कविता : लुङ्मारी मिथक

~मनु लोहोरुङ~Manu Lohorung Rai

काल्पनिक वायुयानबाट
भू-मध्यसागरको तटमा
अवतरण हुँदाको पल,
पूर्वतिर फर्किंदा बादलमा
खाडलमाथिको जमिन
र्सलक्क आफ्नै….
भूमिको मानचित्र देख्छु ।

ढुंगे मनको पहाडहरु
अब बिस्तारै खस्छन्
विचारका ब्लास्टिंग
पड्किनु र पड्काउनुको
ऊँभो गतिले चोइटिएर…
कोर्काली वस्तीमा
हो ! त्यस्तै,
भित्ता फोर्ने निर्जन
आवाजको खाँचो छ।
हो ! अब,
भूत हाँस्ने रातहरुमा
जूनले पाईला टेक्नेछ।
औंशी पोखिएका दिनहरुमा
सोचको पूणिर्मा फुलेर
चिमल हुनु पर्छ।
किनकि,
सृष्टि अटल हुनुले
दृष्टि बदलिनु पर्छ।

झुल्के घाम डस्ने
गोमन र्सपहरुको
सुख्खा प्रान्तमा
हो ! अब,
छातीभरी रारा-फेवाका
निश्चल तरंगहरु…
करुणा र मानवता घोलिएको
सभ्यताको निलो रंग
ब्रह्माण्डभरि पोखिनु पर्छ।
अब,
मेरो मुन्धुम र
साकेला सिलीभित्रै
सगरमाथाको गाथासँग
हजारौं लुंङ्मारी कथाहरु
कोरिनु पर्छ ।
अहिलसम्म डढेका
मनका व्यथाहरु खिपी,
आ-आप\mनै लिपीमा
अब फेदाङ्माहरुले पनि
युगको जोखाना फलाक्नु पर्छ ।

भूमिका अनुरागीहरु हो
सचेत जीवनको इन्द्रेणी
सर्वोपरी फैलाऊ !
सदियौंदेखि कठाङ्ग्रिएका
बैंशालु हिमालहरुमाथि
हिउँ-फूलको परागमा
अब, लालिमा भेटिनु पर्छ।
मानव वस्तीभित्रका
अपमानित जीवन-फूलहरु
युगिन शीतले बौरिनु पर्छ ।
___________________

– लुङ्मारी = प्रेमिलो

(स्रोत : मनु लोहोरुङको कविता सङ्ग्रह “लुङ्मारी मिथक” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.