लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

खण्ड – क

परिच्छेद–एक – सिर्जना परिचय

१.१ सिर्जनाको परिचय

सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने कुरा आन्तरिक भावबाट पे्ररित शक्ति हो । सिर्जना प्रतिभासँग जोडिएर बस्न रुचाउने शब्द हो । प्रतिभाको पर्यायवाची सिर्जनाशक्ति सबै व्यक्तिहरूमा अन्तनिर्हित हुँदैन । जसमा छ, उसले मिहिनेत गर्दछ र आफ्नो शक्ति खिरिलो बनाउँदै जान्छ । जसमा छैन, उसले चाहे भित्ता फुटाओस् चाहे हिरामोतीको माला नै किन नपहिरियोस् सायद असम्भव होला । सिर्जनाशक्ति आफँैमा मात्र सीमित रहनु अथवा गुम्सिनुले बाह्य रूप लिन सक्दैन । जब प्रस्फुटन हुन्छ तबमात्र बाह्य परिवेशमा उसको परिचय खुल्दछ । सबै व्यक्तिहरूमा एकै तरहको सिर्जनात्मक कला वा सीप रहेको हुँदैन । जसले जुन धारमा सिर्जना गर्दछ उसको त्यही विधा बन्दछ । गलाले पनि सिर्जनात्मक अस्तित्व प्रकट गर्दछ भने अन्य त छँदैछन् । आख्यान, कविता, गीत,गजलमात्र नभई साङ्गीतिक रूपमा पनि सिर्जना प्रकट हुन सक्दछ । यदि सिर्जनामा मौलिकता आवश्यक नहुँदो हो त संसारका सम्पूर्ण मानिसहरू सिर्जनशील ठहरिन्थे । मेरो सिर्जनाको प्रस्तुति यहाँ गजलको माध्यमबाट भएको छ ।

१.२ सिर्जनाको प्रयोजन ः

कुनैपनि कार्यको आ–आÏनै प्रयोजन रहेको हुन्छ । प्रयोजनपरक ढङ्गले गरिएका सिर्जनाहरूले मात्र आफ्नो स्थान जमाउन सफल रहन्छन् । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातक तह तृतीय वर्षको मूल नेपाली विषयको पाचौँ पत्रको आंशिक परिपूर्तिका निमित्त मूल्याङ्कनका लागि पेस गर्नु यस सिर्जनात्मक लेखनको प्रयोजन रहेको छ ।

१.३ सिर्जनाको उद्देश्य ः

प्रयोजनसँग उद्देश्यको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । उद्देश्यविना कुनैपनि कार्यहरू गरिँदैन । अर्थात् जब उद्देश्यको जन्म हुन्छ तबमात्र सिर्जनाको हुटहुटी चल्ने गर्दछ । उल्लिखित प्रयोजनपरक उद्देश्य पूरा गर्ने तथा नेपाली गजलको क्षेत्रमा केही योगदान दिएर अलिकति उर्वरता थप्नु यस लेखनको उद्देश्य रहेको छ । जसका निम्ति केही फुटकर गजलहरू र समीक्षात्मक वाक्यांशहरू यस सिर्जना लेखनमा प्रस्तुत गरिएका छन् ।

१.४ सिर्जनाको औचित्य ः

विश्वजगत्मा भएको गजलको व्युत्पत्ति, यसले फिँजाएका हाँगाहरू तथा झाङ्गिएको क्षेत्रको बारेमा मात्र नभई गजलको सामान्य सैद्धान्तिक परिचय, विकासक्रमको बारेमा चर्चा परिचर्चा गरिएको छ । यसका आडमा रहेर केही नवीनतम स्वादका गजलहरूको सिर्जनासमेत गरिएको बेहोराले नै यसको औचित्यलाई प्रस्ट पार्दछ ।

१.५ सिर्जनाको सीमा ः

साहित्यको एक प्रखर विधा गजलको बारेमा सैद्धान्तिक परिचय, यसको क्षेत्रविस्तार, नेपालमा गजलविधाको विकासक्रम र ३० ओटा नवसिर्जित गजलहरूल नै यस सिर्जनात्मक लेखनको सीमा हो ।

१.६ सिर्जनाको रूपरेखा ः

क्रमबद्धताले धेरै कुराको सहज व्यवस्थापन गर्दछ । यस सिर्जना लेखनलाई पनि व्यवस्थित ढङ्गले सम्पन्न गर्नु जरुरी भएकाले यसको लागि देहायबमोजिमको ढाँचामा यसलाई प्रस्तुत गरिएको छ ः–

खण्ड – क
परिच्छेद एक ः सिर्जना परिचय तथा प्रयोजन
परिच्छेद दुई ः गजलको सैद्धान्तिक परिचय
परिच्छेद तीन ः नेपालमा गजलको विकासक्रम
परिच्छद चार ः भाव तथा विषयवस्तुका आधारमा सिर्जित गजलको वर्गीकरण तथा विश्लेषण
खण्ड – ख
परिच्छद पाँच ः सिर्जनात्मक फुटकर गजलहरू
संक्षिप्तशब्दसूची
सन्दर्भसामग्री

·

परिच्छद–दुई ः गजल सिद्धान्त

२.१ विषय प्रवेश ः

साहित्यका अनेकन विधाहरू छन् । वस्तुतः साहित्यका हरेक विधाको आ–आºनै स्वरूप हुन्छ । (परिश्रमी ः गजल सौन्दर्य मिमांसा, २०६४) गजल साहित्य पनि आºनो निश्चित स्वरूप भित्र रहेर विकसित हुँदै गइरहेको छ । राजा–महाराजाहरू तथा उच्चवर्गका व्यक्तिहरूका दरबारमा मात्र सीमित गजल साहित्य आजको विश्व साहित्याकाशमा एउटा सशक्त र बेजोड प्रस्तुतिको विधा बनेको छ । गजलको इतिहास अरबी भाषा साहित्यको कसिदा’सँग सन्निकट रहेको छ । प्रणयप्रसङ्गमा पाइला टेकेर गरिने मुक्तकीय रचना तस्बिब’ हो । तस्बिब’ र कसिदा’ एउटै रचना जस्ता भएता पनि ती दुईका उद्देश्यहरू भने फरक थिए । तस्बिब’ विकसित हुँदै जाँदा गजलमा परिणत भएको हो । (रावल, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.१५) विकसित हुँदै समकालीन गजलसम्म आइपुग्दा गजलले न त पुरानो परिभाषालाई अँगालो नै मारेको छ न त प्रणयरञ्जन मात्र सीमित रहेको छ । शृङ्गार र यौनजन्य विषयवस्तुलाई टिप्नु र सन्तुष्टि प्रदान गर्नु मात्र आजका गजलको उद्देश्य रहेको छैन । यसले बोकेर ल्याएको छ – मानवचेतनाका स्वरहरू, निचोरेको छ – रूढि परम्परा र चिरेको छ – नयाँ बिहानी ।
अन्तरालमा गजल आङ्खनो परिभाषालाई अति फराकिलो बनाउन सफल भयो । परिणामले देखायो कि गजल माया र प्रेम’मा मात्र अल्झेर बस्दैन । यसलाई पनि विषयवस्तुको फाँट फुकाउनुपर्दछ । विशुद्ध माया प्रीतिको विषयबाट उम्केर गजल साहित्यले फट्को मा¥यो । वास्तवमा भन्नुपर्दा गजलले समयसापेक्ष आफूँलाई बदल्न नसकेको भए नेपाली साहित्यमा आजको यो युग देख्न पाइने थिएन । गजल वाचन गरिनामा मात्र सीमित भएन । साङ्गीतिक संयोजनले गर्दा यसको आवश्यकता तथा जन्मलाई अझै हौस्याइरहेको भान हुन्छ । गजलमा प्रेमाभिव्यक्ति आधिक्य रहनालाई स्वभाविक नै मान्नुपर्दछ । हरेक साहित्यिक विधाले आफ्नो अस्तित्व कायम राख्नका लागि छुट्टै अनुहार निर्माण गरेका हुन्छन् । तिनै संरचनागत तŒव, विषयवस्तुको बाहुल्यलाई आºनो पकडमा राखेर गजलले पनि अस्तित्व प्रधानताको प्रदर्शन गरिरहेको छ । मतला, मकता, सेर, रदीफ, काफिया, बहर, तखल्लुस आदिको परिधिभित्र बाँधिएर गजलको निर्माण हुन्छ । गजलका लागि रदीफ, बहर, तखल्लुस अनिवार्य तTवभित्र नपरे पनि यिनीहरूको आगमनले गजललाई आकर्षक, सशक्त, चोटिलो बनाउनाका साथै यसको पूर्णतातर्फ भने उन्मुख गराउँछन् ( बराल, प्रतिनिधि नेपाली गजल ः २०५७, पृ.ख ) ।

२.२ गजल शब्दको स्रोत, व्युत्पत्ति र अर्थ

गजल’ शब्दको मुख्य स्रोत अरबी भाषा हो वा फ्रान्सेली भाषा हो भन्ने बारेमा गजल सम्बन्धी जानकार व्यक्ति तथा गजलकारहरू नै निचोडमा पुग्न सकेका छैनन् । अर्थात्, गजल’ शब्दको निष्पत्ति सम्बन्धी सबाल एक व्याख्याकारमा मात्र सीमित पनि छैन । यो बहस कुनै बुँदामा पनि सहमत देखिँदैन ।
गजल’ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ प्रेमी तथा प्रेमिकाबीचको वार्तालाप’ भन्ने हुन्छ । गजल शब्द अरबी भाषाबाट आएको भएपनि अरबीमा भने गजल लेखिएको जानकारी पाइँदैन । यसको प्रारम्भिक लेखन फारसीबाट आरम्भ भएको स्विकारिन्छ ।’ ( बराल, प्रतिनिधि नेपाली गजल ः २०५७, पृ. क ) ग+ज+अल् पदहरूको यौगिक विधानबाट गजल’ शब्दको व्युत्पादन भएको हो – ब्राजाकी । प्रारम्भिक चरणमा पुग्दा गजल अरबी भाषाबाट आएको हो भन्ने भनाइ युक्तिसङ्गत देखिन्छ । अरबी भाषामा हरिणका पाठा (शावक)लाई गजाला भनिन्छ । शिकारीको तिखो तीरले घायल बनाउँदा त्यस शावकले निकाल्ने सुरिलो स्वरलाई गजल भनिएको हो ।’ ( परिश्रमी, गजलसौन्दर्य मीमांसा ः २०६४ पृ.५)
यसबाहेक अरू तर्कलाई केलाउँदा गजल भन्ने व्यक्तिसँगको निकटतातिर पुगिन्छ । गजल’ भन्ने व्यक्ति जसले आºनो सारा जीवन रक्सीपान र प्रेमविलासमा बिताएका थिए । अरबको गजल नामको सोही व्यक्तिले रचना गरेका साहित्यिक सिर्जना जसमा जीवनलाई प्रेम र विलासमा उनिएका हुन्थे सोही भावइतर सिर्जनालाई गजल’ नाम दिइएको भन्नेहरूको पनि कमी छैन । अङ्ग्रेजीमा ुन्बश्भििभु ले अफ्रिकामा पाइने एक हरिणलाई जनाउने हुँदा यसको अपभ्रंश शब्दरूप गजल हो (नेपाल, नेपाली गजल विगत र वर्तमान, २०६४ ः पृ.३१)भन्नेहरू पनि भेटिएका छन् ।
गजल’ शब्दको स्रोत हेर्दा फारसीभन्दा अरबी मताधिक्य देखिएका छन् । फारसीमा गजल लेखिएपनि गजल’ शब्दको आयस्रोत अरबी भाषा हो भन्नुमा सहमत हुनु नै युक्तिसङ्गत हुन्छ । यसको शाब्दिक अर्थले हेर्दा पनि गजल’ अरबी भाषाको उपज हो भन्ने कुरालाई नै स्विकार गर्नुपर्ने हुन्छ ।

