापद इमान्दारीको आवरण भर्खरै हजामको धारिलो उस्तुराले खौरेर फालिदिएको दाह्री जस्तै फालिएको छ ।
ऊ खडेरीमा बाहिर निस्कने गल्ती गरेको भ्यागुतोजस्तै देखियो । उससित सहरभरिकाले साटो र्फर्ेन सक्ने शत्रुता थियो । तर नयां निर्वाचित प्रधानप्रति पनि सहरकाहरू ढुक्क थिएनन् । प्रधानको पदमा आसीन नयां व्यक्ति पनि कम थिएन । फरक कत्ति भने, उसलाई सहरकाहरूले पदच्युत गरिदिएकाले ऊ भने भूपू भएको छ र नयां व्यक्ति वर्तमानको प्रधान । यसका साथै पदले दिने सम्पूर्ण सुविधाहरू ऊ र उसका परिवार, नाताकुटुम्बले जथाभावी प्रयोग गर्नबाट वञ्चित पनि भएका थिए र यता नयां प्रधानका परिवार, नाताकुटुम्ब पदीय सुविधा दुरुपयोग गर्न जर्ुर्मुराउन थालेका छन् ।
चुनाउ हारेको लगत्तैका केही दिन ऊ बाहिर मुख देखाउन निस्किएन । गुफा बसे जस्तै गर्यो । यो सहर मधेसमा छ । मधेसको मध्यदिनको टन्टलापुरे घाममा सेकिंदै आज मात्रै ऊ घरबाट बाहिरिएको हो । गर्मीका मध्या≈नमा मान्छे कम ओहोरदोहोर गर्छन् । यसैले उसलाई कमैले देख्ने छन् भन्ने उसको ठहर थियो । तर मधेसको त्यसमाथि खडेरी परेको यस्तो मध्यदिनको घाममा उसलाई धेरैले देखे पनि नदेखे पनि देख्ने जतिका लागि ऊ निकै नाङ्गो र सुख्खा देखियो । मलाई वैराग्य पनि लाग्यो । मान्छे के रहेछ र आखिर । हिजोसम्म ऊ जिपमा भ्रमण गर्ने र उसको खोजीमा गरिब नगरवासीहरू पैदलै उसका पछिपछि दगर्ुर्थे । आज त्यो रहेन । तर जिपको पछिपछि नाङ्गो खुट्टा भएका गरिब दगर्ुर्ने क्रम उसबाट उतातिर सरेको छ ।
नयां आउनेले, जनसेवा नै मेरो एक मात्र लक्ष्य हो’ भन्दै अर्को अर्को विकल्प उसले सोच्दै सोचेको छैन भन्ने घोषणा गरेको हो तापनि चुनाउमा भित्रभित्रै उसले सवर्णन दलित दुबै वर्गको भोट तान्न भिन्न उपायले प्रशस्त पैसा बांडेको थियो । यो र्छलङ्गदेखिने तर गोप्य राखिएको ज्ञात कुरा थियो ।
यस्तो ज्यानमारा घाममा हिंड्दा हिंड्दै उसले निकट अतीतका कुरा सम्झिएको छ । सधैं एकाबिहानै हजाम उसको ढोका कर्ुन आइपुगेको हुन्थ्यो । ऊ उठ्ने प्रतीक्षा गथ्र्यो । ऊ उठेर नित्यकर्मबाट फरफारक भएपछि हजाम उसको कपाल छांटिदिन्थ्यो, नङ् र नाक रौं काटिदिन्थ्यो । उसको जीउमा तोरीको तेल घसेर मालिस गर्न थाल्थ्यो । अबेर रातिसम्म पिएको मातको धङधङी, थकाइ र अल्छी मालिस गरेर झारिदिन्थ्यो । त्यसपछि उसको अधीनबाट उम्कन लागेको रहर लाग्दो नन्नेरी समयलाई पक्रिराख्न तिलचामलतिर ढल्कंदो कपाल रङ्गाइदिन्थ्यो । हजाम निःस्वार्थी थिएन । निःस्वार्थ कोही पनि छैन भन्ने उसलाई थाहा थियो । हजामको चाकरी र सेवा निःशुल्क भए पनि उसको मनमा बजार छेउको एक टुक्रा जग्गा नाममा गराइछाड्ने स्वार्थ थियो । उसले हजामलाई त्यो जग्गा दिएन । त्यो जग्गा उसैलाई मन परेको थियो ।
