~दिवाकर स्वप्नील~
“ओइ डोमा,हेर्ना केटी सारले पनि कति काइदा बोलेको!”
“चुप ना पेमा,अझै के भन्छा सुनम्!”
“…तपाइहरुको सहयोग बिना हामी यो सबै काम गर्न सक्दैनथ्यौँ।यस्तो जाडो ठाउँमा आवास प्रदानगर्नु हाम्रो लागी महत्वपूर्ण कुरा हो …हामीले यहाँ स्वास्थ्य समस्या देख्यौँ र हाम्रो पक्षबाट तपाईहरु बीस घरका लागी केही सामान्य औषधी उपहार दिन चाहान्छौ।”गाउँलेका अगाडी गैरसरकारी संस्थाकी टोली नेताले बोलेर औपचारिकता पुरा गरिन्।केही औषधी प्रत्येकलाई हस्तान्तरण गरिन्।स्वास्थ्य सेवाबाट बञ्चित उनिहरुलाई अमृत भयो।आफ्नो ग्रामीण जीवन अध्ययन गर्ने उदेश्य पुरा गरेर संस्था फिर्ता भयो।
करिब दुइ हप्तापछी अत्यन्त जाडो गाउँमा मान्छेहरु चिसिएर भटाभट मर्न थाले।पूर्व अनुभवमा माइनस तीन डिग्रीमा तगेका उनीहरुको अहिले शून्य डिग्रीमा नै इहलिला समाप्त हुँदैथियो।दिनदिनै मान्छेको मानो घोप्टिएको सन्त्रास फैलियो।यसले पराकाष्ठ नाघेको खबर सदरमुकामसम्म पुग्यो।जनस्वास्थ्य कार्यलयले रेपिड रेष्पोन्स टिमलाई तु परिचालन गर्यो।
तीन दिनको पैदल यात्राको दुरी एकदिन के हिडेका थिए खुट्टाबाट रगतले धर्तीको स्पर्श गर्न थाल्यो।सेतो छालाको रंग झर्दैगयो।दम बढेर अगाडीको भिर उक्लन असफल भएपछी,एउटाले भन्यो “लु अब चै जान सकिदैन सर।पहिला आफुबाँचे पो अरुलाई बचाउनु त”
अर्काले भन्यो “कुरा सही हो तर मिसनमा त अनिवार्य पुग्नैपर्ने बाध्यता छ,के गर्नु?”
तेस्रोले खुरापाती जुक्ति सुनायो”नपुगेको कसलाई था हुन्छ र?अज्ञात रोग भनेर प्रतिवेदन तयार गरौँ न!”उनीहरुले हरियो फाँटमा बसेर त्यसै गरे अनि फर्किए।
कठै ! डाक्टरको आसमा बसेका गाउँलेलाई के थाहा,आफु जाडोमा तात्न अत्याधिक सिटामोल सेवन गरेर हाइपोथर्मिया भयो!
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)