~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~
बिहानीको आगमनसँगै
एक हुल भँगेराहरु चाँचाँ र चुँचुँ गर्दै
मेरो झ्यालमा ठोक्किन आइपुग्छन
लहरिएका मनिप्लान्टमा लुकामारी खेल्छन
निरन्तर मलाई उनीहरुको खेल हेर्न बाध्य पार्छन ।
एउटा न्यानो बिहानी
म भँगेराहरुको चर्तिकला हेरेरै बिताउँछु
थोरै चारो फालेर तिनीहरुलाई आफतिर बोलाउँछु
तर उनीहरुलाई मतिर हेर्ने फुर्सदै छैन
उनीहरु सिन्का र प्वाँख ओसार्नमै व्यस्त छन ।
अहो !
घर त सबैलाई चाहिने रहेछ
घामपानी ओतिने छानो जरूरी नै रहेछ
एकजुट भएर भँगेराहरुले घर बनाएको म नियालिरहन्छु
आ ! आ ! भनी उनीहरुलाई म चारा फालिरहन्छु ।
मैले पो ध्यान नै दिइनछु
आफ आफ्नै सुसे धन्दामा मग्न भएँछु
भँगेराहरुले त कहिले कहिले घर बनाइसकेछन
भँगेराको परिवारै त्यहाँ बास पनि बसिसकेछन
कसोकसो मलाई इष्र्या लागेर आयो
स—साना भँगेराहरुसँग
भँगेराले त घर बनाउन सक्छन भने
मैले किन नसक्नु ?
आपैmसँग मैले गरेको प्रश्नमाथि प्रतिप्रश्न बनेर
मेरी जीवन सँगिनीका मौन आँखाहरुले मलाई सोधिरहेका थिए
त्यसो भए हाम्रो पनि घर बनाउन सुरू गर्ने होइन त ?
– तरहरा, सुन्सरी ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)