हजामका लागि ऊ त्यति गरिदिन तयार थियो । ऊ नगर विकासको पदेन सचिव पनि हो । त्यस किसिमले उसको चाकरी गर्ने अरू धेरै थिए । तोरीको तेलमा र्यापसिडको तेल मिसाएर बेच्ने व्यापारी मिल मालिक, तस्कर, पेट्रोलमा मट्टतिेल मिसाएर बेच्ने पेट्रोल पम्पको मालिक र नगरपालिकाको कर उठाउने ठेक्का स्वीकृत गरिदिन थैली पुर्याउने ठेकेदार सबैले उसलाई मोटाउन हालेको थिए । ऊ भैंसीको पछिल्लो फलिामा टांसिएर रगत चुस्न पाएको जुकोझैं मोटाएर डब्लिएको थियो । तर अब पदै नरहेपछि पदेन लाग्ने सवालै भएन । जग्गा पनि दिन सकिने होइन । पद नभएपछि हजाम पनि आउन रुचाएन ।
यस्ता कुराहरू सम्झंदै ऊ यस बेला सहरमा यसरी दाह्री र कपाल खौरिन र खौरिएपछि सहरका सबैले देख्ने गरी एक्लै हिंड्नु ठीक थिएन । लाजसरम भन्नु पनि केही हुन्छ । दिउंसोको चर्को नाङ्गो घाममा निस्किएपछि ऊ अलि लाज मानिरहेको र दयनीय देखियो । हारेकाहरू लज्जित र दयनीय नै देखिन्छन् । उसको यस्तो अवस्थाले मान्छेहरू उसको विगत बिर्सेछुउसलाई क्षमा प्रदान गर्न बाध्य हुन पनि सक्छन् । तर यति बेला त्यस्तो भइरहेको छैन । सहरवासीहरू उसलाई शङ्काकै आंखाले हेरिरहेका छन् । उसका बारेमा सोच्नु भनेको एउटा पूरै परिपाटीको तिलस्मीलाई ध्यान दिनुपर्ने हुन्छ । परिपाटी कस्तो भने सत्ताले चाहेकोलाई सरकारी भोटले जिताइन्थ्यो र हराउनुपरेमा हालिएका भोटहरू गायब पारिन्थ्यो । ऊ हार्यो, कारण थिएन । उसले आफ्नो सत्ताकालमा अनेक दुष्ट कुरा गरेको थियो । ती दुस्टयाइंहरूको साटो र्फर्ेन सहरवासीहरू उसको विकल्प खोज्दै थिए ।
बहुदलीय प्रजातन्त्रमा उसले दुइतीनवटा दल बदलिएको पनि हो तर दलभित्रका कार्यकर्ताहरूको चर्को विरोधका कारण ऊ पुनः-पुनः साबिककै ठाउंतिर र्फर्किने गरेको थियो । तर त्यो पछिको कुरा हो । हारे पनि निर्विकल्प र निर्दलीय व्यवस्थाप्रति उसको विश्वास अटल र अडिग छ भन्थ्यो । उसको घोषणाले ऊ एक राजनीति खाने र राजनीति नै ओढ्ने खांटी राजनीतिक जीव हो भन्ने जनाउ दिन्थ्यो । ठट्टामा भन्थ्यो, राजनीति एउटा र्डर्टर्ीीेम हो ।’ अनि गलल हांस्दै थप्थ्यो, र्डर्टर्ीीेमलाई हामीजस्ताले झन् र्डर्टर्ीीराइरहेका छौं ।’ आहारविहार र विचार र स्वभावले राजनीतिमा चर्ुर्लुम्मै डुबेको र राजनीतिबाट बाहिर आएर सास फर्ेर्नै नसक्ने जीव थियो ऊ । ऊ राजनीतिमा अति डुबेको थियो । पदमा छंदा ऊ रातभरि चल्ने पार्टर्ीीमा टिल्ल परेर इतरहरूका विरुद्ध डुक्रिन्थ्यो । इतर होस् वा भितर उसैलाई कसैको डर छैन भनी घोषणा गथ्र्यो ।
