~सौभाग्य बज्गाईँ~
रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु
खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु
ओझेलमा परेका कलम शिपको सामिप्यता
हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु
पहिचान नभयका नौला मुहारका बेगहरु
गतिशील खोज्दै छन मिलनका टिठलाग्दा बाटाहरु
कोहि पत्यारलाग्दा कति अपत्यारिला लेख हरु
तैपनि रोकियनन बालापनका टिठलाग्दा बाटाहरु
रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु
खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )