~नविन कुमार~
साजीसहरु भुर्रर उडेर आए
फेरि पनि अपहरण दुई बालक
निख्रिएको वरदात उघाएर ल्याए
मायालाई कुल्ची दिए
दयालाई मारी दिए
परेवा त खोजी खोजी
रगतको भुटुनमा भुटे
कस्तो लाचार परिस्थिति
साजीससूग हातोहात गरेर
देब्रे कुनाको साइड छोडेर
सडक भरी छरपस्ट
उकाली ओरालीमा बिस्थापन
मझेरी सिकुवा आूगन भरी बिस्थापन
बिस्थापन कोसेली बोकेर
आयो साजीस अपहरणमा चढेर ।
दमक–१०, झापा
(स्रोत : पिपुल्स टाइम्स दैनिक )