~गणेश कार्की~
बाबु छोरा बोलिदे न
यो अन्धकार रातमा
एउटा दियो बालिदे न
किन ? तँ निदाउँन लागिस् कि क्या हो ?
किन ? तैले दिक्क मानिस् कि क्या हो ?
तेरो मसालको आगो अझै निभिसकेको छैन
तेरो छातीको घाउ अझै निख्रिसकेको छैन
छोरा तँ युद्ध सकिएको भ्रममा परिस् कि क्या हो ?
भन्छस् नि तँ त
क ख हरु सबै ज्ञ मा गएर सकिए
पापहरु सबै धुरीमा उक्लेर कराए
तर बाबु के उ अब चुपचाप बस्ला र ?
अहँ म पत्याउदिन
यसका दुइ शताव्दि भन्दा पुरानो दा¥हा
यत्ति सजिलै कहाँ फाल्न मान्छ र ?
तेरो, मेरो, उसको रगत टन्न चुसेर
हाम्रै छातीमा नाँच्ने बानी कहाँ छाड्न मान्छ र ?
होस् गर बाबु होस् गर ।
मलाई डर लाग्छ
उसका दा¥हाले पहिले जस्तै कोही निर्दाेष नमरोस्
मलाई डर लाग्छ
उसका नंग्राले पहिले जस्तै कसैको छाती नफोरोस्
बाबु ढिला हुन लाग्यो
उसलाई केरकार गर्ने
खुकुरीमा साँध लगाउने
तर खबरदार,
उसलाई सिक्रीले बाँध्लास्
उसलाई विदेश खेद्लास्
उसलाई यही दौडाउँनु छ
असनका गल्लि देखि रोल्पाका बस्तीहरुमा
काट्दै चुक छर्दै सबै बकाउँनु छ
हाम्रै अगाडि उ सम्पुर्ण नागिंनु छ
अगाडि छोप्दा पछाडि
र,
पछाडि छोप्दा अगाडि देखिने गरि ।
मिति:- २०६३/०२/१५
कुलमंडल खां ( कवितामा ‘क’ ) बाट सुरु भएको राजतन्त्र ज्ञानेन्द्र ( कवितामा ‘ज्ञ’) मा हामीले सक्यौ तर फेरी टाउको उठाउन खोज्दैछ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)