गजल : अमर गीत गाऊ न खुनको

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको
जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको
**
एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई
मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको
**
आफ्नै संझी हात् फैलाउँदा, खूब् बहानाले तर्किन्छ्यौ त
के भङ्गीमा कुन् छेक् फिर्छ्यौ, हितको माया लाऊ न सुनको
**
व्यस्तताको फेहरिस्त, भो तिम्रै बढी मेरो घटी
सम्झौतामा हार्छु मै भो, मेरो दिलमा छाऊ न गुनको।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.