रुपक श्रेष्ठका बाह्र वसन्ती हाइकुहरु

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

(एक)
वसन्त ऋतु
आशातित जीवन
ईष्टर एग ।

(दुई)
हरेक साँझ
मैनबत्ती र शिखा
लास्ट सपर ।

(तीन)
ईश्वर पुत्र
“बाटो र जीवन हुँ’’
क्रश र किला ।

(चार)
हर बिहान
जिससझैँ बौरनू
येशु जीवन ।

(पाँच)
गुड फ्राईडे
उपहार ईशाको
तरिका आफ्नै ।

(छ)
मधु मुस्कान
उद्दिप्त सुगन्धित
वाग बगैँचा ।

(सात)
जीवन लेप
ड्याफोडिल केशरी
धर्ती अम्वर ।

(आठ)
आरुका हाँगा
स्वागतमा झपक्क
लोभी भमरा ।

(नौ)
प्यारी साकुरा
सजाऊ शिरैभरि
पिंकी गजरा ।

(दश)
सूर्य दर्शन
अर्को नयाँ जीवन
लौ बधाई छ ।

(एघार)
ईन्द्रकमल
जाई, जुही, चमेली
तिम्रो बाटोमा ।

(बाह्र)
बाह्रै महिना
शुभ–शुभ रहोस्
शुभकामना !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.