~रमेश शर्मा~
साहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । मार्क्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कविला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठूला ठूला राजनीतिक, आर्थिक, सांस्कृतिक एवम् सामाजिक परिवर्तनहरूको कलात्मक प्रतिबिम्बन कला साहित्यमा हुँदै आएको छ । विश्व प्रसिद्ध मार्क्सवादी लेखक हार्वर्ड फास्टले ‘लेखकहरू पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर बढ्नर्ुपर्छ । र्सवसाधारण जनतालाई यथार्थताको स्वरूपको जानकारी गराउनु उनीहरूको काम हो । त्यसमा नै उनीहरूको कला र उनीहरूको गौरव रहेको हुन्छ किनभने उनीहरूको कामको स्वरूपले गर्दा नै उनीहरूको निम्ति मानवीय आशा, डर र दुःखकष्ट र विजयको सार निकाल्न सम्भव हुन सक्छ तर त्यसो गर्नका लागि उनीहरूले संसारको छायालाई बुझेर मात्र हुँदैन, संसारलाई बुझनर्ुपर्छ’ भनेका छन् । यो नेपालको सामाजिक क्रान्ति र साहित्यको इतिहासमा पनि यथार्थ हो ।
अन्तर्रर्ााट्रयकरण हुँदै गइरहेको नेपाली साहित्यमा प्रगतिवादी धाराको इतिहास झनै समृद्ध बन्दै गइरहेको छ । नेपालमा प्रगतिवादी दृष्टिकोणका आधारमा गीत, कविता, निबन्ध, समालोचना लगायतका विधाहरूमा सयौँ पुस्तकहरू लेखिएका भए पनि प्रगतिवादी नाट्यविधा भने कमजोर रहेको छ । यसकारण प्रगतिवादी नाट्य परम्परालाई समृद्ध एवम् विकास गर्न ५० को दसकका प्रगतिवादी नाटकहरूको सङ्कलन, सम्पादन एवम् सैद्धान्तिकीकरण जरुरी ठानिएको हो । यो कृति प्रगतिवादी कला साहित्यको इतिहासमा नाट्य परम्परामा पछिल्लो चरणमा वर्गसङ्र्घष्ाको उत्कर्षो दसकले निर्मित नयाँ यथार्थको प्रतिबिम्बन गर्ने दृश्यकाव्य ग्रन्थ बन्न पुग्यो ।
विक्रमाब्दको पहिलो दशकबाट आरम्भ भएको नेपाली प्रगतिशील नाट्य परम्पराले झन्डै ६ दशकको यात्रा तय गरिसकेको छ । यसक्रममा सामाजिक जीवनको नाटकीकरण गर्ने स्रष्टा र सिर्जनाको एकत्वको अभावलाई ५० को दसकमा सुरु भएको जनयुद्धले अन्त्य गरिदियो । स्रष्टाले वर्ग सङ्र्घष्ाको अग्रमोर्चामा भाग लिए । चुुनु गुरुङहरूले जिन्दगीलाई नै अपेरामय बनाए । अर्कोतिर रातो लालटिनको प्रशंसा गर्ने नक्कली क्रान्तिकारीहरूले जनयुद्धलाई प्रतिक्रियावादीहरूभन्दा उफिर्एर गाली गरे । यसरी जनयुद्धको दसक प्रगतिवादी नाट्य परम्पराको विकासका निम्ति मात्र होइन, संशोधनवाद नाङ्गेझार भएको अवधि पनि हो । मूलतः वर्ग सङ्र्घष्ाको अवधिमा लेखिएका नाट्यरचनाहरू समाविष्ट भएको यो कृति नेपाली जनताको महान् बलिदान, त्याग, तपस्या र उर्त्र्सगको साक्षी हो ।
यो कृतिको पहिलो खण्डमा नाटकको सैद्धान्तिकीकरण एवम् प्रगतिवादी नेपाली एकाङ्की नाटकको विकासक्रमलाई संश्लेषण गरिएको छ । नाटक साहित्यका अरू विधा जस्तै पढेर, सुनेर मात्र पुग्दैन । यद्यपि एकाङ्की नाटकको अध्ययन गरेर त्यसको कलात्मक तथा विचारधारात्मक मानक तयार पार्न सकिन्छ तर त्यसको गहिराइमा पुग्नु सहज छैन । साहित्यका अन्य विधाका सापेक्षतामा एकाङ्की नाटकको पृथक् पहिचान नै दृश्यात्मकता हो । ‘नाटक लेखिँदैन, यसमा वातावरण मात्र मिलाइन्छ’ भन्ने भनाइले रङ्गमञ्चको महत्वलार्इर्र्सहजै दर्सर्ााछ । यसकारण नाटक पठनीय मात्र नभई मूलतः दर्शनीय हुन्छ ।
समाजवादी यथार्थवादको सैद्धान्तिक मार्गदर्शनमा एकाङ्की नाटकको रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल कर्तव्य हो । नाटककारले सामाजिक यथार्थको कोरा चित्रण नगरी यथार्थको क्रियात्मकतालाई आत्मसात् गर्दै मानव जीवनको सिर्जनात्मक प्रकाशन गर्दछ । यसरी वैचारिक प्रतिबद्धता र कलात्मक प्रतिबिम्बनको संयोजनबाट नै उत्कृष्ट नाट्य रचनाको जन्म हुन्छ । एउटा उत्कृष्ट नाटकको स्तरलाई नाप्ने अन्तिम कसी भनेको रङ्गमञ्च नै हो । विडम्बना नेपाली प्रगतिवादी नाटकको रङ्गमञ्चीय परम्परा निकै कमजोर रहेको छ ।
रूपवादी, कलावादी र स्वच्छन्दतावादीहरूले भने जस्तै साहित्य लालित्यपर्ूण्ा र उन्मुक्त प्रकृतिको कलाकरण होइन । नाटकको रचनाको अन्तिम विषय भनेको मानव समाजका क्रियाकलापहरू नै हुन् जो श्रमसौर्न्दर्यसित अभिन्न रूपमा जोडिएको हुन्छ । त्यसैले सामाजिक यथार्थको गतिशील रूप र अर्न्तर्वस्तुको संयोजन नाटकमा आवश्यक हुन्छ । कुनै पनि लेखकको कल्पना प्रकृति, समाज र मानव जीवनका घटनाक्रमसँग जोडिएको हुन्छ । शेक्सपियरले राजतन्त्रात्मक समाजलाई नाट्यकरण गरेका छन् भने गोपालप्रसाद रिमालले निरङ्कुशताबाट प्रजातन्त्रतिर सङ्क्रमित नेपाली समाजको चित्रण गर्दै यथार्थवादी नाट्यपरम्परालाई अगाडि बढाएका हुन् । रिमालको त्यो यथार्थवादी नाट्यपरम्पराले प्रगतिवादी नाट्यलेखनको पर्ूवपीठिकाको आधारभूमि तयार पारेको हो ।
यसैगरी, यो कृतिमा समेटिएका नाटककारहरूले नेपाली समाजको सबैभन्दा उत्कर्षो वर्ग सङ्र्घष्ाको प्रक्रियामा देखिएका त्याग, तपस्या र बलिदानका उच्च कर्ीर्तिमानहरूलाई सुन्दर ढङ्गले नाटकीकरण गरेका छन् । नेपाली प्रगतिवादी एकाङ्की नाटकको क्षेत्रमा नवीनतम प्रयोगहरू मात्र भएका छैनन्, युद्धको जीवन भोगेका नाटककारहरूले लेखन तथा मञ्चनका दृष्टिले नाट्यविधालाई समृद्ध समेत बनाएका छन् ।
