~सुनिल दियाली~
औँशीको रात थियो जून माग्छौ तिमी
तिहुनमा नुन छैन सुन माग्छौ तिमी
मलाई छाडी पराई लाई ताक्छौ
बैगुनीको रुप देखाई गुन माग्छौ तिमी
आफ्नो देशको संस्कृति बिसर्िएरै
विदेशीको नक्कली हुन माग्छौ तिमी
पराईलाई मन तन त्यागी
डुब्ली माया देखाई रुन माग्छौ तिमी ।
दमक-१४ क्याम्पस मोड
2012/02/12
(स्रोत : पिपुल्स टाइम्स दैनिक )