~डा. हिरण्यलाल ज्ञवाली~
छोराछोरीले धेरै धन कमाए
आफ्नै आर्जनले घर बनाए
सामान सजाए ÷ मान्छेलाई कजाए
जो उनका आमाबाबुले गर्न सकेका थिएनन
त्यसैले सम्पन्न छोराछोरीले
आफ्नो आर्जनको घरमा
आमाबाबुलाई बास दिएनन
गाँस दिएनन ÷ भेट दिएनन
बिरामी हँुदा टयाब्लेट पनि दिएनन
तैपनि आमाबाबु भने
आफ्ना छोराछोरीको सम्पन्नता देख्दा खुसी नै भए
शिशिरका चिसा रातहरुमा एउटा च्यादरले काम चलाए पनि
टुकी बाल्न मट्टीतेल नपाएर दियालो जलाए पनि
अरुले दिएको खान परे पनि
अरुले दिएको लाउन परे पनि
सम्पन्न छोराछोरीको गुनगान गाइरहे
बाबुआमा नपाएर उपचार अकालमै मरे
छोराछोरीले किरिया गरे
छोराहरुले त बरखी पनि बारे
भमिदान गरे ÷ शैया दान गरे
गाईको शुद्ध दधको खीर बनाई पिण्डदान गरे
आमाबाबुको तस्वीर छुट्टै कोठामा सजाए
आमाबाबुका लागि एउटा कोठा पनि छुटयाए
बालेर साँझबिहान धपदीप, नैवेद्य चढाए
यसरी उनीहरुले मातृभक्ति देखाए
यसरी उनीहरुले पितृभक्ति देखाए
त्यसपछि समाजमा उनीहरु
बाबुआमाका सच्चा सेवक कहलाए ।
– बुटवल ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)