कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~

अनुभूति विहिन अनुहार लिएर
जीवनको अँधेरीलाई मेटाउन
चम्किलो आकासमा उड्न पहल गर्नेहरु,
दुःखका पोटेलीलाई सल्टाउन
पहेंला दाँत खिसिक्क खोली
साग र सिस्नुको सहज विकल्प खोज्न
अग्ला डाँडा काटी बाहिरिनेहरु,

ल्हासाको सुनको स्वप्न देख्दै
परदेशको जन्जाल र भव्य महलको मन्तीर
थोत्रो कुटीमा जिन्दगीको मित्थ्या सपना बुन्नेहरु,
फाटेको लुगा, खुबुसको रोटि र दुई टुक्रा खुर्सानीसँग
मकैको बुझोको करमकरममा महीको छलछल दाँज्नेहरु,

मालिकका तिता गाली, मौसमको बिषमता अनी
कठोर कार्यबोझ सँग लडिबुडि खेली
महिनाका तीस दिन वर्षतीस सरह काट्दै
लालाबाला, अर्धांगिनी र आमाबाबुको
यादमा दिनहुँ आँखा भिजाउनेहरु,
गुन्द्रुक र ढिँडोको विकल्प खोज्न
सात समुन्द्र पारी विदेश पलायन हुनेहरु,

किरण पौड्याल,
कुबेत

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.