२.३ गजलको संरचना ः

अरबी भाषाको शब्द जसको आज विश्वसाहित्यमा उल्लासमय तबरले गुणगान गाइराखिएको छ । यसको व्यापकता दिनानुदिन बढ्दो छ । गजल आºनो छुट्टै संरचनागत परिवेशमा छ । आज गजल एउटा सर्वप्रधान विधा बनिसकेको छ । गजलका आफ्नै प्रकारमा नियम र संरचनागत तत्वहरू पनि छन् । तिनीहरू साहित्यका अरू कुनै विधासँग हुबहु सम्बन्ध राख्दैनन् । मूलतः गजल अरबी भाषाबाट आएको हुँदा यसमा प्रयोग भएका शब्दहरू सबै अरबी भाषाबाट आउनु स्वाभाविक नै हो । गजलमा काफिया प्रयोगको संरचना ब्ब्, द्यब्, ऋब्, म्ब्, भ्ब्, ँब्, ।। को सूत्रमा रहेको हुन्छ ( बराल, २०६४ ः पृ. ३२६) । गजलमा पहिलो र दोस्रो त्यसपछिका विजोर पङ्तिहरुमा काफियाको प्रयोग भएको हुन्छ । जसलाई तलको उदाहरणले स्पष्ट पार्नेछ । यसर्थ गजलमा प्रयुक्त सेरहरूमा काफियाको आगमन (अन्त्यानुप्रास) पहिलो दुई पङ्तिमा र त्यसपछिका हरेक सेरको मिसर–ए–सानी (दोस्रो पङ्ति)मा हुनु जरुरी रहन्छ । गजलमा रदीफ (काफियापछि दोहाेंरिने शब्द) अनिवार्य नमानिएपनि यसको प्रयोगले गजललाई सुसज्जित बनाउनमा ठूलो भूमिका खेलेको हुन्छ । मुरद्दफ गजलमा रदीफको आगमन पनि उल्लिखित काफियाको स्वरूपमा भएको हुनुपर्दछ । गजलले रदीफको आक्षरिक क्रम भन्ने भङ्ग गर्न निषेध गरेको छ । गजलका सबै सेरहरूमा एउटै प्रकारको छन्द प्रयोग गरिएको हुनुपर्दछ ( परिश्रमीः गजल सौन्दर्य मिमांसा २०६४ )। एउटै गजलका विविध सेरहरूमा फरक–फरक विषयवस्तुको उपस्थितिलाई गजलको सिद्धान्तले स्वीकार गरेको पाइन्छ ।

गजलका संरचनागत तत्वहरू निम्नबमोजिमका छन् ः

२.३.१ काफिया ः

काफिया गजलको एउटा अपरिहार्य तŒव हो । काफिया अरबी भाषाबाट निष्पन्न शब्द हो । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसलाई साहित्यिक हिसाबले अथ्र्याउँदा अनुप्रास, अन्त्यानुप्रास वा तुक हुन्छ । रदीफको अगाडि काफिया अनुप्रासीय शैलीमा आएको हुन्छ । रदीफको प्रयोग नभएका गजल (गैरमुरद्दफ गजल) मा काफिया नै अन्त्यानुप्रास बनेको हुन्छ । अन्यथा उपान्तानुप्रास बनेको पाइन्छ । काफियाको अभावमा गजलले संरचना नै प्राप्त गर्न सक्दैन (बराल, २०६४ ः पृ.–३२६) । गजलमा साङ्गीतिकता प्रदान गर्नमा काफियाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गजलको मतला (सुरुवाती सेर) भागमा भएका दुवै पङ्तिमा काफियाको प्रयोग अनिवार्य हुन्छ । त्यसपछिका प्रत्येक सेरका दोस्रा–दोस्रा पङ्तिमा काफियाको उपस्थिति रहेको हुन्छ । मतला भागका दुवै सेरहरूमा पनि काफिया हुनसक्छ । यसरी दुवै सेरमा काफियाको प्रयोग भएको छ भने त्यसलाई हुस्ने–मतला’ वा मतला–ए–सानी’ भनिन्छ । गजलका सेरहरूमा काफियाको पुनरावृत्तिलाई समेत स्विकारिएको पाइन्छ । काफियाका पनि विभिन्न रूपहरू छन् । एकाक्षरी काफिया, शब्दांश काफिया, पूर्णशब्द काफिया र मिलित काफिया गरी गजलमा प्रयुक्त शब्दको अनुप्रासलाई हेरी काफियाको वर्गीकरण पनि गरिएको छ ।

२.३.२ रदीफ

रदीफले साहित्यिक सन्दर्भमा काफियापछि दोहोरिने शब्द वा शब्दसमूह’को परिचय लिएको छ । व्युत्पत्तिगत हिसाबमा रदीफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको खास अर्थ घोडा वा ऊँटको पछाडि बसेको व्यक्ति’ ( बराल, प्रतिनिधि नेपाली गजलः २०५७ पृ.ग) भन्ने बुझिन्छ । गजलमा यसको प्रयोगलाई ऐच्छिक श्रेणी दिइएको भएपनि रदीफले गजललाई निकै सुसज्जित बनाउँछ । अधिकांश गजलहरूमा रदीफको उपस्थिति पाइन्छ । मतला भागको दुवै पङ्तिमा र अन्य सेरका प्रत्येक दोस्रा पङ्तिमा काफिया पछि रदीफको प्रयोग भएको हुन्छ । यसले गजललाई गेयात्मक तथा साङ्गीतिक बनाउँछ ( बराल, गजल ः सिद्धान्त र परम्परा २०६४ ) । वाचनको क्रममा पनि मिठासता थपेको हुन्छ । गजल साहित्यमा यसको प्रयोग अनिवार्य ठानिएको छैन । तसर्थ, रदीफको प्रयोग गरिएका गजललाई मुरद्दफ गजल’ र रदीफ विहीन गजललाई गैरमुरद्दफ गजल’ भनी वर्गीकरण समेत गरेको पाइन्छ ।

२.३.३ सेर

सेर’ अरबी भाषाको शब्द हो । यसको खास अर्थ भने कपाल’ (नेपाल, नेपाली गजल विगत र वर्तमानः २०६४, पृ.५२) भन्ने हुन्छ । तथापि, साहित्यिक सन्दर्भमा यो अर्थले मान्यता पाउँदैन । हुनत गजलरूपी टाउकोमा तीन वा तीनभन्दा बढी कपालको अनिवार्यता रहन्छ । गजल निर्माण हुनको लागि कम्तिमा ६ पङ्तिलाई अनिवार्य मानिन्छ । यसरी गजलमा प्रयुक्त प्रत्येक दुई–दुई पङ्तिलाई एक सेर मानिन्छ । मतलब, एक सेरमा दुई पङ्ति रहेका हुन्छन् । गजलका प्रत्येक सेरहरू स्वतन्त्र नै रहेका हुन्छन् । सेरहरूको मालालाई गजलको रूपमा लिइएको छ । एउटा पूर्ण गजलमा थोरैमा तीन सेर र काव्यशास्त्रमा बढीमा सेरको कुनै निश्चितता देखिँदैन । सामान्यतया एउटा गजलमा अधिकतममा एघार सेरमम्म रहनुपर्नेमा अनुसन्धानकर्ताले बताएको पाइन्छ । जुनसुकै गजल पनि कुनै न कुनै बहरमा बद्ध रहेको हुन्छ । गजलका प्रत्येक सेरमा एउटै किसिमको बहर रहेको हुन्छ । गजलका सेरहरू आफँैमा स्वायत्त रहन्छन् । सैद्धान्तिक नियमभित्र रहेर रचना गरिएका गजलहरूमध्ये जति कम सेरमा गजलले पूर्णता पाएको हुन्छ त्यति नै गजल खँदिलो, प्रभावकारी र वजनदार हुन्छ भन्ने मान्यता छ । गजलमा सेरको आधिक्यले गजललाई आत्मपरकभन्दा वस्तुपरकतामा लगेर गजल फितलो बन्न जाने डर हुन्छ । गजलका सेरहरू स्वायत्त रहने हुनाले सेरपिच्छे विषयवस्तुमा विविधता भित्रिन सक्छ । विषयवस्तुको प्रयोगका हिसाबले हेर्दा गजलको मतला भागदेखि मकता भागसम्म नै एउटै विषयवस्तु समेटिएको छ भने त्यस गजललाई गजल मुसलसल’ र विभिन्न सेरहरूमा विविध किसिमको विषयवस्तुको प्रवेश भएको छ भने त्यस गजललाई गजल गैरमुसलसल’ भनिन्छ । ( बराल, प्रतिनिधि नेपाली गजल, २०५७, पृ.ख) गजलका हरेक सेरहरूको भार एकै किसिमको हुँदैन । सेरहरूको बनावट कसिलो र फितलो गरी बनेको हुन्छ । गजलमा प्रयुक्त सेरहरूमध्येको सबैभन्दा उत्कृष्ट सेरलाई हासिले गजल सेर’ भनिन्छ ।

२.३.४ मतला

मतला÷मत्ला गजलको सुरुको सेर हो । मतलाको अर्थ उदय’ वा प्रारम्भ’ हुनु भन्ने हुन्छ ( बराल, प्रतिनिधि नेपाली गजल, २०५७, पृ.ग ) । गजलको मतला भागका दुवै पङ्तिमा काफियाको प्रयोग गरिएको हुन्छ । कुनै गजलमा सुरुबाट दोस्रो सेरसम्म पनि काफियाको प्रयोग गरिएको छ भने ती दुवै सेरहरू गजलको मतलामा गनिन्छन् । यसरी दुवै सेरमा काफियाको प्रयोग भएको छ भने त्यसलाई हुस्ने–मतला’ वा मतला–ए–सानी’ भनिन्छ । रचनाकारले गजलका अरू सेरहरूमा भन्दा मतला भागमा सैद्धान्तिक नियमहरू पूरा गरेर अरूभन्दा उत्कृष्ट बनाउने चेष्टा पनि गरेको हुन्छ; किनकि गजल वाचनको क्रममा मतला भागको पुनरावृत्ति भइरहन्छ । यदि गजलको मतलामा नै आक्षरिक विचलन वा उच्चारणगत कठिनाई देखियो भने श्रोताका दृष्टिकोणमा त्यो गजल नै भताभुङ्ग भएको ठहर्छ । यसरी गजलको मतलाले नै गजलकार र सम्पूर्ण गजलको स्तरलाई नै प्रस्ट पारिदिएको हुन्छ । गजलको भावगाम्भीर्य समेत यही मतलाको अभिव्यक्तिले दिएको हुन्छ ।

२.३.५ मकता

गजलको अन्तिम सेर नै मकता÷मक्ता हो । मकताको शाब्दिक अर्थ भनेको समाप्ति’ वा टुङ्ग्याउनी’ भन्ने हुन्छ (नेपाल, नेपाली गजल गित र वर्तमान ः २०६४, पृ.४७) । यसलाई नेपाली गजलको भाषामा अन्तिम सेर’को नामाकरण गर्दा पनि कुनै फरक पर्दैन । अन्तिम सेरमा गजलाकारले आÏनो नाम तथा उपनाम द्विअर्थात्मक शैलीमा पनि प्रयोग गरेको प्रशस्तै भेटिन्छ । यसरी तखल्लुस प्रयोग गरिएको अन्तिम सेरलाई मात्र मकता भनिनुपर्नेमा केही विश्लेषकहरूले जोड दिँदै आएका छन् । तथापि, गजलमा तखल्लुस प्रयोग नभएको खण्डमा पनि त्यसलाई मकता भन्न भने चाहिँ बाँकी राखिएको छैन ।

२.३.६ मिसराः

हरेक सेरको प्रत्येक पङ्तिलाई मिसरा भनिन्छ । प्रत्येक पङ्तिलाई फरक–फरक नाम दिइएको छ ।

२.३.६.१ मिसर–ए–उला
गजलमा दुई पङ्तिले एउटा पूर्णता पाउँदछ । जसलाई सेर कहिएको छ । तिनै दुई पङ्तिमध्येको पहिलो पङ्तिलाई मिसर–ए–उला भनिन्छ । मिसर–ए–उलामा कुनै विषयवस्तुको उठान गरिएको हुन्छ ( नेपाल, नेपाली गजल विगत र वर्तमान ः २०६४, पृ. ५१) । सबै कुरा मिसर–ए–उलाले मात्र व्यक्त गर्न सक्दैन । यसले मिसर–ए–सानीको माध्यमबाट प्रस्ट भावको अपेक्षा गरेको हुन्छ ।

२.३.६.२ मिसर–ए–सानी
गजलको दुई पङ्तिको झुन्डले एक सेर बन्दछ । सेरको पहिलो पङ्तिलाई मिसर–ए–उला भनेझै दोस्रो पङ्तिलाई मिसर–ए–सानी भनिन्छ । यसले गजलमा मिसर–ए–उलाले उठान गरेको विषयवस्तुको भावलाई प्रस्ट पार्ने भूमिका खेलेको हुन्छ । मिसर–ए–उलाले पूणार्थ व्यक्त नगरी मिसर–ए–सानीलाई प्रस्टताको जिम्मा सुम्पदै टुङ्गिएको हुन्छ ।

२.३.७ तखल्लुस

गजलको अन्तिम सेर अर्थात् मकतामा गजलकारहरूले आफ्नो नाम तथा उपनामलाई समेटेर द्विअर्थात्मक शैलीमा प्रयोग गरेका हुन्छन् ( बराल, २०६४, पृ.४३) । यसलाई तखल्लुस भनिन्छ । गजलको तखल्लुसविहीन अन्तिम सेरलाई मकताका रूपमा पनि नमानिएका कैयौँ उदाहरण पनि भेटिन्छन् । तापनि हाल गजलमा आएको भेलले यसलाई बगाइदिएको छ । तखल्लुसलाई गजलको अनिवार्य तŒव नमानिएको भएपनि गजललाई तखल्लुसले आकर्षक त बनाउँछ नै र रचना चोरीको सम्भावना पनि तखल्लुसले घटाउने निश्चित छ । मकता भनेको गजलको टुङ्ग्याउनी अर्थात् अन्तिम सेर हो । तखल्लुसको प्रयोग अन्तिम सेरमा मात्र नगरी त्योभन्दा अरू सेरमा पनि गरेको पाइन्छ ।

२.३.८ बहर

जुनसुकै गजल पनि कुनै न कुनै बहरमा हुन्छन् । बहर भनेको छन्द हो । संस्कृत भाषामा मात्रिक र वर्णमात्रिक छन्द भएझै गजलको कठोर अनुशासन बहरका पनि धेरै प्रकारहरू छन् । गजलका कतिपय बहरहरू संस्कृतका पिङ्गल छन्दसँग दुरुस्तै मिल्ने खालका छन् त कतिपय सन्निकट देखिन्छन् । (परिश्रमीः २०६४, पृ.६१) गजलका बहरहरूको सङ्ख्या फारसी भाषामा आएपछि वृद्धि भएको देखिन्छ ।

गजलका अङ्गहरूलाई तलको उदाहरणबाट स्पष्ट पारौं ।

सेर १ – कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो
माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। १ ।। मतला

सेर २ – कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न
रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।। २ ।।

सेर ३ – व्यर्थै पो रैछ छुच्ची, तिम्रो मेरो साझा प्रण
जुनी जुगांै बिताउने, रटानी नै कालो भयो ।। ३ ।। मध्यभाग

सेर ४ – सपनाको महलमा, उज्याला ती मोती जोडें
यो जिन्दगी उदाउने, विहानी नै कालो भयो ।। ४ ।।

सेर ५ – तिम्रो मेरो आजैबाट, आ–आºनो बाटो पलायो
घोकिएको राधाकृष्ण, किटानी नै कालो भयो ।। ५ ।। मकता

माथिको गजलमा १,२,३,४,५ गरी देखाइएका गजलका सेरहरू हुन् । यो गजल जम्मा ५ सेरको छ । माथि रेखाङ्कित शब्दहरू जवानी, वखानी, वगानी, रटानी, विहानी, किटानी शब्दहरू काफिया हुन् । त्यसपछि प्रयोग भएका इटालिक अक्षरमा लेखिएका नै कालो भयो’ शब्दसमूहहरू रदीफ हुन् । गजलका हरेक सेरमा दुई पङ्ति हुन्छन् । यी दुवै पङ्तिलाई गजलको सिद्धान्तअनुसार मिसरा भनिन्छ । यस हिसाबमा माथिको गजलमा १० मिसरा छन् । हरेक सेरको पहिलो पङ्तिलाई मिसर–ए–उला र हरेक दोस्रो पङ्तिलाई मिसर–ए–सानी भनिएको छ । गजलको सुरुवाती सेरलाई मतला भनिन्छ । जसमा गजलको मुख्य भाव पनि लुकेको हुन्छ । गजलको मध्यभाग २,३,४ सेरहरू हुन् । हुनतः तखल्लुस प्रयोग नभएको गजलको अन्तिम सेरलाई मकता भन्न नपाइने भनी उद्घोष गरिएको पनि पाइन्छ । वर्तमान युगको गजलले अब त्यति कठोरता नदेखाउला तसर्थ म माथिको गजलको अन्तिम सेरलाई मकता नै नामकरण गर्दछु । रदीफको प्रयोगका दृष्टिले वर्ग विभाजन गर्दा माथिको गजल मुरद्दफ गजल’ हो भने विषयवस्तुको प्रयोग एकै किसिमको भएकोले यो गजल मुसलसल’ हो ।
उखेलेर कुल्ची हिड्ने, कुनै चेष्टा गर्नुहुन्न
हिलो, पानी जहाँपनि, कमल’ भइ फुलिदिन्छु ।।

यो कुनै गजलको एक अन्तिम सेर मकता हो । यसमा आक्षरिक हिसाबले १६ सङ्ख्या रहेका छन् । यसमा प्रयोग गरिएको कमल’ शब्द तखल्लुस हो । जसले कमलको फूल’को रूपमा पनि अर्थ राख्दछ भने अर्काे कमल प्रकाश पौडेलमा प्रयोग भएको स्रष्टाको नाममा पनि उत्तिकै सामिप्य छ । अन्तिम सेर मकता वा अरू जुनसुकै सेरमा पनि प्रयोग भएको गजलकारको नाम तथा उपनामको रूप नै तखल्लुस हो ।

२.४ गजलका तŒवहरू ः

२.४.१ विषयवस्तुको भावपूर्ण प्रस्तुति

गजल एउटा गेयपरम्पराबाट प्रभावित र विकसित विधा हो । यसको लागि कुन धारबाट कलम चलाउने हो भन्ने बारेमा यकिन गर्न विषयवस्तुले आधार खडा गरिदिएको हुन्छ । गजलमा प्रयोग गरिएको विषयवस्तुलाई मफुम’ भनिएको छ ( बराल, २०६४, पृ.६१) । विषयवस्तुको परिधिमा गजलको यात्रा सीमित रहन्छ । गजल साहित्यको आÏनै विशेषता रहेको छ । एउटै गजलका विभिन्न सेरहरूमा पृथक किसिमको विषयवस्तुको आगमनलाई पनि गजलले सहजै स्वीकार गर्दछ । सम्भवतः यो मौलिकता साहित्यका कमै विधामा मात्र देख्न पाइन्छ । यसरी चियाउँदा गजलमा प्रेमको रसास्वादन गराउने विषयवस्तुगत प्रवृत्ति समकालीन भेलले निम्त्याएको होइन । उत्पत्तिकालीन समयमा राजा–महाराजाहरूकोलागि दरबारमा मात्र मनोरञ्जन गर्ने र गराउने उद्देश्य बोकेको गजल आज देश परिवर्तनको सम्बाहक, प्रकृतिको वर्णनकर्ता, विसङ्गतिको विरोधी अनि मानवीय सरोकारका विषयमा पनि निकटता राख्न थालेको छ । यसबाट के स्पष्ट हुन्छ भने गजलको विषयवस्तु अब यही मात्र हुनुपर्छ भनेर किटान गर्न सकिने ठाउँ छैन ।
आजका गजल प्रेममय रोमाञ्चक जीवनको प्रतिनिधि मात्र होइनन् । गरीवका कथा, राजनीतिक विसङ्गतिको पर्दाफास अनि जीवनका विविध आयामहरू यी गजलहरुमा अटाएका छन् । गजलका हरेक सेरहरू वजनदार हुनुपर्दछ । यसका लागि चाहिन्छ उपयुक्त विषयवस्तु अनि त्यसको भावपूर्ण प्रस्तुति । गजल साहित्यको एउटा लघुतम रूप हो । यति सानो रूपमा पनि गजलले एउटा अनौठो मौलिकता बोकिरहेको छ – एउटै गजलमा विविध विषयवस्तुको प्रवेश । गजलको हरेक सेर स्वायत्त रहेका हुन्छन् ( परिश्रमी, गजल सौन्दर्य मिमांसा, २०६४ । यसलाई कतिपय गजलकारले भिœयाएका छन् त कतिपयले त्यति उपयुक्त ठानेका छैनन् । गजलका सबै सेरहरूमा एउटै विषयवस्तुको प्रयोग गरिँदा त्यो गजल मुसलसल हुन्छ । गजल गैरमुसलसल हुँदा त्यसको वास्तविक भाव हराउन सक्ने भनी यसलाई प्रश्रय दिनु राम्रो मानेका छैनन् । गजलको वर्तमानकालीन उर्वरतामा विषयवस्तुको विविधता पाइनुले गजल अब जुनसुकैै विषयलाई अगाल्न पनि सक्षम छ भन्ने प्रस्ट छ ।
२.४.२ लय तथा छन्द

गजल गेय परम्पराबाट विकसित विधा हो । यसको गेयात्मकता अहिलेसम्म पनि कायम नै रहेको छ । यसबाट स्पष्ट हुन्छ कि, गजलमा कुनै न कुनै लय आवश्यक छ । प्राचीन समयमा राजा–महाराजाहरू र खानदानी वर्गको दरबारमा पनि मनोरञ्जन दिलाउने उद्देश्य राखेर गजल गाइन्थ्यो । गेयात्मक बन्नको लागि शब्दहरूको मेल र आक्षरिक संयोजन आवश्यक हुन्छ ।

२.४.३. बिम्ब तथा प्रतीक

गजलमा विभिन्न विषयहरूको प्रवेश गराउनुपर्ने हुन्छ । कुनै न कुनै विषयवस्तुको सरल प्रयोग गरेर मात्र गजलका सेरहरू ओजपूर्ण हुन सक्दैनन् । यसको लागि हरसम्भव भाव तथा विषयवस्तुको प्रयोगलाई बिम्बात्मक रूपमा पनि प्रदर्शन गर्नुपर्ने हुन्छ । बिम्ब तथा प्रतीकको उचित प्रयोगले गजललाई अति आकर्षक बनाइदिन्छन् । यसर्थ गजलमा बिम्ब तथा प्रतीकको प्रयोग अनिवार्य नै हुन गएको छ ।

२.४.४ कल्पना

कल्पनाको लागि मानसिक शक्ति निश्चित रूपमा पनि बलियो हुनुपर्दछ । कल्पना गर्नु मात्रले कुनै ठूलो सरोकार राख्दैन । यसमा जीवन्तता भिœयाउन सक्नुपर्छ । कल्पनाको माध्यमबाट गजलमा विचार दिनुपर्ने हुन्छ । हुनत साहित्यमा कल्पनाको आवश्यकता नपर्ने विधाहरू विरलै मात्र हुन्छन् । गजल पनि त्यही साहित्यिक फाँटको एउटा विधा भएको कारणले गर्दा गजलमा पनि कल्पनालाई नकार्न मिल्दैन । साहित्य वास्तविक भोगाईका कथामा मात्र सीमित रहँदैन । फाँट फराकिलो गराउने क्रममा गजलले कल्पनाको अपेक्षा निश्चित रूपमा पनि गरेको हुन्छ । गजल कुनै संस्मरणात्मक वर्णन मात्र होइन । यसमा कतिपय स्वजीवन अनुभूतिबाट टाढा रहेर पनि रचना गनुपर्ने हुन्छ । गजलमा वजनदार सेरको निर्माणको यात्रा गर्न खोज्दा जुनसुकै बहानामा भएपनि कल्पनाको आयात गरिएको हुन्छ (बराल, २०६४, पृ. ६९) । अलङ्कार, प्रतीकको प्रयोग गरेर साहित्यको भाव व्यक्त गर्न कल्पनाको महत्व अस्वीकार गर्न मिल्दैन । कल्पनाले झिनो विषवस्तुलाई समेत बृहत्तर रूप दिन मद्दत गर्दछ तर बृहत्तर रूप दिने नाममा गजललाई वस्तुपरकतातर्फ धकेल्न चाहिं गजल सिद्धान्तले छुट नदिन सक्छ ।

२.४.५ सङ्गीत

गजलमा सङ्गीत एउटा अनिवार्य तTवको रूपमा रहेको हुन्छ । सङ्गीतको अभावमा गजलको कल्पनासमेत गर्न सकिदैन र यहाँ सङ्गीतको तात्पर्य भाषाद्वारा नै अभिव्यक्त हुने छन्द, अनुप्रास तथा वर्ण, अक्षर अनि शब्द तथा पदावलीकै आवृत्तिसँग पनि छ ( बराल ः २०६४, पृ.७३) । वाद्ययन्त्र तथा लयको साथमा गजललाई गेय रूप दिएर प्रकाशन तथा रेडियो तरङ्गबाट समेत गुञ्जिइरहेका हुन्छन् । गजलमा प्रयुक्त लय, अनुप्रास, शब्द तथा पदावलीलाई सङ्गीतअन्तर्गत राखेर हेर्न सकिन्छ ।

२.४.६ भाषाशैली

साहित्य सर्जकको मात्र नभई पाठक तथा श्रोताको पनि प्रत्यक्ष सरोकारको विषय हो । सर्जकले रचना गरको साहित्यका उपभोक्ता पाठक तथा श्रोताहरू हुन् । सिर्जना गर्नेले मात्र बु¤दैमा त्यस साहित्यको उद्देश्य प्राप्त हुदैन । गजल हरेक मानिसको आस्वादन गर्ने विषय भएकाले गजलको भाषा अति सरल हुनुपर्दछ । तर सरलका नाममा स्तरहीन भाषाले गजलको श्रेणी खस्कने डर हुन्छ । यसका लागि सरल शब्दहरूको व्यवस्थित संयोजन गर्नु जरुरी रहन्छ । गजलमा क्लिष्ट, दुर्बाेध्य भाषालाई ग्रहण गर्न सकिदैन । हुनत गजल संरचनात्मक हिसाबमा अनुशासनको कडा निगरानी रहने साहित्यिक विधा पनि हो । सरल भाषाको प्रयोग गरेर गजललाई प्रस्तुत गर्नुपर्ने हुन्छ ।

२.४.७ उद्देश्य

हरेक लेखाइका कुनै न कुनै उद्देश्य रहेका हुन्छन्, यसलाई रचनाकार देखि पाठकहरू सबैले स्वीकार गरेकै छन् । जब कुनै साहित्यको जन्म हुन्छ त्यो पनि एउटा निश्चित उद्देश्यप्रेरित बनेको हुन्छ । गजल साहित्य पनि त्यति सस्तो छैन जो उद्देश्यविहीन रहोस् । गजलले आज देश परिवर्तनका लागि आवाज उठाउने भइसकेको छ । नरनारीका हक–हितका लागि वुलन्द स्वरको साधन बनेको छ । प्राचीन मोतीराम भट्टकालीन गजलहरू पनि शृङ्गारिकता र स्तुतिगानमा लेपासिएका हुन्थे । ती गजलहरूको उद्देश्य कसैप्रतिको भक्तिभाव व्यक्त गर्नु वा प्रेममय जीवनको अनुभूति गराउनु रहन्थ्यो । यसर्थ गजलले कुनै न कुनै उद्देश्य बोकेको हुन्छ । अभिव्यक्तिले गजलको उद्देश्यलाई किटान गरेको हुन्छ ।
उल्लिखित तŒवहरूको उपस्थितिमा मात्र एउटा गजलको रचना हुन सक्दछ । यसका साथमा गजलमा सैद्धान्तिक संरचनात्मक तŒवहरूको प्रयोग तथा व्यवस्थापन सहज तरिकाले वातारण अनुकूल बनाएर गर्नुपर्ने हुन्छ ।

२.५ गजलको परिभाषा तथा यसका विशेषताहरू ः

गजलको विश्व इतिहास त्यति नयाँ छैन । यो अरबी भाषाबाट जन्म भएर फारसी, उर्दू, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गरेको गजल साहित्य आज प्रमुख विधासमेत बनेको छ । गजलमा हार्दिक पक्ष बलियो रहेको हुन्छ । छोटो संरचनामा व्यापकता समेटिने यो विधा मूलतः सुललित पदावलीमा आबद्ध हुन्छ । हृदयाग्रह्य, प्रतीकात्मक र भावपूर्ण हुनु गजलको क्षमता हो ( प्रणत, नेपाली गजल विगत र वर्तमान २०६४, पृ.–१९७) । गजललाई विश्वसाहित्यमा घोलिएका गजलकार तथा समालोचकहरूले कसरी हेरेका छन् त ? त्यसतर्फ लागौं ।

२.५.१ गजलसम्बन्धी परिभाषाहरू ः

विभिन्न विद्वानहरू तथा समालोचकहरूद्वारा गजललाई कसरी परिभाषित गरिएको छ भन्ने बारेमा तलका परिभाषाहरूलाई केलाएर हेरौं ।

