~राज थापा~
नौलो बिहान,नौलो किरण हिमाल हाँसेको
हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको !
नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको
सरदमा गरहा गरहा धानका बाला झुलेको
वारी पारी सडकमा सवार लिई गाडी गुडेका
पिरतीका गित गाँउदै मयुर,कालीज उडेका
छाती भित्र देशछ आँखा भरी सुन्दर तस्बीर
स्वर्ग भन्नु अर्को कतै छैन मेरै देशको वरपर !
– राज थापा
लिम्रीक, आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )