कविता : विवशता…

~सजना गुरुङ~Sajana Gurung

यो वर्तमानमा कतै तिमी र म भेट हुँदा
विना सम्बोधन , विना मुस्कुराइ
यि नायनहरु त्यसै झुकछन् भने ,
तिमीसँग तर्किन्छन् भने
मलाई केही नसोध !
एउटा भीषण विवशताको पहाडले थिचिएका
हामी दुई विवश मान्छे ,
वर्षौ पछीको आकस्मिक सम्योगमा पनि
एक अर्कालाई पाएको खुशीमा
रमाउन सक्दैनौ ,
एक अर्काको अंगालोमा बाँधिएर
आफ्ना खुशी र पिडाहरु व्यक्त गर्न सक्दैनौ ,
हिजो
विवशतामा छुटिएका हाम्रा साथहरु र सम्बन्ध बीच
दुरीहरु यती बढीसकेछन् कि ,
आज हामी दुई एक अर्काको सम्मुखमा पर्यौ भने
हामी दुई जीउँदो मान्छे ,
हामी दुई श्वासप्रश्वास चलिरहेको मान्छे ,
निमेष भरमै निर्जिव मुर्तिमा रुपान्तर हुन्छौ ,
यती लाचार छौ कि
निर्जिव तस्विरमा मात्र सिमित भै दिन्छौ !!

कुश्मा , पर्वत
हाल इजरयल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.