कविता : बिक्षिप्त बादशाह

~मोहिनी मन~mohini-man

राती
अलि अबेर गरेर
बादशाहको सवारी भयो दरवारमा
बादशाह–अलि बिक्षिप्त थियो
बादशाह–अलि तनावग्रस्त थियो
र आज बढी नै आक्रामक थियो बादशाह
हैरान थियो
उस्को सनकबाट
उस्को सुरक्षार्थ तैनाथ सिङ्गो सुरक्षा संयन्त्र
हैरान थियो
उस्को बिक्षिप्तताबाट
उस्को पहरामा खटिएको सिङ्गो सैनिकबाहिनी

बादशाहको अस्वाभाबिक आगमनले
स्तब्ध र भयग्रस्त थियो
दरवारको समग्र वातावरण
बादशाह चुपचाप थियो
मौन थियो
र सम्पूर्ण परिवेशमा ब्याप्त थियो
एउटा भयानक र डरलाग्दो मौनता
यसरी त्यो दिन
राती
अलि अबेर गरेर
बादशाहको सवारी भयो
उल्लङ्घन गर्दै दरवारका यावत राजषी अनुशासनहरु ।

बादशाह
दरवार परिसरको
कुनै हवेलीमा हुनहुनाउदै छि¥यो
र भटाभट ज्युनार गर्न थाल्यो सोमरस
ब्यतित नगरिकन धेरै समय
चुपचाप तर बिक्षिप्त बादशाह
खोपिभित्र सुकलामा लीन भयो

अनायास
मध्यरातको निष्पट्ट अँध्यारोमा
खोपिभित्र सुकला भैरहेको बादशाह
एकाएक ब्युझियो
ब्युझदा
घाँटी सुकिरहेको थियो
छाति दुखिरहेको थियो
र भतभति पोलिरहेका थिए
बादशाहको सुकोमल शरिरका सबै अबयवहरु
पसीनाले छपक्कै भिजेको थियो
बादशाहको सिङ्गो शरिर
बादशाह बिस्तारै उठ्यो
र एउटा भयानक अनिष्टताको अनुभूत गर्दै
आफ्नो मन्जिलको माथिल्लो कौशीबाट
चारैतिर नजर ग¥यो
पहाडहरु सर्दै सर्दै
आपूm नजिक आइरहेको देख्यो
आकाश तल झर्दै झर्दै
आफैँमाथि खसिरहेको देख्यो
उस्ले चुपचाप नजर गरिरह्यो अपलक
देश लमतन्न सुतिरहेको थियो
र सुनसान थियो
उस्को कोलाहलपूर्ण राजधानी
उस्ले मनमनै
आफ्ना आराध्य देवहरु सम्झियो
र निश्चित शक्तिपिठहरुसंग कामना ग¥यो
देश– सधै यसरी नै सुतिरहेहुन्थ्यो
राजधानी–सधै यसरी नै सुनसान भै रहेहुन्थ्यो
यसरी
मध्यरातको निष्पट्ट अँध्यारोमा
खोपिभित्र सुकला भैरहेको बादशाह
एकाएक ब्युझियो

ब्युझिनु भन्दा ठीक अघि
भर्खरै मात्र
बादशाहले देख्यो
एउटा त्रासदिपूर्ण सपना
एउटा डरलाग्दो दुस्वप्न
र एउटा स्वप्न पिडित बादशाह
सपनाबाट प्रताडित हुदै
एकाएक ब्युझियो ।

भर्खरै मात्र
उस्ले देखेको सपनामा
देश उत्सव मनाइरहेको थियो
मृत्यु–उत्सव
देश महोत्सव मनाइरहेको थियो
मृत्यु–महोत्सव
सपनामा
देश गीत गाइरहेको थियो
मृत्युगीत
सपनामा
एउटा बिशाल शवयात्रा आयोजित थियो
अबिराम बजिरहेको थियो
मृत्युगीतको अत्यासलाग्दो धुन
तामझामसंग सजाइएको थियो –शवबाहन
र शवबाहनको पछिल्तिर
सम्पूर्ण देशवासीहरु थिए –लामबद्घ
लाम–मेचीसम्म थियो
लाम–महाकालीसम्म थियो
लाम–हिमालसम्म थियो
लाम–तराईसम्म थियो
र शवबाहनमा बिराजमान थियो –बादशाह आफै
यसरी
खोपिभित्र सुकला भैरहेको ज्युदो बादशाह
सपनामा मृत्यु देखिरहेको थियो
सपनामा आफ्नै शवयात्रा देखिरहेको थियो
र च्युत हुदैथियो उस्को तथाकथित अधिनायकत्व
धुमिल हुदैथियो उस्को स्वघोषित देवत्व

यसपटक बादशाह
सधै झैं रिसाएन
एकाएक हास्न थाल्यो
एउटा बिक्षिप्त हाँसो
एकाएक रुन थाल्यो
एउटा बिक्षिप्त रोदन

बिहान
अर्थात बिपनामै
सुनसान थियो
आर्यघाटको शवदहन स्थल
र एक्लो बादशाह चितामाथि जलिरहेकोथियो
जलि सकेका थिए–उस्का हातहरु
जलि सकेका थिए–उस्का खुट्टाहरु
र जलिसकेका थिए–निरङ्कुशताका क्रुर दृष्टिहरु
यतिबेलासम्म
शवयात्रा
रुपान्तरित भैसकेको थियो
एउटा ऐतिहासिक बिजययात्रामा
सिङ्गो देश
बिजयोत्सव मनाईरहेको थियो
सिङ्गो देश
गाइरहेको थियो बिजयगीत
र जताततै बजिरहेका थिए बिजय धुनहरु

र फगत एउटा कालो डल्लो –बादशाह
चितामाथि बिराजमान थियो
आगो निभिसकेको थियो
मृत्यु बरण गर्न नसकेको
एउटा बिक्षिप्त बादशाह
बिस्तारै चलमलायो
अर्थात चिताबाट ओर्लियो
र दिनथाल्यो
देशबासीका नाममा अन्तिम सन्देश

बिना कुनै तयारी
बिना कुनै योजना
देशबासीका नाममा दिईएको अन्तिम सन्देश
निशब्द थियो
अब्यक्त थियो
र लामो समयसम्म देशबासीका नाममा
निशब्द बर्बराइरह्यो बादशाह
सन्देशको अन्त्यमा
सधैं झैं यसपटक बादशाहले भनेन शायद
पशुपतिनाथले सबैको कल्याण गरुन
आगो निभिसकेको थियो
एउटा कालो डल्लो
अबयवरहित बिक्षप्त बादशाह फेरि उठ्यो
अर्थात चलमलायो
यसपटक बादशाह
दरवार तिर सवारी भएन
ऊ कुनै नागार्जुन निवास तिर गयो
यसपटक भोको बादशाहले ज्युनार गरेन सोमरस
मात्र केही खायो
र यसपटक थकित बादशाह
खोपिमा सुकला गरेन
कोठामा घुप्लुक्क
घोप्टो परेर सुत्यो
र इतिहासबाट
सदाकालागि पलायन भयो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.