ऊ रक्सी र राजनीतिलाई अलग गर्न मान्दैनथ्यो । रक्सी र खसीको बोसिलो मासुको भक्षणले बढेको बोसोले ऊ मटुलो जस्तै भएको थियो । गएको चुनाउमा उसलाई इतरले नभई भितरले नै पछार्यो । जित्ने उसकै निकटतम सहयोगी जोशी थियो । र, ऊ झन्नै-झन्नै पराजयको लज्जा र अन्तर्घर्ााो पीडासहित हृदयगति अवरुद्ध हुनाले समाप्त भइसकेको थियो । उत्तराधिकारमै पाएजस्तो गरी उसलाई जीवनको मत्त कालमा पदसत्ताले छोडेन । त्यस अवधिभरिमा ऊ पदानुकूल मोटाएर भकुन्डो पल्टिएको हुनाले उसलाई नगरवासीहरू उसको पिठयूंपछाडि फुटबल भन्थे ।
हारेलगत्तै छोटो समयको अन्तरालमै ऊ यसरी हजामको पसलबाट बुच्चिएर निर्लज्जतापूर्वक निस्कंदा ऊ शिष्यविहीन गुरुजस्तो देखियो । तैपनि जम्काभेट भएकाहरूले उसलाई सकभर आदरसहित अभिवादन गरे । छाडा भएर जथाभाबी बोलेनन् । यो क्रम चलिर≈यो । मान्छेहरूले पछिसम्म उसलाई प्रधानजी नमस्कार_’ भन्न छोडेनन् । यस्तो भए पनि उससित मान्छेहरू डराइहाल्नुपर्ने सत्ताको त्यो रवाफ रहेन । चुनाउले उसलाई घरमाथिको पहिरो जानाले खेत-गोठसहित बगाइदिएको सुकुम्बासीजस्तो बनाएको त थिएन । उसलाई सत्ताविहीन र निरीह देखिने गरी पखालिदिएको भने हो । ऊ ओइलाएको छ ।
बाबुबाजेका पालादेखि बसोबास गर्दै आएको यो ठाउंमा उसले आफूलाई सबैको ठूल्दाइ’ मान्थ्यो । उसले बिहे गरेको टोलका सबैलाई साला-साली भन्थ्यो । चुनाउमा पेलपाल र ठेलठाल गरेर जितेपछि ऊ अझ मैमत्त भएको थियो । पदासीन रहंदा ऊ चार-छ जना धुपौरेहरू पछि लगाएर बीच सडकबाट हिंड्थ्यो । कहिले-कतै देखा पर्ने ट्राफकि प्रहरी उसलाई जुत्ता बजार्दै स्यालुट ठोक्थ्यो । उसलाई लाग्थ्यो संसार उसको पैतालामुनि थिचिएको छ ।
ऊ अहिले सडकछेउको पेटीबाट सहरका लागि नितान्त अपरिचितझैं एक्लै हिंडिरहेछ । ऊ बाध्य छ । पद पनि छैन । ऊजस्तै नयां प्रधान सडकबीचबाट उस्तै चार-छ जना धुपौरे पछि लगाएर हिंडिरहेछ । पुजारीहरू प्रतापी मुर्तिकै पूजा गर्न रुचाउंछन् । मान्छे फेरिए पनि सत्ताको स्वभाव फेरिएको छैन ।
परिवारकाहरूले उसलाई तारेको-भुटेको खान दिन बन्द गरे । हरेक कुरो उसिनेको । खुराक पनि घटाइदिए । रक्सी र चुरोट ठयाम्मै बन्द गराइदिए । यी सबै कुराको परहेज उसको हार्ट अटयाकको लक्षणलाई लिएर थियो । पहिले सरकारी डाक्टर आला हल्लाउंदै हजामझैं घरमै आउंथ्यो । हांस्दै प्रधानजी, के भयो -’ भनेर सोध्थ्यो । जांचेर औषधि लेखदिएपछि नमस्कार गरेर जान्थ्यो । अहिले डाक्टर त आएन-आएन, उसको क्लिनिकमा गएर फसिै तिरेर जांच्नुपर्यो । डाक्टरले कडा शब्दमा भन्यो, अटयाक भयो भने नो चान्स ।’ अनि उसतिर नहेरी अर्को बिरामी जांच्न थाल्यो ।
सत्ताको व्यसन थियो । त्यो छुटयो । रक्सी, चुरोट, मासु र उसले उल्लेख नगरेको अर्को खराब काहानी वेश्यागमन पनि थियो । सात्त्विक तालले त राजनीति हुन सक्दैन । केही त गर्नु नै छ । डाक्टरले भनिदिएको छ, मान्नु-नमान्नु तपाईंको इच्छा ।’ पहिले उसैले भनेको हो, हंुदैन प्रधानजी । देशले तपाईंजस्तो अमूल्य रत्न गुमाउन सक्दैन । मुलुकले त तपाईंको उच्च नेतृत्वको अपेक्षा राख्दछ ।’
