कविता : जुवा

~रुपेश राई~

छ–बाह्रभित्र
कुनी कस्तो मति आउँछ ।
एकदिन केटाहरुसँग, हजारे खेल्दै थिएँ ।
आमाको स्वाँटले अहिलेसम्म दोहो-याएको छुइनँ ।
‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस†’
गाउँलाई यो सजाइ हो । सभ्यताको कलङ्क ।
मान्छे हुनुको विडम्बना । इच्छा गर्नुको श्राप ।
यसैले गाउँ मौका हेरिबस्छ तृप्तिको ।

सकिनै आँट्दाको आनन्द । तिमीले भोगेको छौ ?
सहरलाई मात्र यो सब किन छुट छ?

व्यायाम गर ।
अनुहार झरिलो पार ।
कट सार, पोलिसी हाल ।
केही व्याज पाऊ ।
व्याङ्क व्यालेन्स राख, इत्यादि ।

छुल्याहा स्किम †
दाउमा, दाउ हाल फेरि–फेरि,
नाफा–मुनाफा, हार–जित पैसाको शैली¬ ।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार ।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र ।
यो सब के हो??
पैसा… । जीवन होइन र???

जीवन त जुवा हो † जीवन त जुवा हो †† अहिले सम्मको अनुभव
मलाई यही भन्छ †† एउटा दाउ † अर्को दाउ † जोखिम आनन्दको मिश्रण्ँ ††

2012/05/20

(स्रोत : पिपुल्स टाइम्स दैनिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.