इन्साक्लोपेडिया ब्रिटानिका अनुसार इस्लामिक साहित्यमा गजल एउटा छोटो र ओजपूर्ण कविताको रुप हो जसको सम्बन्ध प्रेमको विषयसँग रहेको हुन्छ ।
९भ्लअथअयिउबभमष्ब द्यचष्तबलष्अब स् न्जबशब िष्ल क्ष्कबिmष्अ ष्तिभचबतगचभ, नभलचभ या थिचष्अ उयझ, नभलभचबििथ कजयचत बलम नचबअभाग िष्ल ाचयm बलम मभबष्लिन धष्तज तजझभक या यिखभ।०
नेपाली शव्दसागर (बसन्तप्रकाश शर्मा)का अनुसार शृङ्गार वा प्रेमप्रसङ्गको कविता, कुनै छन्दबद्ध नभइ तुक मात्र हुने शृङ्गारिक कविता गजल हो ।
बृहत् नेपाली शव्दकोश (पं हर्षनाथ शर्मा)का अनुसार प्राय शृङ्गार रसका कविता लेखिने फारसी छन्द, त्यस छन्दमा लेखिने कविता गजल हो ।
डा. रोहितास्थ अस्थानाका अनुसार शिल्पका दृष्टिले पाँच, सात वा तीभन्दा बढी सेरहरूको समूहको नाम गजल हो ।
भवानी शंकरका अनुसार गजल एक छन्दबद्ध स्वतन्त्र काव्यविधा हो ।
ज्ञानुवाकर पौडेल ः गजल एक संवेदनशील र तीक्ष्ण काव्यविधा हो । यसमा सूक्ष्म र तिख्खर अभिव्यक्ति रहेको हुन्छ ।
डा. कृष्णहरि बराल ः भाव, कल्पना, बिम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रूपलाई गजल भनिन्छ जसमा एउटै छन्दका तीन वा तीनभन्दा बढी स्वतन्त्र सेरहरू हुन्छन् ।
मनु ब्राजाकी ः गजल भनेको प्रणय कामना र आन्तरिक पीडाका हार्दिक भावहरूको सन्तुलित अभिव्यक्ति रहेको हुन्छ ।
रासा ः गजल गजल हो । यसलाई परिभाषित गरिरहनुपर्दछ जस्तो मलाई लाग्दैन । आजकल गजल कुनै परम्परागत परिभाषाभित्र त सीमित छैन भन्देखिन् यसलाई अरू नयाँ परिभाषा दिइरहनु त्यति जरुरी छैन ।
समष्टिगत परिभाषा
उल्लिखित विद्वानहरू तथा यहाँ समेट्न असमर्थ भएका गजलकारहरूको दृष्टिमा गजल एउटा स्वतन्त्र र सशक्त विधा हो । उल्लिखित परिभाषाहरूमा कुनै परिभाषाहरू भने पूर्ण देखिंदैनन् त कुनैले गजलको संरचना तथा अस्तित्वलाई समेट्न सकेका छैनन् । गजलमा आत्मपरकताको आधिक्य रहन्छ । गजलको संरचना जति छोटो भयो त्यो गजल नै बढी प्रभावकारी हुनेमा दुईमत छैन । सबैलाई समेट्नेगरी गजललाई परिभाषित गनुपर्दा ः
अनुप्रासीय अनुशासनको आसनीमा बसेर सेरहरूको मालामा उनिएको संवेद्य भावहरूको निश्चित संरचनागत बद्धताको समष्टि रूप; जो अभिधार्थबाट मुक्त रहेको हुन्छ त्यो नै गजल हो ।

२.५.२ गजलका विशेषताहरू ः

गजलको आÏनै अस्तित्व रहेको छ । त्यसकारण गजल विधाका पनि पृथक् किसिमका विशेषताहरू रहेका छन् । तिनीहरूलाई निम्नानुसार बुँदागत रुपमा देखाउन सकिन्छ ।
· गजलले संरचनागत सिद्धान्तलाई प्राथमिकता दिएको हुन्छ ।
· मानवीय जीवन र जगतसँग सन्निकट रहेर गजलको सिर्जना हुने गर्दछ ।
· गजलमा शब्दगत शिल्पलाई प्राथमिकता दिइएको हुन्छ ।
· गजल एक स्वतन्त्र र सशक्त काव्यविधा हो ।
· गजलको व्युत्पत्ति गेयपरम्पराबाट भएको हो र अहिले पनि यो निकट नै रहेको छ ।
· गजल सकेसम्म अभिधार्थबाट मुक्त रहेको हुन्छ ।
· गजल आत्मपरक हुन्छ, मकतामा अझ धेरै हुन्छ ।
· एउटा पूर्ण गजलमा कम्तीमा ६ पङ्ति अर्थात् तीन सेरलाई अनिवार्य मानिएको छ । गजलमा सेरको सङ्ख्या जति कम भयो त्यो त्यति वजनदार हुन्छ । बढीमा यति नै सेर सङ्ख्या भनेर काव्यशास्त्रले सीमा तोकेको छैन । तापनि बढी सेरको आगमनले गजललाई वस्तुपरकतातर्फ लैजाने डर हुन्छ ।
· गजलमा मुक्तकीय प्रभावको कुनै अंश पनि बाँकी रहँदैन ।
· सबै सेरमा एउटै छन्दको प्रयोग हुन्छ ।
· काफियाको निश्चित व्यवस्था हुन्छ, यसको अनिवार्यताले सेरहरूबीच एकत्व प्रदान गर्दछ ।
· छन्द, रदीफ, अनुप्रास आदिले गजललाई सङ्गीतमय बनाउँछन् ।
· गजलमा एउटा सेरमा नै त्यसको आशय टुङ्गिएको हुन्छ । यसर्थ गजल स्वतन्त्र भइकन यसका प्रत्येक सेरसमेत स्वायत्त रहछन् । एउटै गजलमा धेरै विषयवस्तुको प्रयोग गर्न यसको सिद्धान्तले छुट दिएको छ ।
· यसको आरम्भ मतलाबाट र अन्त्य मकताबाट भएको हुन्छ ।
· यसमा मतला, मकता, काफिया, रदीफ, सेर, मिसरा, बहर, वजन आदि संरचक तŒवहरू रहेका हुन्छन् ।

यी विशेषताहरूले गर्दा गजल आजको साहित्यिक क्षेत्रमा एक स्वायत्त विधा बनेर आÏनो अस्तित्वको रक्षा गरिरहेको छ ।

·

परिच्छेद–तीन ः नेपालमा गजल विधाको विकासक्रम

विषय प्रवेश ः

गजल पाश्चात्य साहित्यको अरबी भाषामा जन्मिएर फारसी भाषामा हुर्केको अनि आजको विश्व साहित्यका अनेकन भाषाहरूमा मौलाएको विधा हो । नेपाली साहित्यको क्षेत्रमा पनि हाल आएर यस साहित्यिक विधाले मौलाउने राम्रो अवसर पाएको छ । हुनत यसको परम्परागत परिभाषाको छाप तथा यसको विषयस्तुको पर्याप्तताले गर्दा पनि यो विधा फस्टाएको छ । मोतीमण्डलीले भिœयाएको गजल त्यसताकाको समयमा उर्वर बन्यो । केही समयपछि यसप्रतिको नकारात्मक टीका–टिप्पणीे तथा यसको परिभाषागत सङ्कुचनले गर्दा यस विधालाई त्यति राम्रो मान्न छाडियो । फलस्वरूप नै होला गजल लेखनमा अलि कमी आयो । यो कुरा स्वीकार नगरी धरै पाइन्न ।
शाब्दिक अर्थ केलाउँदा गजलले नारीजातिप्रतिको वार्तालाप’ भन्ने वाक्यसँग निकटता राखेपनि अब यो परिभाषा यत्तिमा मात्र सीमित रहेन । व्युत्पत्ति कालको परिभाषा जो शृङ्गारिकतामा मात्र पोतिएको थियो त्यो पनि केवल आधार मात्र रहन गएको छ । आजको साहित्याकाशले नयाँ पालुवा फेरेको छ । सोही अनुरूप गजल पनि सबै विषयवस्तुसँग सामिप्य बनेको छ । प्रेमिकाका विषयमा गरिएको वार्ता, नारीयौवन र यौनजन्य रसास्वादन गर्ने माध्यम मात्र बन्दैनन् वर्तमानका गजलहरू । प्रेमिकासँगको वार्तालाप’ भन्ने परिभाषा आजको गजलको भेलले अर्थान्तरण गरिसकेको छ । तापनि यो कुरा स्वीकार गर्नैपर्दछ कि वर्तमान समयमा पनि अधिकांश गजलको विषयवस्तु माया प्रीतिसँग सन्निकट देखिन्छ ।
गजल आजको साहित्य क्षेत्रको एउटा चर्चित र स्रष्टाको आकर्षणको विधा बनेको छ । साहित्यका श्रव्य र दृश्य मध्येको श्रव्य भेदमा पर्ने गजल आजका प्रेक्षालयमा सशुल्क समेत गुञ्जिन थालेका छन् । श्रोताले दिएकोे माया तथा गजलमा पालना गरिएको अनुशासनले गर्दा गजलले साङ्गीतिक रूप पाएका छन् र श्रोताका जिब्रामा लटपटिएका छन् । गजल एउटा छुट्टै अस्तित्व भएको स्वतन्त्र विधा हो । गजलमा प्रयुक्त हरेक सेरहरू स्वायत्त र स्वतन्त्र रहन्छन् । यति हुँदाहुँदै पनि गजल सिर्जनाको कठोर अनुशासनमा जो त्यहीलाई बाँधिन सजिलो भने छैन । नेपालमा हाल मुख्यगरी युवापुस्ता गजलप्रति आकर्षित देखिन्छ । यसका साथसाथमा गजललाई अत्यधिक माया गर्ने तथा मोतीराम युगको गजलको उर्वरता जहिले नाङ्गो बनेर अस्ताउने धारमा पुग्यो सोही काललाई पुनर्जागरण गराउने गजल स्रस्टाहरू हालसम्म पनि गजलको समालोचना र सिर्जनामा अनवरत रूपमा लागिरहनुभएको छ ।

कालविभाजन

नेपाली साहित्यमा गजल विधाको जन्म तथा विकास के कसरी भएको भन्ने सबाल मतमतान्तरबाट अछुतो रहेको छैन । अहिले यहाँ नेपाली गजलको कालविभाजनको विषय अति कठीन कार्य भएको छ । कालविभाजनको मुद्दा कुनै पनि विन्दुमा मतैक्य ठहरिँदैन । यस अवस्थामा यहाँ कालविभाजन गर्ने समालोचक तथा जानिफकारहरूलाई आधार बनाएर नेपाली गजलको कालविभाजन गर्ने प्रयास गरिएको छ । समालोचकहरूले कालविभाजन गर्ने क्रममा विकसित कालको आÏनै तबरले नामकरण गरेका छन् । यसलाई केलाएर हेर्दा यति मितिदेखि यति मितिसम्मको काललाई गजलको विकसित कालको यही नै नाम दिनुपर्छ भन्ने कुनै बाध्यता पनि देखिएन । हुनत साहित्य एउटा बहसयुक्त विधा हो । साहित्यका प्रायजसो सबालमा कसै न कसैले फरक मत दर्साएकै हुन्छन् । नेपाली साहित्यको गजल विधामा मात्र होइन कि कैयौँ मुख्य मान्यताहरूमा पनि यो विवाद कायमै छ । नेपाली साहित्यका आदिकवि भानुभक्तको आदिकवित्व त विवादमा छ भने अरू काल विभाजन त विवादको प्रसङ्ग नै हो । हामीसँग भएका इतिहासका मतहरूले गजलको काल विभाजन गर्न सहयोग पु¥याउँछन् । तिनै मतलाई आधार बनाउनु नै उपयुक्त बाटो हुन जान्छ । तिथिमितिका मतहरू हेर्दा समसामयिक नेपाली गजल(२०४७)का सम्पादक ललिजन रावलले वि.सं. १९४० साललाई नेपालमा गजल भित्रिएको र ज्ञानुवाकर पौडैलले यसलाई जागृत बनाएको भनी दुई कालमा नेपाली गजललाई समेटेका छन् । सम्पादक दुवसु क्षेत्रीलेसमसामयिक नेपाली गजल (२०५०)मा मोतीराम काल, भीमनिधि काल, ज्ञानुवाकर काल गरीे जम्मा तीन कालमा विभाजन गरेको पाइन्छ । यसैगरी कतिपय गजलकारले आ–आफ्नै प्रकारको धारणा प्रस्तुत गरेका छन् । नेपाली गजलले हालसम्म आइपुग्दा विभिन्न कठिनाई तथा उन्नति व्यहोरिसकेको छ । यिनै छालहरूलाई चरणको नाम दिएर विश्लेषण गरेका पनि छन् । दुई, तीन, चार गरी विभिन्न चरणको समयावधिमा नेपाली गजललाई समेटिएको छ । नेपाली गजललाई दुई भन्दा तीन चरणमा राखेर हेर्दा यसका प्रवृत्ति र कालावधि पनि समरूप भएर देखा पर्दछन् । समालोचक राजेन्द्र सुवेदी तथा डा.कृष्णहरि बराललाई पछ्याएर हामी पनि सोही बाटामा पुग्नु नै उपयुक्त हुन्छ । उनीहरूले वि.सं.को १९४१ – वि.सं. २००२ प्रथम चरण , वि.सं. २००३ – वि.सं. २०३५ द्वितीय चरण र वि.सं.२०३६–हालसम्मको तृतीय चरण भनी नेपाली गजलको काल विभाजन गरेका छन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.८४) । यसैलाई आधार बनाएर नेपाली गजलको विकसित काललाई यहाँ विभाजन गरिएको छ ।

३.१ पहिलो चरण – थालनी काल (वि.सं. १९४१–२००२)

नेपाली भाषामा गजल भिœयााउने गजलकार मोतीराम भट्ट हुन् । त्यसैले नेपाली गजलको प्रथम चरणका केन्द्रीय प्रतिभा मोतीराम भट्ट हुन् । नेपाली भाषामा गजललाई कसले भिœयाए भन्ने बारेमा अधिकांश साहित्यकार तथा समालोचकहरूमा मतैक्य देखिएको छ । तथापि यसलाई विवादमुक्त भने ठह¥याउन सकिएको छैन । आदिकालीन इतिहासलाई कोट्याउँदा मोतीराम भट्टभन्दा पहिले पनि नेपाली भाषामा गजल भेटिएको बताएका छन् । यी विवादहरु हुँदाहुँदै पनि मोतीराम भट्टलाई नै नेपाली गजलका प्रवर्तक मान्नैपर्दछ । विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए । फारसी भाषाका बहरमा लेखिएका गजललाई नेपाली भाषामा पनि सोही फारसी छन्दको प्रयोग गरेर मोतीरामले गजल लेखेका छन् । नेपालका दरबारमा पनि भारतबाट गजलगायकहरू झिकाएर गजल सुन्ने परम्पराबाट पनि मोतीराम सानै उमेरदेखि नै गजललेखनप्रति झुकाव राखेका थिए । यस समयमा नेपाली गजलको क्षेत्रमा थालनीसहित ठूलै प्रगति पनि भयो । सो समयमा नेपाली भाषामा गजल लेख्ने अरू प्रतिभाहरू पनि जन्मिएका रहेछन् ।
मोतीराम भट्टको गजल लेखनको सुरुवातीसँगै यसलाई पछ्याएर गजललाई निरन्तरता दिने युवाहरूलाई मोतीरामले तालिमसमेत दिलाए । जसले गर्दा गजलमा भक्तिभावका साथमा शृङ्गारिकताको पनि प्रभाव देखिएको छ । उत्पत्तिकालीन परिभाषाले शृङ्गारिकताको आश्रय पाएको छ । मोतीराम भट्ट बनारसमा बस्दा त्यहाँका गजलकारहरूको सहयोगले उनी गजलमा सफल देखिएको पाइन्छ । मोतीराम भट्टले गजलको नयाँ आयामका रूपमा सङ्गीत चन्द्रोदय’ गजल सङ्ग्रहको सम्पादनसमेत गरेका छन् । त्यस सङ्ग्रहमा विभिन्न गजलप्रेमी साहित्यकारहरूका गजलहरू समेटिएका थिए । यसमध्येका केही गजलकारहरूमा लक्ष्मीदत्त पन्त इन्दु’, गोपीनाथ लोहनी नाथ’, नरदेव पाण्डे सुधा’, गजब रहेका छन् । त्यसताकाका गजलहरूमा पहिलो शृङ्गारिकता र दोस्रो पङ्तिमा भक्तिभाव भेटिएका छन् । पछि सङ्गीत चन्द्रोदय’ गजल सङ्ग्रहको पुन सम्पादन भएर प्रकाशनसमेत भएको छ । गजलको सैद्धान्तिक पक्षमा भने स्वयम् प्रशिक्षक मोतीराम भट्ट पनि कमजोर देखिएका छन् । संरचनात्मक हिसाबमा अन्य गजलका सर्जकहरू पनि काफियाको उचित प्रयोग र व्यवस्थापनमा समेत चुकेका छन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४,पृ.८६) । रदीफ त अलि टाढाको तŒव नै रह्यो ।
कतिपय रचनाकारहरूले जानेर पनि बिगारेका छन् त कतिपयका सिर्जनाहरू नजानीकन लेख्दा पनि गजलको संचनाभित्र देखिन्छन् । उर्दू भाषाको प्रत्यक्ष प्रभाव रहेको कालको रूपमा पनि पहिलो चरणलाई हेरिएको छ । यो समयमा समाज निर्माण, नीति, शासन, सन्देश जस्ता विषयवस्तुको प्रचुरता देखिएका गजलहरू लेखिएका छन् । गजलको संरचनागत पक्ष अलि कमजोर देखिएपनि पहलमान सिंह स्वाँर, शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, उपेन्द्र बहादुर जिगर, भीमनिधि तिवारी, रामप्रसाद सत्याल आदिले यस कालको प्रतिनिधित्व गरेका छन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.८७) । वि.सं. २००२ सालमा प्रकाशित भीमनिधि तिवारीको वयासी र बीस गजल मेरी सम्मको प्रकाशनलाई नेपाली गजलको विषयवस्तुको प्रयोग तथा अन्य हिसाबमा पनि नेपाली गजलको पहिलो चरणमा समावेश गर्न सकिन्छ ।

३.२ दोस्रो चरण – सुसुप्त काल ( वि.सं.२००३–२०३५ )

नेपाली गजलको इतिहास मोतीराम भट्टले रचेर गए । यसमा खासै ठूलो बहस नचल्ला । इतिहास बनाएपनि मोतीरामको उपज एक समयमा कठीन मोडमा आइपुग्यो । मोतीराम भट्टको अथक प्रयास र विस्तारको लागि खर्चेको प्रशिक्षणले पनि सार्थकता नपाउने हो कि भन्ने चिन्ता सुरु भयो । केही साहित्यकारहरू मात्र त्यस त्यान्द्रोलाई समात्न सफल देखिए । जानेर लेख्दा पनि त्यसताकाका रचनाहरू गजलको सैद्धान्तिक परिधिमा कोरिन सकेनन् त केही नजानीकन कोर्दा–कोर्दै पनि गजलको संरचनामा बाधिन पुगेको देखिन्छन् । परम्परा धान्ने कालको लागि मात्र यो समय इतिहासमा कोरिएको छ । अन्यथा उपलब्धिको हिसाबमा यो समयावधिलाई सम्झिरहनुपर्ने बाध्यता यहाँ देखिंदैन । चरणका हिसाबमा युग फेरिने प्रसङ्गमा केही कोट्याउनै पर्दछ । मोतीराम युगले पूर्ण रूपमा उर्दू तथा फारसी बहरहरूको अनुशासनमा बसेर नै गजलको रचना गरेको पाइन्छ । अपवाद त जहाँ पनि अस्तित्वमा नै रहेको हुन्छ । प्रथम चरणको यी शास्त्रीयतालाई वि.सं. २००३ पछिको गजल सिर्जनाको बाटोले केही नवीनता भने अवश्य नै थपेको छ । मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.९१) ।
गीति संरचनामा यस कालका गजलहरू रचना गरिएका छन् । कतिपय रचनाहरू रेडियोबाट रेकर्ड गरी साङ्गीतिक स्वरूपमा लगिएको छ । गजलको संरचनात्मक दखलका साथ रचना गरिएका गजलहरू नगण्य सङ्ख्यामा मात्र छन् । एक त त्यो कालमा गजलमा विशेष ज्ञान हासिल गरेको प्रतिनिधि कोही पनि रहेको देखिंदैन अर्काे नेपालमा सो समयमा गजललाई अनुसरण गर्ने प्रतिभाहरू कम मात्रामै देखिए । थोरै मात्रामा रचना गरिएका गजलहरूले शृङ्गारिकतालाई प्राथमिकता दिए त्यसपछि अन्य देशभक्ति, प्रेम लगायतका विषयवस्तुलाई टिपेका छन् । यस कालमा गजललाई सास धानिदिने भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राममान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपालप्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन् । म.वि.वि.शाहको उसैका लागि लगायतका कृतिहरूले यस कालको प्रतिनिधित्व गरेका छन् । यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा गजलको मुटु मानिने काफियाको व्यवस्थापन र प्रयोग नै उचित किसिमले गरेको पाइदैन । रदीफ र तखल्लुस पनि प्राय गजलमा भेटिदैनन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.९२) । नेपाली गजलको यो काल यसरी नै सुस्त गतिमा नै बितेर गयो ।

३.३ तेस्रो चरण–

नेपाली गजलको विकासक्रममा आएको सुस्तावस्थालाई यो युगले जगमगाउन सफल भयो, जसको कारणले हामी नेपालीहरू आज गजलको पोखरीमा पौडी खेल्न पाएका छौं । इतिहासमा यो कालको उदय नभएको भए हामी सायद तिनै मोतीराम युगीन गजलमा मात्र लेपसिएका हुन्थ्यौं होला । नेपाली गजलको चरणबद्ध विकासको तेस्रो खुट्किलोलाई केलाउँदा यसलाई दुई चरणमा राखेर हेर्दा सहज होला ।

३.३.१ पुनर्जागरण काल (वि.सं.२०३६–२०५०)