भविष्यमा पुनः सत्तासीन हुन सकिन्छ कि भनेर उसले आफूलाई अलि संयमित तुल्याएको छ । उसले हिंड्दाहिंड्दै सम्भिmरहेको होला, जीवन निकै बितिसकेछ । पाको उमेरमा आएर चुनाउ हार्नु उसका लागि अपत्यारिलो र विश्लेषण गर्न नसकिने समस्या भइदिएको छ । चुनाउ हारेपछि र हर्ट अटयाकबाट उम्केपछि ऊ आफ्नो विशेष कोठामा धेरै बेर घोइरिएर बस्ने गथ्र्यो । दारु वर्जित थियो, नत्र यस्तो घोराइमा त्यसले ठूलो मदत गथ्र्यो । उसको सोचाइमा ऊ एक इमानदार राजनीतिक हो । समयले त्यसो भनेन । उसलाई उसको सेवाको बदला पदबाट पन्छाइयो । देशलाई उसले ठीक लाइनमा ल्याउंला भन्ने आकाङ्क्षा राखेको थियो तर यहांका साले जनताहरू ऊ धेरै नै भ्रष्ट छ भनेर हल्ला गर्थे । धेरै नै भ्रष्ट हुनु भनेको के हो – ऊ थोरै मात्र भ्रष्ट भएको भए सहने थिए कि – गल्ती उसैको थियो । पदमा लगातार बसिरहंदा थोरै-थोरै गरेर कमाउनुपर्ने थियो । उसले त्यसो गरेन । नयां आएको प्रधान चलाख छ । बाहुन न हो । ऊ छेत्री तर उसको राजनीतिक चेलो जोशी बाहुन । उसले मसिनो तालले उस्तरा लगाएर उसलाई पदच्युत गर्दै आफू नै कर्ुर्सर्ीी बसिदियो ।
प्रधान अति भ्रष्ट छ भन्छन् भनेर जोशी कुरा लाउंथ्यो । ऊ जङ्गिन्थ्यो । कड्केर भन्थ्यो, कसले के गरेन भन्नुस् त, कसले के गरेन – पदमा बस्दा कसले बिल्डिङ बनाएन – कसले र्सार्वजनिक जग्गा आफ्नो नाममा गराएन – कसले छोरो विदेश पढ्न पठाएन – कसले सरकारी रकम पचाएन -’ जोशी उसका प्रश्नहरूको अविच्छिन्नताले आत्तालिए पनि मुसुक्क मुस्काएर बसिदिन्थ्यो । जोशीले सान्त्वनाका लागि भनिदिन्थ्यो, जनतालाई थाहा छैन, कत्रो त्याग र तपस्या चाहिन्छ राजनीतिमा भन्ने । भेडा हुन् ती’’
यो देश सबैखाले व्यवस्थाले मागिखाने भांडो हो’ मातेको बेलामा ऊ यो कुरा चिच्याई-चिच्याई भन्थ्यो । उसलाई पार्टर्ीीदनेहरू दिन नबिर्राई पैदा हुन्थे । मातेपछि ऊ अझ पिएर मात्थ्यो । अनि जथाभाबी चिच्याउन र फलाक्न थाल्थ्यो । जोशी उसलाई यस्तो बेलामा जिपभित्र कोचेर घर पुर्याउने गथ्र्यो । उसलाई मान्छेहरू मन पराउंदैनथे । पदविना ऊ अहिले नाङ्गो घाममा सडकको पेटी छेउ-छेउ हिंडिरहेछ । पेटीछेउका पसलेहरू उसलाई पहिलेजस्तै छहारीमा बिसाएर चिसो पिउन पनि निम्त्याउंदैनन् । उसको इतिहास रहेन । उसले विगत सम्झयो । उसले आफ्नो सम्पूर्ण विगत जोशीले निल्दै गरेको देख्यो ।
चुनाउ हारेपछि हृदयाघात भयो । ऊ आत्मदयाले परिपूर्ण भएर सोच्छ । त्यसपछिका दिन उसका सामान्य गतिविधिमा बिते । बिहानै डुल्न निस्कनु, विनाचिनीको कागती चिया खानु । त्यसपछि केही बेर घरछेउको बगैंचामा उम्रेका फूलका बोटबिरुवा र मौसमी तरकारी निरीक्षण गर्नु । केही असङ्ग देखे पनि कम बोल्नु । कम बोल्नु समस्या भइदिन्थ्यो । राजनीतिकाले कम बोलेर कुरा मनभित्र जाम पारिराख्नु यातनादायी हुन्छ । नियमितताका साथ तोकिएको समयमा औषधि खानु ।
डाक्टरले भन्यो, हिंडाइ बढाउनुस् । डाइट कम गर्नुस् । वजन कम भएन । नत्र’’ डाक्टरले नत्रपछिको सस्पेन्स तोड्दै भन्यो, फेरि अटयाक हुन सक्छ ।’ पद गुमेपछि जीवन एउटा झीनो सम्भावनामा बांच्नु भयो । डाइट कन्ट्रोल र व्यायामले जीवन लम्बिन सक्छ,’ डाक्टरले नमर्दैका धेरै रोगीहरूलाई दिने सल्लाह दियो । त्यसपछि ऊ बर्षाा पनि छाता ओढेर मर्निङ वाकमा निस्कन्थ्यो । जीवनलाई लम्ब्याउनैपर्यो । तर यति भएर पनि ऊ लुकीचोरी डि्रङ्क गथ्र्यो । सत्ताको लालसा र डि्रङ्कको तृष्णा उसको मरणसम्म टांसिने भए । उसलाई सत्ताको मात र दारुको मात दुवै अत्यन्त प्रिय लाग्छन् ।
बाकी समय ऊ आफूले पदको सदुपयोग/दुरुपयोग गरेर आर्जन गरेको घडेरीहरूको निरीक्षण गर्न निस्कन्छ । ती सबै हेरेर पनि उसलाई चित्त बुझदैन । बाहिर विदेशतिर खाता पुग्ने गरी कमाएनछु भन्ने पश्चात्ताप उसको मनमा खेलिरहन्छ ।
एउटा अर्को परिवर्तन पनि उसमा देखियो । त्यो हो उसको कालो चस्मा । सत्ताले वा रक्सीले बिहानैदेखि मातेको बेला ऊ कालो चस्मा लगाउने गथ्र्यो । चस्मा महंगै थियो । त्यो चस्मा उसकी श्रीमतीले बाकसमा थन्क्याइदिएकी छ । नभए कतै लुकाइदिएकी छ । उसकी श्रीमतीको विचारमा मान्छेले समयअनुसार आवरण फर्ेर्नुपर्दछ । उसको घरपरिवार पनि ठूलै छ । परिवारका कुनै सदस्यमाथि राजनीतिक अनिष्ट भइदियो भने के गर्ने – अहिले ऊ त्यस चस्मालाई पनि झलझली सम्झन्छ । उसको धारणामा त्यो कालो चस्मा नै उसको सत्ताको प्रतीक हो । त्यो चस्मा लगाएपछि मान्छेहरू उसलाई सत्ताधारी युगपुरुष मान्छन् र उसले चस्माभित्रबाट जनताहरूलाई मर्ूख र असहाय अर्समर्थहरूका रूपमा देख्न सक्छ । यस्तो उसको सत्ताजनित अन्धविश्वास थियो । कालो चस्मा माथिबाटै तलतिर सरेको हो । उसको पालाको परिपाटीको एउटा अभिन्न अङ्ग हुन कालो चस्मा धारण गर्ने फेसन नै चलेको थियो ।
ऊ हारेपछि र बिरामीबाट उठेपछि अनि तङ्ग्रिएर हिंडडुल गर्न थालेपछिको बीचको समयमा त्यहां केही रौंका ठुटाहरूले पलाउने अवसर पाएछन् । सत्ता, सम्पत्ति र रक्सी आदि सोच्दा उसले पुनः ओठको त्यो खुइलिएको भाग मुर्सार्न थाल्थ्यो । हरेक व्यक्तिमा चिन्ता, पीर र हर्षव्यक्त गर्दा वा तिनलाई नियन्त्रण गर्न खोज्दा शरीरको कुनै न कुनै अङ्ग वा वस्तुलाई खेलाउने निमोठ्ने बानी हुन्छ । कसैले नाकभित्र औंलो छिराएर सिङानका पाप्रा कोटयाउंछ भने कसैले पुस्तौंदेखि खकार जमेको छ भनेझैं गरी खाकखुक गर्ने गर्छन् र कसैले जननेन्ıिय भएको स्थानमा हात लगेर त्यसलाई सम्याइराख्छ । कोही कन्याउंछ । उसले ओठको कुनाको जुंगा बर्टार्न थालेपछि केही न केही अनिष्ट सोचिरहेछ भन्ने आशङ्का पलाउंछ ।
