~कृष्ण पहारी~
यहाँ लेख्ने मात्रै कवि हुँदैनन्
पढ्नेहरू पनि कवि हुन्छन्
सुन्नेहरू पनि कवि हुन्छन्
र पो कवितालार्इ ताली पिटिइन्छ
हाँसिन्छ कविता पढ्दा पढ्दै
रोइन्छ कविता पढ्दा पढ्दै
अनि लेख्न थालिन्छ कविताका बारेमा
समीक्षा र टिप्पणीहरू ।
यहाँ कविता लेख्नेहरूले
आफ्नो भावना पोख्छन्
कविता पढ्नेहरू ले खोतल्छन् कविताका धारहरू
र कोट्याउँछन् भित्र भित्रै
अनि पुग्न थाल्छन् अनन्त गहिराइमा
सम्झन थाल्छन् भुगोल्, सीमा र पहाडका थुम्काहरू
र स्यावासी दिन थाल्छन् कविता लेख्ने हातहरूलार्इ–
यहाँ कविता लेख्नेहरुले
गुलावको फूल देखेर हाँस्छन
अनि मनभरी माला उन्छन गुलावको
तर कविता पढ्नेहरूले
गुलावको फूललार्इ लालि गुराँस् सम्झिदिन्छन्
अनि डाँडा भरी फूलाउँछन्
र परकिर्ती अनुपम बटुल्न थाल्छन्
यहाँ सबै लेख्नेहरू
कविताको माहिर हुँदैनन्
जब कविता बोल्न थाल्छ
माइक्रोफोनका आवाजहरू गर्जिन थाल्छन्
कविताहरूले उचाल्न थाल्छन् हिमालहरू
देश कविता बोल्छ
पहाड कविता बोल्छ
तराई कविता बोल्छ
कवि खुशी हुँदै फेरी अर्को कविताको न्वारन गर्छ ।
पोखराथोक, पाल्पा, तानसेन ।