कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

म हुतिहारा
अनी
उ पौरखी मान्छे
भन्छ यो समाज
समाजको नजरले मलाई
हुतिहारा देख्दा
उस लाई
पौरखी म देख्दीन खै !

म कसैलाई हानी पुर्याउन सक्दीन
वयाक्ती ,समाज न त राष्ट्र लाई
बस् आफ्नो कर्म गरेको छु
आफ्नो पसीना बेचेको छु
छाक टारेको छु
अनी म हुतिहारा ? समाजको नजरमा !

उ जस्तो पौरखी बन्नु छैन मलाई
अकूत सम्पत्ती जम्मा पारेर
आलीशान महलमा
बेचैनको स्वाँस फेर्नु छैन मलाई
मेरो नजरमा उ पौरखी होईन !

उ भ्रष्ट हो , उ भ्रष्ट हो
आफ्नो नैतिकता र स्वाभिमान बेचेको
निर्लज्ज अपराधी !
समाज को कलंक !
सन्तानहरूको लागी नयाँ परिचय
“भ्रष्टचारीका ” सन्तान !
कमाएको पौरखी हो ऊ !
वाह वाह वाह !

आत्म ग्लानीले
शान्तिको स्वास फेर्न नसकेर
एक दिन उ पछुताउने छ
चिसो छिंडीमा
कूकर्मको प्रायश्चित्त गर्नको लागी
दिन पर्खेर बसेको
उ जस्तो पौरखी मान्छे
अनी
राष्ट्र घाती बन्न सक्दिन म !

यो पागल समाजले भ्रष्ट लाई पौरखी ठान्छ अनी इमान्दार लाई हुतिहारा !
स्विकार्य छ ! मेरो लागी “हुतिहारा ” !
यस्तै हुतिहारा जिवनमा रमेको छु
हुतिहारा जिवन मैं शिर ठाडो पारेर हिडेको छु
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।।

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.