~बिना तामाङ ‘सुनगाभा’~
हो उ आदिम मान्छे
जान्दैन थियो
हिड्न क्याटवाक
खाँदैन थियो अर्काको श्रम
लाउँदैन थियो विकनी
तर, एउटा युुग चपाएर आएपछि
त्यो आदिम मान्छे
अचेल चेपागाँडा चिरेर डिनर गछर््
टाउको टेकेर वि वोइङ हान्छ
अनि नाङ्गाहरुको
दौड प्रतियोगितामा प्रथम हुन्छ
वास्तवमा त्यो आदिम मान्छे
यतै कतै बस्छ
होसियार !