मुलुकमा चलिरहेको अर्कै खालको हावामा व्याप्त थियो । त्यो हावाले आमूल परिवर्तन आउने सङ्केत दिंदै थियो । पुरानो ढांचा सबै बदलिने आशा थियो मान्छेहरूमा । उसको हकमा नयां व्यवस्था आएपछि उसले गुमाएको पद अर्कोले पनि गुमाउनुपर्नेछ । तर उसले पद गुमाए पनि ऊ नभएपछि व्यवस्था चल्ने होइन र अन्ततः उसको खोजी हुनेछ भन्नेमा ऊ ढुक्क थियो ।
परिवारमा छोराहरू थिए । एउटा प्रजातन्त्रवादी विचारधाराको र्समर्थक र अर्को वामपन्थी थियो । उनीहरूको बिहे भइसकेको छ । बच्चाबच्ची पनि भइसकेका छन् । प्रजातन्त्र आउंदै छ भने पनि ऊ र उसले विश्वास गरेको व्यवस्थाले प्रतिकार गर्न सक्छ भन्ने उसको दृढ विश्वास छ । अन्ततः विजय उनीहरूकै हो । छोराहरूलाई सम्पत्तिको लोभ देखाएर दमन गर्न सकिन्छ ।
केही दिनपछि ऊ प्रतिकार समितिमा पनि मनोनीत भयो । उसलाई खुसी लाग्यो । उसले सत्ताको एक अंश त उपभोग गर्न पाउनेछ ।
छोराहरू प्रजातन्त्र स्थापना गर्ने जनआन्दोलनमा लागे । व्यवस्था परिवर्तनको कुरामा बाबु एकातिर र अर्कातिर दुइ छोरा विवाद गर्थे । ऊ प्रतिकार समितिमा थियो तर घरकै छोराहरूलाई प्रशासनमा सुराकी दिएर जेल पठाउन सकेन । छोराहरू उससित विवाद गर्दा उसको मुटुको व्यथाप्रति सहानुभूतिशील रहन्थे । धेरै चर्को र आवेशपूर्ण बहसले कतै बूढो खुत्रुक्क भइदियो भने जनआन्दोलनका बेला किरियामा बस्नु भनेको ऐतिहासिक घटनाको साक्षी हुनुबाट वञ्चित हुनु हो । टोलछिमेकी र उसकी श्रीमती उनीहरूको बहस गढेर सुन्थे । टोलछिमेकको कुरा ऊ भन्न सक्तैनथ्यो तर ऊ भित्री मनबाट श्रीमतीले अन्ततः उसकै पक्ष लिनेछे भन्ने विश्वास गथ्र्यो ।
पञ्चायत फालेर बहुदलीय प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलन चलिरहेकोमा मनमनै उसलाई एक किसिमको खुसी पनि लागिरहेको थियो । आफूले उपभोग गर्न नपाएको पद आन्दोलनले हरण गरिदिनेछ भन्ने कल्पनाले ऊ निकै सन्तुष्ट हुन्थ्यो । बीचैमा पद भङ्ग भएर घर बस्नुपरेको जोशीको अनुहारको चित्रण गरेर ऊ निकै प्रफुल्ल हुने गरेको थियो । उसलाई भूपूको नाताले भए पनि समय-समयका उत्सव, जयन्ती र दिवसहरूमा नयां प्रधान जोशीले निम्त्याउन छोडिसकेको थियो । त्यसले उसलाई अत्यन्त आघात पाथ्र्यो । मुटुको व्यथा नभएको भए ऊ खुलेर रिसाउने थियो ।
पदमा छंदा उसले तक्मा पाएको पनि छ । तक्मा दुइतीन थरीका छन् । तक्माहरूलाई ऊ राष्ट्रवादी हुनुको सशक्त प्रमाण मान्दथ्यो । बीचमा नयां प्रधानले पनि त्यस्तै तक्मा पाइदियो । त्यसले गर्दा तक्माहरूप्रति उसको श्रद्धा रहेन । एक तक्माधारीले अर्को तक्माधारीलाई अपमान गर्ने परम्परा नै छ । नयांलाई पनि उही, पुरानालाई पनि उही गरेर विनाछानबिन र भेदभाव बांडिने तक्माको के मोल – र त्यस्तो तक्मा भिरेर पनि के गर्नु – ऊ निराश भएर यस्तो सोच्छ । तर यताका दिनमा आन्दोलन दिनदिनै चर्कंदै छ । ऊ त्यस कारण पर्खंदै पनि छ आफ्नो पालो र्फर्केर आइहाल्छ कि भनेर । आन्दोलनको के भरोसा – सफल भइहालेछ भने पनि कति नै पो चल्ने हो र इतिहासमा देखिएकै छ । प्रजातन्त्र धेरै टिक्न सकेको छैन यस देशमा । अनि त्यस्तो भयो भने यी तक्माहरू नै भिरेर फेरि उत्सव, जयन्ती र दिवसहरूमा सानका साथ सरिक हुन पाइनेछ भनेर । यति बेला तर ऊ आन्दोलनको सफलताको कल्पनाले भित्रैबाट उत्तेजित हुने गरेको छ । उत्तेजना उसका निम्ति हानिकारक छ । आयु समाप्त भएको बूढो रूख सानो आंधी पनि सहन नसकी लड्न सक्छ । उत्तेजनाजस्तो बलियो हुरी उसले सहन सक्दैन ।
बूढो रूखलाई पुनः मलजल गरेर टिकाउने उसको लालसा छ । त्यसैका लागि कसैले उसलाई योगाभ्यास गर्ने सल्लाह-सुल्को लगाइदिने गर्छ, कसैले स्वमूत्रपान । कसैले त अक्षतयौवनाको सम्भोगले पनि आयु बढ्ने गोप्य सल्लाह दियो । गाउंमा उसका कमैयाका छोरीहरू छन् । त्यतातिर पनि उसले विचार गरेको छ । प्रजातन्त्रको लहर चलिरहेको समयमा त्यो सम्भव थिएन । भन्डाफोर र पर्दाफास चलिरहेको समय छ । यो गाउंबाट अक्षतयोनि कन्या मगाएर उसले उपभोग गर्यो भन्ने कुरो बाहिर चुहियो भने – त्यो सामन्ती संस्कारको पुरानो प्रधानले गरेको नारीशोषणको र्फदाफास गरिने घटना हुन जानेछ ।
योगबारे उसलाई खासै ज्ञान थिएन । तर ऊ टिभीको अगाडि उभिएर त्यसमा देखाएका आसन गरिहेथ्र्यो । ऊ पदमा छंदा अबेर रात मातेर आएको बेलामा सुत्ने कोठा योगाभ्यास गर्नलाई प्रयोग गर्न थाल्यो । कट्टु र गन्जीमा ऊ अझै पनि डल्ले च्याउ नै देखिन्थ्यो । घरमा बुहारीहरू पनि थिए । कट्टु र गन्जी लगाएको ससुरो अहिले उनीहरूलाई स≈य छैन । बुहारीहरूले ऊ पदमा छंदा उसको नग्नता देखिसकेका थिए । एउटा पद थियो उससित र त्यसैलाई उनीहरू उसभन्दा बढी स्याहारसुसार गर्न बाध्य थिए । उसको नग्नता पनि उनीहरू सहन्थे । यता सत्ता खुस्केपछि उनीहरू अलि बढी वाचाल भएका थिए । बूढालाई यो उमेरमा पनि कति सत्ताको लोभ लागेको हो नि भनेर हांस्थे ।
उसले योगाभ्यास गर्ने अहिलेको यो कोठा पनि उसका लागि अलग्गै राखिएको थियो । सत्तामा छंदा मातेर ऊ सुरुवालमै मुत्थ्यो । उसलाई इंजार फुकाउनु अरूको अधीनमा पर्नुजस्तो लाग्थ्यो । त्यसैले सुरुवालमै मुतिदिएर ऊ आफ्नो हैकम साबित गर्न सकेको अनुभव गथ्र्यो । उसको सुरुवाल धुनेले मुतैसित धोला । सुरुवाल धुनु त छंदै छ । मात बढी भइदियो भने बान्ता पनि गथ्र्यो । मुत्नु र बान्ता गर्नु पदीय गरिमा निर्वाह गरेजस्तो मान्थ्यो ऊ । त्यस्तो काम तैपनि ऊ र्सार्वजनिक रूपमा गर्दैनथ्यो । त्यसका लागि यो कोठा अलग्गै छुट्टयाइएको थियो । उसकी श्रीमती उसलाई संभाल्ने प्रयास गर्थी ।
आज पनि बढी खाइसेछ बुबाले ।’ तीनै बुहारीहरू व्यङ्ग्यमय चिन्तामा भन्थे । श्रीमती उसप्रति समर्पित थिई । बाहिरबाट यो देखिन्थ्यो । तर ऊ प्रतिनिधिमण्डल लिएर राजधानी गएको बेला परस्त्रीगमन गथ्र्यो । परस्त्री भन्नाले कुनै अर्काकी विवाहित स्त्री मानिएला । त्यो होइन । सुलभ वेश्या ऊ होटेलको कोठामा बोलाउंथ्यो । नगरपञ्चायतकै खर्चमा । वेश्यागमन’ भन्ने शीर्षकको बजेट थिएन । ऊ राजधानीमा वेश्यागमन गरेर सुरक्षति हुन्थ्यो । आफ्नै सहरका वेश्याहरूसित ऊ गमन गर्न सक्दैनथ्यो । प्रतिष्ठा भङ्ग हुन्थ्यो त्यो । सहरका वेश्याहरूका पनि माग हुन सक्थे । सहरमा परस्पर परिचयको अभाव भए पनि एउटै वेश्यालाई धेरैले चिनेका हुन्छन् । त्यसले गर्दा चुनाउमा भोट ब्रि्रन सक्थ्यो । घरमा श्रीमतीले थाहा पाई भने अर्को झमेला निस्कन सक्थ्यो । श्रीमती घर छोडेर हिंड्न सक्थी अथवा एउटा नाटककै लागि भए पनि कम असरको विष खाएर अचेत परिदिन सक्थी । यसले उसको राजनीतिक स्तरमै चरित्रहत्या हुन सक्थ्यो ।
यता दैनिक रूपमा आन्दोलनका गतिविधि बढ्दै थियो । उसले आन्दोलनकारीमाथि गरिने दमनलाई उत्साहपूर्वक र्समर्थन गथ्र्यो । भन्थ्यो, मुठीभरिकाले चाहेर क्रान्ति हुदैन ।’ सांच्चै भन्दा उसलाई क्रान्ति’ शब्द उच्चारण गर्न अप्ठयारो लाग्थ्यो । डर पनि । दमनप्रति ऊ उत्साहित हुनुमा स्पष्ट कारण थिए । दमन बढ्दै गएमा आन्दोलनको गति झन् बढ्नेछ र उसले चाहेजस्तै नयां प्रधान चांडै उखालिनेछ । अर्कोमा दमनले हुन सक्छ आन्दोलन विफल पारिदेओस् र उसका लागि अरू कुनै सत्ताको सहभागिताको मौका ल्याइदेओस् ।
त्यसो भयो पनि र भएन पनि । पछिको परिणाम थाहा भएकै हो । उसको एउटा छोरो प्रत्यक्षमा आन्दोलनमा लागेको थियो । अर्को भूमिगत भएर आन्दोलनका लागि काम गथ्र्यो । दुवै आ-आफ्ना दलको शक्तिले आन्दोलन सफल भएको हो भन्ने घोषणा उसकै अगाडि गर्न लागेका थिए । ऊ झन्नै फेरि अटयाकमा परेको छ । अब के उसको सत्ता सम्भावनाको पटाक्षेप भयो त – तर भूमिमाथि रहेर आन्दोलनमा लागेको छोराले थोरै-थोरै गर्दै आन्दोलनको गतिविधि उसलाई ज्ञान गराइरहन्थ्यो । ऊ सुन्थ्यो र क्रमशः मुटु दरो पार्दै गथ्र्यो । आन्दोलनको मध्यमा छोराहरूले संयुक्त रूपमा भनेका थिए, हामी प्रजातन्त्रका लागि जेल जान र निरङ्कुश शासनको गोली खाएर सहिद हुन पनि तयार छौं ।’
उसको घरमा छोराहरूका कारण आन्दोलनको सफलताको खुसी व्याप्त पनि भयो । ऊ खुसी हुन सकेन । उसलाई पुरानो निर्दलीय व्यवस्थाका सबै निकाय भङ्ग भएपछि उसका प्रतिद्वन्द्वीहरू पनि सत्ताच्युत र पदच्युत भएका थिए भन्नेमा अत्यन्त खुसी लागेको थियो । यसबाहेक एक न एक दिन यिनै जनताले उनीहरूलाई नै सुव्यवस्था र शान्तिका लागि फेरि सत्ता सुम्पिनेछन् भन्ने कुरामा ऊ विश्वस्त थिए ।
(स्रोत : Majheri.com)