~गणेश कार्की~
एकोहोरो बातले पर्छार्छौ भने
धित नमरुञ्जेल
आकाशबाट चट्टानमा पछार मलाई
दुखोस् यो तन
र,म बुझ्न सकुँ
म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु
धित मरिसके पछि पनि
पुषको ठिहीमा
हिउँले पुर मलाई
र, पखालियोस् सारा धब्बाहरु/दागहरु
के गर्छौ ?
तिम्रो रहरले मेरो बाध्यता रोक्न सकेन
तिम्रो इच्छाले मेरो परिस्थिती फेर्न सकेन
दुख्नु नै थियो – दुखिरहेछु
हार्नु नै थियो – हारिरहेछु
म के भनुँ तिमीलाई
म कसरी सम्झाउँ तिमीलाई ?
अर्काको बाध्यता ख्यालै नगरी
गुनासो गर्नु राम्रो होईन
अर्काको सोचाई बास्तै नगरी
निष्कर्ष निकाल्नु राम्रो होईन !
April 2, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)