गजल : यो संसार अनौठो

~अतित मुखिया~Atit Mukhiya

यो संसार अनौठो र घरबार अनौठो
मानिसबिच असमान व्यवहार अनौठो

मनको देवताको नगरी वास्ताब्यस्ता
ढुङ्गा पुज्ने मानिसको अहंकार अनौठो

सम्पन्न पनि मानिस विपन्न मानिस नै
झोपडी अनौठो अनि दरवार अनौठो

उचनीचको शिमांकन हुदा मानिसभित्रै
भेदभावले गरिने सब सत्कार अनौठो

एउटै राष्ट्रि भित्रका एकै नागरिकविच
कतै सम्मान अनौठो कतै दुराचार अनौठो ।।

अतीत मुखिया
फूलबारी टोल, कोटेश्वर

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.