~इन्दु अंशु~
बल्ल बुझेँ
बाटो किन मोडयौ तिमीले,
दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ
घटना त सुनियोजित रहेछ नि !
लजालु प्रतिमालाई मनभित्र गोडयौ,
एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन,
तिमीले स्वीकारेकै थियौ मैले जबरजस्ती केही
लिन नै चाहिनँ तिमीबाट त्यसैले,
सबै तन्नेरी सपनाहरुलाई तिमीले मैल्याएको
पछयौराभित्र लुकाएर
गर्दै छु अन्धकार बाटोको
उज्यालो यात्रा ।
सम्झौताका दर्शन ढुङगा फाल्दा
अस्तित्वको गानो खतम हुन्छ भन्ने
कथित सोच इबोला झैँ फैलाई
म भित्रको मलाई आततायी बनाई निरजरा पारी,
फेरि तिम्रो पुरूषत्वको सलेदो जगाउने
तिम्रो दाउ बुझेर नै मैले एक्लो यात्रा रोजेकी हुँ ।
तिमीलाई प्रेम गरिरहुँ
तिम्रै प्रेमको अग्नि तापी रहँु
दन्त्यकथाको राजकुमारको वर्णनभैmँ
तिम्रो फोस्रो वीरता र पौरखको सरगम आलापी रहुँ जस्तो
मलाई लागेको थियो, जीवनको एक शीतविन्दु भई तिमीमै खसी
तिमीभित्रकै अनन्ततामा विलय हुन्छु भनेर
यात्राको बिट मार्ने अठोट गर्नै लाग्दा
तिमीले आफ्नो सेलफोनमा आएको मीठो निम्तोलाई टार्दै भन्यौ–
“आज व्यस्त छु भाेिल आउँछु है काली !”
सहेँ यो भ्रम ठानेर,
फेरि नारीकण्ठलाई उद्धृत गर्दै भन्यौ– “हजुरआमा, हजुरझैँ सीता सबै नारी कहाँ हुन्छन र ?” ्
छेउमा अर्धचेत पिङगला भई सुनिरहेँ
तिम्रो एक पछि अर्को वार्ता
फेरि फेरि सुनियो “बाबु, मम्मीको राम्रो ख्याल गर्नु है को कसलाई भेटछे मलाई भन्नु है !”
ओफ ! पसिना पसिना भई
इन्द्रको एकल इजलास इन्द्रकै अदालतमा बसी सुनिरहेँ ।
एकाएक, मेरो अठोटले
एक छाँगो घामलाई अँगालेर
चम्पत ठोक्यो अविदितका लागि,
चुनौती दियो पुरूष र पुरूषत्वलाई हेर्छु
म पनि प्रकृतिविना पौरूष्यको वीर्य कहाँ व्यँुताई वंशजको लहरा तान्दो रहेछौ
अनि सोध्छु म– अस्तित्व र स्वतन्त्रता भाग लगाई कुन दिन्छौ
परिचय सन्ततिका लागि पुरूष र प्रकृतिका नामबाट
कि प्रकृति वा पुरूषको नामबाट ?
अनवरत गर्दै यात्रा हरबखत चौकीदारी गर्दै छु
र गरिरहनेछु ।
– बत्तीसपुतली, काठमाडौँ ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)