भीमनिधि तिवारीले बयासी र बीस गजल मेरीलाई प्रकाशनमा ल्याएपछि नेपाली गजलको एउटा चरणमा पूर्णविराम लाग्यो र नयाँ कालको उदय भयो । वि.सं. २०३६ सालको मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलको संरचनाभित्र प्रवेश गरेकाले अर्काे अध्यायको सुरुवात भएको मानिएको छ । उदयकालीन र मध्यकालीन धारभन्दा केही फरक विषयवस्तुलाई लिएर पौडेलले गजलको रचना गरेकाले नयाँ युगको थालनी गरेको हो । यसमा अधिकांश गजलकारहरू सहमत देखिएका छन् । सामाजिक असमानता, विकृति–विसङ्गतिलाई कोट्याएर गजलमा उतार्ने पौडेलको वि.सं. २०४९ सालमा प्रकाशित भएको खण्डहर नयाँ–नयाँ’’ गजल सङ्ग्रह हो । यस बाहेक पौडेलले विभिन्न मितिमा विभिन्न पत्र–पत्रिकामा प्रकाशित गजलहरूले नेपाली गजलहरूको आधुनिकतामा नयाँ स्वाद थपेका छन् । यस पुनर्जागरण काललाई साथमा बोकेर हिड्ने अन्य प्रतिभाहरूमा ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– उही बाढी उही भेल’, घामका झुल्काहरू’, तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएका देखिन्छन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.९४) ।
मूलतः यस कालमा आएर गजलले नयाँ विषयको खोजी गरेर आÏनो सङ्कुचनलाई फराकिलो बनाएको हो भन्नामा अत्युक्ति नहोला । यस कालमा रचना गरिएका गजलहरूमा राजनीतिक चेतना, सामाजिक रहनसहन, विकृति–विसङ्गति, व्यङ्ग्यको मार्फतबाट जनतालाई आÏनो अधिकार राजनीतिक नेताहरूबाट लुटिएको जानकारी समेत गराएको पाइन्छ । यसर्थ वि.सं. २०३६ देखि वि.सं. २०५० सालसम्म नेपालमा आएको राजनीतिक स्थिरतालाई स्पष्टताका साथ गजलका सेरहरूमा उनिएको पाइन्छ । यो काल नेपाली गजललाई व्यँुताउने कालको रूपमा नेपाली साहित्यको विकासशील पानामा सदाका लागि कोरिएको छ ।

३.३.२ उत्कर्ष काल÷समसामयिक काल (वि.सं. २०५० – हालसम्म)

नेपाली साहित्यमा गजल विधाको फाँट पनि आज त्यति साँघुरो छैन । परम्परागत रूपमा गजलले बोकेर आएको शृङ्गारिकताको प्रवृत्ति आजको युगसम्म आइपुग्दा पनि प्रस्ट देखिन्छ । नेपाली गजलको अस्तित्व बचाउनका लागि धौ–धौ परेको द्वितीय चरणको इतिहासले स्पष्ट पारेको छ । मोतीराम भट्टले हाम्रो भाषामा खेती गरेर गएको एउटा विधा आज फैलिएर झाङ्गिएको छ । विषयवस्तुमा विविधता भिœयाएर नेपाली साहित्यको गजल विधा अहिलेको सर्वाधिक स्वादिलो रचना क्षेत्र र श्रव्य विधा बनेर उदाएको छ । यसले देखाएअनुसार अब नेपाली साहित्यको क्षेत्रमा गजलको खेती अमर भएर पलाएको छ । यसको अस्तको हामीले कहिल्यै कल्पनासमेत गर्न सक्दैनांै । वि.सं. २०५० को दशकमा नेपालमा गजलले यति ठूलो फड्को मार्ला भनेर सायदैले सोचेका थिए होला । अहिले भित्रिएको गजलको भेल अब सायद उर्लिरहन्छ ।
नेपाली गजलको यो कालका केन्द्रीय प्रतिभाको रूपमा अब कस्लाई स्वीकार गर्ने ? यो बहस त्यति सजिलो छैन । यसको एउटै कारण हो यस कालमा गजलले अप्रत्याशित रूपमा आकाश बदल्नु । यो चरण अर्थात् वि.सं. २०५० साल पछि आएर नेपाली गजलको क्षेत्रलाई सिर्जना तथा समालोचनात्मक अध्ययनको प्रमुख विधा बनाउने गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन् । यस बाहेक नेपाली गजलको क्षेत्रमा उर्वरता कसले थपिरहेको छ भन्ने तथ्यलाई समेट्न यी पृष्ठहरू सायदै अपर्याप्त होलान् । विभिन्न सर्जकहरूका फुटकर गजलहरूलाई समेटेर गजलको सम्पादन गरी संयुक्त सङ्ग्रहको प्रकाशन गर्ने कार्यले पनि हालका दिनहरूमा तीव्रता पाएको छ ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, पृ. ९६) । यस समयमा गजल सङ्ग्रह प्रकाशन गर्ने सबै सर्जक र सङ्ग्रहको विस्तार उतार्न यहाँ सम्भव छैन । यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने परिश्रमी’ – यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०) मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४) बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४, वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२) राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२) श्रेष्ठ प्रिया पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०) कृष्ण पौडेल बी’ – नानी हजुरको (२०६१) कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८, मुन पौडेल – गजलोत्सव (२०५३, गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४) भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८) माधव वियोगी –गुम्सिएका भावहरू (२०५८) ऋचा लुइँटेल – बाँसुरीका धुनहरू ः (२०५८, पुष्पलता कलमका डोवहरू, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) रहेका छन् । यी गजल सङ्ग्रहहरूमा समेटिएका गजलहरूले नेपाली समाजको तस्बीरलाई टिप्नाका साथै शृङ्गारिकताको लेप लगाएर गजललाई अति आकर्षक बनाएका छन् ।
यसैगरी नेपाली गजलको क्षेत्रमा हात हालेर ठूलो श्रेय समालेका तथा यसको लागि भावी उमेद्वार बन्न तम्सिएका गजल सर्जकहरूमा पुष्प अधिकारी अञ्जली’, विजय सुब्बा, गोपाल अश्क, आशुतोष, धर्म प्रधान अकिञ्चन’, अशोक राई, धिरज गिरी कल्पित’, सरस्वती शर्मा जिज्ञासु’, प्रभाती किरण, उदय जि.एम., सुमित्रा वाङ्देल चेली’, शान्तिनारायण श्रेष्ठ, के.बी. उदय, रूपक बनबासी, नेत्र एटम, मायामितु न्यौपाने, भूपेन्द्र खड्का, भूपेन्द्रजङ्ग शाही, दुबसु क्षेत्री, चेतन कार्की, नीलम कार्की निकारिका’, मनोज न्यौपाने, लव गाउँले, सुरेश सुवेदी, घनेन्द्र ओझा, नारायणी देवकोटा, टीकाराम उदासी, पदम गौतम, अनमोलमणि, कालीप्रसाद रिजाल, धिरेन्द्र प्रेर्मिर्ष, जय गौडेल, जनक पौड्याल, नारायण निरासी, देवी नेपाल, शिब प्रणत, रवि प्राञ्जल, विजय सुब्बा, बलराम दाहाल आदि छन् ( प्रभाती किरण, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.९६–१००) । यिनीहरूका गजलमा नेपालको समसामयिकताको बारेमा भाव पोखिएको पाइन्छ । गजलले राजनीतिदेखि प्रेमनीति सबैलाई छोएर उकालीमा चढ्दै गएको छ ।
नेपाली गजलको यो कालमा आएर गजल लेखनको क्रम स्वाभाविक रूपमा बढेर आएको छ । वर्तमान समयको साहित्यिक भेल गजलमा उर्लेको छ । यो भेलले इतिहासका केही कठोरतालाई भत्काएर नवीनता थप्ने प्रयास पनि गरेको छ । आजका गजलहरू इतिहासमा लेखिएका गजलहरूको विषयवस्तु भन्दा केही पृथक् किसिमले प्रस्तुत भएका छन् । गजलमा प्रेम र यौनजन्य विषयको प्रवेशलाई मात्र अनुमति दिने परिपाटी अब यो भेलले बगाएर लगेको छ । आजका साहित्यिक गजलहरूमा राजनीतिक शासनव्यवस्थाको कडा शैलीमा विरोध गरिएको पाइन्छ त कतै नारीे स्वाधिनताको खोजी गरिएको छ । आजका गजल सर्जकहरू बहरलाई गजल सिर्जनाको क्रममा त्यति आवश्यक वस्तु ठान्दैनन् । गजल लेखनको यो क्रम बढ्नामा समय मात्र प्रशस्त कारण हो जस्तो लाग्दैन । गजलको विकास तथा विस्तारको लागि नेपालमा अहिले अनगिन्ती संघ तथा संस्थाहरू सक्रिय देखिन्छन् । साहित्यका अरू विधामा यस्तो परिपाटी देखिंदैन । गजल एउटा रोमाञ्चक लघु विधा हुनाले पनि सर्जकहरूको मन जितेको हुनुपर्दछ ।
पूर्वी नेपालदेखि पश्चिमसम्म नै गजलको सिर्जनाको लागि प्रशिक्षण गराउने सङ्गठित संस्थाहरूको कमी छैन । कुनै एक प्रेक्षालयमा गएर सामूहिक रूपमा गजल वाचन गर्ने शैलीको पनि विकास भइसकेको छ । विद्यार्थीको रूपमा सर्जकहरू गजललाई शोध–प्रवन्ध बनाएर आÏनो शैक्षिक योग्यताको प्रस्तुत गर्दै गएका छन् । यस्तै लक्षणहरूलाई हेर्दा नेपालमा अब गजलको बारीमा धेरै टुसाहरू पलाँउदै जानेछन् र यसको अमरताको कल्पना पूरा हुनेछ । यसमा नवप्रतिभाहरूले योगदान दिन अझै धेरै बाँकी छ ।

