~शम्भुजित बास्कोटा~
लुकीछिपी लुकीछिपी हेर्नेले
सुटुक्क मेरो मन चोर्नेले
सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ
मलाई नेपाली माया मन पर्छ
मलाई नेपाली माया चाहिन्छ
जसको रमरममा जादु छ
जसको अधर झुकाउने प्यार छ
जसको पृत पृतमा गीत छ
जसको माया आफ्नै रीत छ
बुझ न बुझ मायालुहरु
मलाई चोखो माया चाहिन्छ
साँच न साँच मायालुहरू
मलाई पिरती यस्तै चाहिन्छ
रातो रानी फुले झैं साँझमा
तिमी भुल्यौ कलेजी माझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमान्डौं शहर
मेरो स्वपनिलको संसारमा
मेरो मायाको बहारमा
जसको अधरमा माया रम्दछ
जसको नजरमा माया घुम्दछ
सोच न सोच मायालुहरू
यस्तो माया पो मलाई चाहिन्छ
भन न भन मायालुहरु
यस्तो माया कहाँ पाइन्छ
शब्द, संगीत – शम्भुजित बास्कोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया (चलचित्र)