महान् नेपाली जनयुद्ध राजनीतिक क्रान्ति मात्र नभई यसले प्रगतिवादी साहित्य कलामा नयाँ विषय प्रदान गर्यो । सामन्तवादका विरुद्ध जनताको व्रि्रोह र प्रतिरोध, प्रतिक्रियावादीहरूको नरसंहारकारी अभियान, सामूहिक हत्याकाण्ड तथा चरम यातना, जनता, योद्धा र नेताहरूको त्याग, तपस्या र बलिदान नाटकका विषय बने । यो कृतिमा सङ्कलित नाट्य रचनाहरूको मूल प्रवृत्ति भनेको जनयुद्धीय यथार्थलाई नाटकमा प्रारूपीकरण गर्नु हो । अपितु, विभिन्न समयान्तरमा लेखिएका नाट्य सिर्जनाले जनताको मुक्तिका निम्ति वर्ग सङ्र्घष्ाको पक्षपोषण गरेका छन् । अर्कोतिर कृतिमा समेटिएका नाटककारहरूको नाट्यसिर्जना बजार मूल्यलाई होइन कि वैचारिक एवम् नाटकीय मूल्यलाई प्राथमिकतामा राखिएको छ । मालेमावादी सौर्न्दर्यचिन्तन यसको साझा अर्न्तर्वस्तु हो ।
यस कृतिमा सङ्गृहीत एकाङ्कीहरूले रचना विधानका तहबाट बहसको माग अवश्य गर्दछन् । एकाङ्की भन्ने बित्तिकै एउटै अङ्क र दृश्यमा संरचित नाटक भनी अर्थ्याउने विद्वान्हरू पनि नभएका होइनन् तर यसमा सङ्गृहीत एकाङ्कीहरूमा सबैमा त्यस्तो र्सार्वभौम प्रवृत्ति रहेको छैन । यहाँ केही एक दृश्य र केही बहुदृश्य योजनामा संरचित एकाङ्कीहरू छन् । त्यस्तै केही नाट्य रचनाहरूमा धेरै पात्रहरू पनि रहेका छन् । वास्तवमा कार्यकारी पात्रहरू तीन/चार भएको, एकै अङ्कमा बाँधिएको रचनाका रूपमा यसको पर्ूर्वीय परम्परामा भासकालीन मान्यता स्थापित रहेको छ । यसको आधुनिक स्वरूप भने पश्चिमको उन्नाइसौँ शताब्दी नै हो । पर्ूर्वीय परम्परामा रूपक अर्न्तर्गत अङ्क, भाण, व्यायोग, वीथी, प्रहसन र्रर् इहामृग भएको नाट्य रचनालार्इर्र्एकाङ्की भनिएको छ । कतैकतै यसको वैकल्पिक रूपमा चार अङ्कसम्म पनि हुन सक्ने कुरा बताइएको छ । त्यसैगरी उपरूपक अर्न्तर्गत गोष्ठी, नाट्यरासक, उल्लाप्य, काव्य, प्रेङ्खण, श्रीगदित, विलासिका र हल्लिसलार्इर्र्एकाङ्की नाटक मानिएको छ । त्यस्तै, पश्चिमी परम्परामा प्राचीनकालदेखि नै रहेको लघु नाटकलेखन परम्परालार्इर्र्एकाङ्की लेखनको पर्ूवाभ्यास मान्न सकिन्छ । एकाङ्कीमा एउटै विषय, एउटै कार्य र एउटै दृश्य भएको अङ्क अपेक्षित भए पनि त्यसको पर्ूण्ा पालना सबैले गरेको पाइँदैन र यो सम्भव पनि छैन । विधा सम्बन्धी पुरातन जनैले बाँधेर मात्र त्यसको विकास हुन सक्तैन । त्यसैले पनि प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत नाट्य रचनाहरूमा भासकालीन नियमको पालना नभए पनि छनौट गरिएको हो । कथावस्तु, पात्र, संवाद, वातावरण, भाषा, शैली, उद्देश्य र द्वन्द्व जस्ता तत्वहरूलाई नाटकका आधारभूत मानिँदै आएको परम्पराका सापेक्षतामा यो सङ्ग्रहमा भने वैचारिक प्रतिबद्धता, र्सवहारावर्गीय पक्षधरता र मार्क्सवादी दृष्टिकोणलार्इर्र्यसको मूल आधार मान्ने प्रयास गरिएको छ । मलाई लाग्छ, एकाङ्की नाटक सम्बन्धी स्थान, समय र कार्यको अन्वितित्रयको मान्यता एवम् नाट्य रचनात्मक बहुदृश्यात्मकताको सर्न्दर्भले व्यापक बहसको माग गर्दछ ।
वास्तवमा एकाङ्की नाटक साहित्य र कलाको सम्मिश्रति रूप हो । यहाँ साहित्य र कला परिपूरक रूपमा रहेका हुन्छन् । नाटकको विधागत शिल्पविधि, एकाङ्कीले माग गरेको नवीनता एवम् चामत्कारिताको अपेक्षा के कति पुरा भएको छ – यो विहङ्गम समीक्षाको पाटो हो । निश्चय पनि एकाङ्कीले भावपक्षलार्इर्र्चरित्रमा मिसाउनर्ुपर्छ, घटनामा घटाउनर्ुपर्छ र परिवेशमा मिलाउनर्ुपर्छ, जसमा एकाङ्की नाटकको स्वत्व र अपनत्व कायम रहेको होस् । यस मर्मलार्इर्र्प्रस्तुत एकाङ्की सङ्ग्रहमा सङ्कलित प्रायः सबै स्रष्टाका नाट्य रचनाहरूले यथासम्भव न्याय गर्ने प्रयास गरेका छन् । यहाँ एकाङ्की नाटकको सैद्धान्तिक परिचय, एकाङ्की नाटकको स्वरूप, परिभाषा, एकाङ्की नाटकका तत्वहरू, एकाङ्की नाटकको ऐतिहासिक पृष्ठभूमि, नेपाली एकाङ्की नाटकको समग्र विकासक्रम र प्रगतिवादी नेपाली एकाङ्की नाटकको विकासक्रमलाई सङ्क्षिप्त रूपमा उल्लेख गरिएको छ ।
यो कृतिको दोस्रो खण्डमा नाटककार आहुतिको झुक्न मान्दैन हिमाल, इन्दबहादुर भण्डारीको भुङ्ग्रोभित्रको मान्छे, उदयबहादुर चलाउनेको हामी पनि बन्दुक बोक्छौँ, डा. ऋषिराज बरालको उनीहरू यात्रामा छन्, कुमार मल्लको उत्सव, खेम थपलियाको नागार्जुन एक्सप्रेस, जनार्दन शर्माको क्रान्तिको छोरा, दानसिंह विकको बाटो, दिल साहनीको निर्विकल्प, नन्दलाल आचार्यको युग उचाल्ने अक्षरकर्मीको अबसान, नरबहादुर महराको नयाँ घर, पर्ूण्ाजित पुनको गाउँ घरतिर, भरत लामाको बन्धक स्वाधीनताको, मौसम रोकाको बदलिएको बाटो, लोकेश पुन मगरको अधुरो यात्रा, बलराम तिमिल्सिनाको मुक्तियुद्धको घोषणा, विजय विस्फोटको कागजको किल्ला, विजय साङ्पाङको दुःख मेटाउने सपना, शोभित नेपालको अमर मृत्यु, सरल सहयात्रीको क्रान्तिवीर, शिरीषको रातो किताब र सुशीलसिंह ठकुरीको अबशेष शर्ीष्ाकका २२ वटा एकाङ्की नाटकहरू सङ्गृहीत छन् । सङ्क्षिप्त रूपमा नै भए पनि यसमा समाविष्ट प्रत्येक नाटकहरूका संश्लिष्ट भावलाई पनि प्रस्तुत गरिएको छ । साथै, यहाँ नाट्यर्सजकहरूको सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । यहाँ जनयुद्धको विषयमा रचिएका एकाङ्की नाटकहरूलाई नयाँ यथार्थको आलोकमा प्रतिनिधिमूलक प्रगतिवादी एकाङ्की नाटकका रूपमा प्रस्तुत गरिएको छ । नाट्य रचनाहरूको सङ्ख्या निकै नै छन् । ती सबैको प्रकाशन एकै साथ सम्भव पनि हुँदैन । समयक्रममा तिनको पनि यथोचित सङ्कलन र प्रकाशनका कार्य पनि हुँदै जानेछ भन्ने अपेक्ष ागर्न भने सकिन्छ । यहाँ सङ्कलन गरिएका नाट्य रचनाहरू केही कलम लगायतका साहित्यक पत्रिकाहरूमा प्रकाशित रचनाहरू नै हुन् भने केही अप्रकाशित तर मञ्चित तथा केही प्रकाशित र मञ्चित पनि रहेका छन् । विषयको नवीनता र नाट्यशिल्पको मौलिकता यसमा सङ्गृहीत एकाङ्की नाटकहरूमा पाइन्छन् । हामीलाई विश्वास छ कि यी नाट्यरचनाले नेपाली साहित्यका सबै तहका पाठकहरूलाई महान् जनयुद्धका कैयौैँ नौला जानकारी र सूचनाहरू प्रदान गर्नेछन् । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक बौद्धिक जगत् एवम् आम पाठकहरूका लागि यो कृति पठन-मननका लागि अत्यावश्यक सामग्रीका रूपमा स्थापित हुने विश्वास लिन सकिन्छ ।
‘आवश्यकता नै आविष्कारकी जननी हो’ भने झैँ एकाङ्की नाटकको रचनागत तथा विधागत जानकारी एवम् वर्ग सङ्र्घष्ाले राप, ताप र प्रकाशले जन्माएका सुन्दर नाट्यसिर्जनाको साहित्यिक दस्ताबेजीकरणको आवश्यकता पुरा गर्नेक्रममा यो पुस्तकको जन्म भएको कुरा लेखकले बताएका छन् । विभिन्न स्थानमा छरिएर रहेका सामग्रीहरूको सम्पादन र संयोजन गरी यो पुस्तक तयार पारिएको छ । त्रिविको स्नातकोत्तर तहको सिर्जनपत्र-२०५९) आमाको माया तयार पार्नेक्रममा लेखिएका कतिपय सामग्रीहरूलाई परिमार्जित गरेर एकाङ्की नाटकको विधागत सैद्धान्तिक पक्षलाई प्रस्तुत गरिएको कुरालाई लेखकले प्राक्कथनद्वारा स्पष्ट पारेका छन् । यो कुरा चाहिँ अवश्य भन्न सकिन्छ कि प्रगतिवादी एकाङ्की नाटकको इतिहासमा यो कृतिले यस क्षेत्रको अभावलाई न्यून गर्दै समृद्धभूमि प्रदान गरेको छ । यसमा समाविष्ट स्रष्टाका नाट्य सामग्री प्रगतिवादी लेखनधर्मिताबारे छुट्टै विश्लेषण हुँदै जानेछ । जनयुद्धले विकास गरेको नयाँ यर्थापरक नाट्यविधाको सैद्धान्तिक अवधारणा सहित २२ वटा जनयुद्धकेन्द्रित नाटकहरू सङ्गृहीत यति महत्वपर्ूण्ा प्रकाशन प्रस्तुत गर्न सफल हुनुभएकोमा प्रगतिवादी नाटककार तथा समालोचक खेम थपलियाप्रति हार्दिक आभार प्रकट गर्दछु ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )