कविता : पिर व्यथा साट्नलाई

~पुष्पा खनाल~Pushpa Khanal

मनको साथी पाए हुन्थ्यो पिर व्यथा साट्नलाई
सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई

आकाशलाई भनौं भनें समेटिन सक्दिन कि ?
धरतीलाई भनौं भनें मा भेटिन सक्दिन कि ?

पक्का धागो पाए हुन्थ्यो मनको डोरी बाट्नलाई
सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई

बादल संगै भनौं भनें फैलाई दिने डर
पानी संग भनौं भनें बगाई दिने डर

कोही आइ चाहे हुन्थ्यो मनभित्र बस्नलाई
सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई

पुष्पा खनाल
म्हेपी, काठमाडौं

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.