~निरज भट्टराई ‘मनोरोगी’ ~
तर्साउछ जहिले ,
हप्काउछ जहिले
नदेखिने ,नसुनीइने,
पर्दा पछाडी को भूत
चोर होइन ,
भ्रस्ट होइन
सोझो निमुखा म नेपालीलाई
घुस्याहा होइन ,
होइन म दक्षिण,
न हुनु उत्तरी,
मुटु नै चिर्ने गरि सर्काउछ
पर्दा पछाडी को भूतले
न देखिन्छ ,
न क्षोपिन्छ सूर
उसकै हुन्छ गर्जन
न मित्र हो न शत्रु ,थाहा पत्तो छैन
तर्साउछ ,जैले पर्दा पछाडी को भूतले
जेल छैन बन्द गरुँ,
भेल छैन भासिदिउँ,
आकार छैन प्रकार छैन,
गलाउछ पर्दा पछाडी को भूतले
अन्धकारमा शक्ति उसको
निभाउने ज्ञान छैन ,
असिन पसिन पार्छ पर्दा पछाडी को भूत ले
पर्दा पछाडी को भूत ले ……..
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )