~भर्जिनिया वुल्फ~
अनुवाद : एकदेव अधिकारी
आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका छन्। सायद एक पर्वत? पक्कै हो–यसका पखेरामा सूर्यको सुनौलो प्रकाश। त्यताबाट तल झर्छ, त्यसलाई ढाक्छ, सेताम्मै प्वाँखहरू, सँधैभरी––––––
सत्यको चाहना, त्यसको पर्खाई, कठीनाईपूर्वक केही शब्दहरू मथ्न सफल, अझै अरू चाहना– (देब्रेतिर एक चित्कार, दाहिनेतिर अर्को। पाङ्ग्राहरू एकअर्कासँग ठोक्कीँदै टाढीँदै छन्। लेखीएका कथनहरू एक अर्कासँग बाझीँदै संग्रहित भएका छन्) अनन्त चाहना राख्दै–घडी बाह्र घण्टीका साथ मध्यदिन सूचीत गर्दछ; प्रकाश सुनौलो कत्ला छाड्छ; बच्चाहरू धुइरिन्छन्, फलाक्छन्, चिच्याउँछन्, कराउँछन् “फलाम बिक्रिमा छ”– अनि सत्यता?
कुनै एक बिन्दुतिर आकर्षित पुरूष तथा महिला पैतालाहरू, काला र सुनौला–(हुस्सुको याम–चिनी? भो पर्दैन–भविष्यका राष्ट्रमण्डलहरू)–आगोको झिल्को हुत्तीँदै आउँछ र केही काला चित्रहरू र चम्किला आँखाहरू बाहेक सम्पूर्ण कोठा रातो प्रकाशले नुहाँउछ, जव एक भ्यान बाहिरबाट हिँड्छ, मिस थिङ्गमी आफ्नो काममा व्यस्त, अनि सिसाको पट्टाले भुवादार कोटलाई सुरक्षित राख्छ––––––
प्रदर्शीत, पात–प्रकाश, हरेक कुनोमा व्याप्त, पाङ्ग्राहरूसँगै उड्छ, चाँदी जडित, घर हो या होइन, जम्मा हुन्छन, छरिन्छन, अलग अलग तहमा खर्चीएको, बढारीएको, झारीएको, च्यातीएको, डुबेको, अनि जोडीएको–अनि सत्यता?
अहिले आगोको छेवैमा भएको सेतो वर्गाकार स्फटिकमा जम्मा गर्न। हस्तीहाडको गहिराईबाट उब्जीएका शब्दहरू अन्धकार छोड्दै, फुल्दछन र घोच्दछन। आगोको ज्वालामा, धुँवामा, र क्षणिक झिल्कोहरूमा खसेको पुस्तक – या अहिले तैरीरहेको वर्गाकार स्फटीकको टुक्रो, फैलँदै जान्छ र हीन्द महासागरमा हराउँछ, र आकाश नीलो हुँदै अघि बढ्छ र ताराहरू चम्कन्छन–सत्यता? सामीप्यताबाट सन्तुष्टी?
आलसी र उदासीन बकुल्ला फर्कन्छ; आकाशले ताराहरूलाइ ढाक्छ र खाली गर्छ ।
Original English Version of the micro-story
‘Monday or Tuesday’ By Virginia Woolf
Lazy and indifferent, shaking space easily from his wings, knowing his way, the heron passes over the church beneath the sky. White and distant, absorbed in itself, endlessly the sky covers and uncovers, moves and remains. A lake? Blot the shores of it out! A mountain? Oh, perfect — the sun gold on its slopes. Down that falls. Ferns then, or white feathers, for ever and ever ——
Desiring truth, awaiting it, laboriously distilling a few words, for ever desiring —(a cry starts to the left, another to the right. Wheels strike divergently. Omnibuses conglomerate in conflict)— for ever desiring —(the clock asseverates with twelve distinct strokes that it is midday; light sheds gold scales; children swarm)— for ever desiring truth. Red is the dome; coins hang on the trees; smoke trails from the chimneys; bark, shout, cry “Iron for sale”— and truth?
Radiating to a point men’s feet and women’s feet, black or gold-encrusted —(This foggy weather — Sugar? No, thank you — The commonwealth of the future)— the firelight darting and making the room red, save for the black figures and their bright eyes, while outside a van discharges, Miss Thingummy drinks tea at her desk, and plate-glass preserves fur coats ——
Flaunted, leaf — light, drifting at corners, blown across the wheels, silver-splashed, home or not home, gathered, scattered, squandered in separate scales, swept up, down, torn, sunk, assembled — and truth?
Now to recollect by the fireside on the white square of marble. From ivory depths words rising shed their blackness, blossom and penetrate. Fallen the book; in the flame, in the smoke, in the momentary sparks — or now voyaging, the marble square pendant, minarets beneath and the Indian seas, while space rushes blue and stars glint — truth? content with closeness?
Lazy and indifferent the heron returns; the sky veils her stars; then bares them.