·

३.४ मेरो लेखन ः प्रेरणा र प्रयास

हरेक मानिसमा केही न केही फरक क्षमता हुन्छ ।’ यो तथ्य सर्वमम्मत छ । कतिपय मानिसहरू त्यो निहित क्षमतालाई पहिल्याउन सक्छन् त कतिपय यसबाट दूर नै रहन्छन् । आन्तरिक भावलाई प्रकाशमा ल्याउनको लागि उसको पारिवारिक पृष्ठभूमिले महत्वपूर्ण भूमिका खेल्दछ । मलाई सिर्जनात्मक पथतिर उन्मुख गराउनामा पनि पारिवारिक सहजताको वातावरणले ठूलो सहयोग गरेको छ । यसको लागि दरिलो जग त मेरो बुबा माध्यमिक विद्यालयको नेपाली विषयको शिक्षक हुनाले खडा गरिदिएको हो । प्रथमतः म एक नितान्त ग्रामीण क्षेत्रमा जन्मिएर प्राकृतिक सम्पन्नताको क्षेत्रमा हुर्किएको व्यक्ति हुँ । प्रकृति आफँैमा साहित्य हो । किनकि यसको प्रणयसूत्रमा बाँधिने अधिकांश व्यक्तिहरूमा सिर्जनाको पथमा ढल्किने स्वभाव रहन्छ । सायद ममा पनि त्यही प्रभाव परेको छ ।
लेखनकार्य सहज होला तर ग्रामीण क्षेत्रमा सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता आफ्ना ठाउँमा नै छ । प्रकाशन तथा प्रसारण हुने अवसर नपाएर मन कुँडिएका कैयौं छापहरू अमीट बनेर नै रहेका छन् । विद्यालयस्तरीय कविता प्रतियोगितामा पनि भाग लिंदै जाँदा क्रमशः हौसला प्राप्त भयो । मेरो सिर्जनाले २०५५ सालको मंसीर महिनाको बालपत्रिका मुना’ मासिक मार्फत पहिलो पटक औपचारिकता पायो । त्यसपछि २०५८ सालमा सेरोफेरो’ मासिकको माध्यमबाट नेताहरूलाई सन्देश’ नामक व्यङ्ग्य कविता प्रकाशन भयो । यो नै मेरो पहिलो प्रकाशित साहित्यिक रचना हो । उच्च अध्ययनका लागि बागलुङबाट साहित्यिक राजधानी पोखरा झर्न पुगें । पोखरामा कविता, गजल वाचनका कार्यक्रमहरू त औषतमा हप्ताको दुई पटक कुनै न कुनै प्रेक्षालयमा भइरहन्थे । कहिले श्रोता बनेर त कहिले वाचक बनेर नै पुगियो । पोखरामा अध्ययनको आडमा पत्रपत्रिकासँगको निकटता बढ्दो रह्यो । पोखरेली युवा साँस्कृतिक परिवार, गजलसन्ध्या पोखरा आदि संघ, संस्थाहरू पोखरामा साहित्यिक जगेर्नाका लागि सक्रिय छन् । त्यसका साथै वरिष्ठ गीतकार तथा गजलकार प्रकट पंगेनी शिव’, दिलिप दोषी लगायतका व्यक्तिहरूको सङ्गतबाट मैले गजलका सामान्य र अनिवार्य संरचना तथा नियमहरूको बारेमा जानकारी लिएर गजललेखनको प्रयास गरेँ । पत्रकारिताप्रति चासो बढ्दै जाँदा म पोखराको स्थानीय समाधान’ राष्ट्रिय दैनिकसँग आवद्ध रहेँ । जसले गर्दा रचनाहरु प्रकाशन गर्न सहज भयो । प्रकाशनले अझै सिर्जनाको लागि प्रेरणा मात्र होइन हुटहुटी समेत गरायो ।
हाल आएर पनि गजलप्रतिको मोह अटुट रहेको छ । गजलको मनोरञ्जनात्मक विषयवस्तु र शृङ्गारिकता मलाई पनि औधी मन पर्छ । यसको उदाहरणको रूपमा मेरा गजलहरू नै नमुना छन् । म जुन दिन अलिकति तनाबमा रहन्छु तथा जहिले अति व्यस्त रहन्छु त्यो समय नै मेरो रचनात्मक समय हुन पुग्छ । साहित्यलाई दुःख देखाउने र तनाब सुनाउने साझा स्थल बनाएर हाल पनि म यसबाट फाइदा उठाइरहेको छु । सिर्जना गरेपछि यसले तनाबमुक्त वातावरणमा प्रवेश गर्नका लागि बाटो खोलिदिएको हुन्छ । त्यसैले होला म मानसिक रूपमा जहिले व्यस्त रहन्छु सोही समयमा साहित्य अङ्कुरण हुने गरेका छन् । मेरो मानसमा तरङ्गित छालहरूको रूप गजल हो । कल्पनाविना साहित्यको खेती गर्न सकिँदैन; यसलाई सबैले स्वीकार गर्नैपर्छ । यही यथार्थ मेरा गजलहरूले पनि बोलेका छन् ।
·

परिच्छेद – चार ः वर्गीकरण तथा विश्लेषण

४.१ भाव तथा विषयवस्तुका आधारमा सिर्जित गजलहरूको वर्गीकरण तथा विश्लेषण

मूलतः यहाँ प्रस्तुत गरिएका अधिकांश गजलहरू प्रेमको संयोग भाव र वियोग भावमा नै पोतिएका छन् । हुनत गजलको व्युत्पत्तिकालीन परिभाषा पनि यसैको परिवेशमा हुनुपर्छ भन्ने थियो । वर्तमान युगसम्म आइपुग्दा गजल धेरै पाको भइसकेको छ । यसले कैयौँ विषयवस्तुहरूसँग अँगालो मारिसकेको छ । तथापि यस सिर्जना पत्रमा संलग्न मेरा ३० ओटा गजलहरूका एकादुई मात्र राजनीति, अर्थ, मनोविज्ञान आदिको सन्निकट छन् । तिनीहरूलाई विषयवस्तुका आधारमा वर्गीकरण तथा विश्लेषण गरिएको छ ।

· प्रेमको लागि आह्वान गरिएका गजलांशहरू
कस्का छैनन् दुई स्वास्नी, घृणा गर्नु कसलाई
झुप्रा हाली आटोपिठो, खाई पाल्न तयार छु ।।
सौतालाई हैन माया, मलाई पो त गरेकी हौ
राजीखुसी आउँछ्यौ भने, कान्छी हाल्न तयार छु ।।

एक–एक दुई भई, दुई फेरि एक हुँदा
समस्याका पहाड् फोड्न, कति सहज् होला आट्न ।।
आउ साथ दिने कसम्, मुटु साक्षी राखी खाऔं
संसारलाई ढाँटेपनि, को सक्छ र आत्मा ढाट्न ।।

सोझै भनूँ अनुहारै, दर्पणछायाँ हुन्न सम्झें
मनभित्र बाटो खन्न, घुम्ती हानेको छु सानी ।।

जीवनमा प्रेमको आवश्यकता कसलाई पर्दैन र ? जब कोही व्यक्ति कसैलाई मन पराएर हुरुक्क भइसकेको हुन्छ तब उसका लागि त्यो प्रेममय वस्तु प्राप्त गर्ने लालसा बढेर आइदिन्छ । उसले संसारको सामु आफू एक सफल प्रेम जोडी बनेर देखिने प्रयत्न सुरु गर्दछ । अनि सुरु गर्दछ आह्वानहरू आटोपिठो खाएर पनि म तिमीलाई सुखमा राख्छु, आखिर मनको कुरा न हो मनै मिलिसकेपछि त सबैकुरा त्यसैमा रहन्छ । ऊ सौतामाथि कान्छी लगेर दुई स्वास्नी बनाउन पनि तयार रहन्छ । प्रेम गर्नेहरू सबैले एकअर्काको साथ भएपछि जीवन रोमाञ्चक रहने कल्पनालाई पनि त्यति टाढाको ठान्दैनन् । गजलका सेरहरूमा पनि यस्तै घुमाउरो तबरले प्रेमप्रस्ताव पेस गरिएको छ ।

· सौन्दर्यको गर्व गर्ने नारीहरूप्रतिको आक्रोश
नारीहरू प्रकृतिका सुन्दर उपहार हुन् भन्ने कुरामा दुईमत छैन । नारीको सौन्दर्यमात्र जीवनको सहारा बन्न सक्दैन । यसको लागि सहमति, सहकार्य जस्ता कुराको पनि मुख्य भूमिका रहेको हुन्छ । सुन्दरताको लाली नारीजीवनबाट एकदिन अस्ताएरै जान्छ । तलका गजल सेरमा घमन्डको बोक्रामा कुनै तुक छैन, यसले संसारमा कसैको न जीत दिलाउँछ न कसैको हार नै गराएको देखिएको छ भन्ने अभिव्यक्तिको प्रधानता देखिन्छ ।
छि वाई हैन’ भनेपनि, अहम् भाव लियौ क्यारे
मलाई गाडीभित्र देखी, अर्कै बस्मा सरेकै हौ ।।
नबोलेरै कस्ले यहाँ, जित्छ र हारेको देख्यौ
संसारमा मै महङ्गी, सोचे भ्रम्मा परेकै हौ ।।

झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि
वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।।
तिमीसँग के माग्थेंर, पूरै खाली देखिरा’छु
खाली गाग्रीले त कैल्यै, लोहोटा पनि भर्दैन नि ।।

सहकार्य सहमति, तोडाइमा चाप दियौ
विवाहित जिन्दगीमा, दुःखहरू टार्दै जानू ।।
तिम्रा मात्रै चाहना छन्, म त शून्यभित्र बाँच्छु
आकाशका तारा सबै हत्केलमा झार्दै जानू ।।
यौवनका उन्मादमा नारीहरूमा घमन्डीपनको पनि विकास हुन्छ । यसबेला उनीहरूमा सर्वमान्य छु भन्ने भ्रम परेको हुनसक्छ त्यसतर्फ सचेत रहन गजलले निम्ता दिएको छ । उता आक्रोश व्यक्त गर्दै त्यस्ता युवतीहरूलाई खाली गाग्रीसँग समेत तुलना गरिएको छ ।

· प्रेममा जातीय वर्गीकरणका कारण परेको प्रभावसम्बन्धी

नेपाल बहुभाषी, बहुजाति भएको देश हो । यहाँका धेरै परम्परा तथा रीतिरिवाजहरू पनि तिनीहरूको जातअनुसार फरक–फरक देखिन्छन् । गजलले पनि यही जातियताको कारण समाजमा पर्न जाने नकारात्मक असरले गर्दा एउटा स्वच्छ प्रेम नै असफल हुन लागेको अभिव्यक्ति तल प्रस्तुत गजलको सेरमा पाइन्छ ।

सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र
तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।।
भन्ने गर्थे मान्छेहरू, तिमी र म बीच्को प्रेम
स्वीकार् गर्नै नसकिने, नमिल्दो त्यै कूल थियो ।।

धनसँग प्रेम गर्नेहरूप्रति व्यङ्ग्य
जे मागे नि त्यहीं छ रे, सहर्ष नै पाउँछौ रे
सबै पाएपछि सुन्छु, तिम्रो मन् निराश छैन ।।
म सँग त किन हिड्थ्यौ, मनजति धन छैन
अव्सरवादीलाई बाड्न, धनको त रास छैन ।।
सच्चा प्रेम आन्तरिक हृदयबाट गरिन्छ, कुनै धनको लोभले होइन । प्रीतिमा समर्पण गर्नैपर्दछ । वर्तमान समयमा प्रेमलाई कुनै लालचासँग जोड्ने प्रवृत्ति बढ्दै गएको र धनविनाको मानिसले युवावस्थामा युवतीहरूको प्रेम नपाएको गुनासो माथिका मिसराहरू बोल्दछन् । गजलमा आफूँ पनि प्रेमिकालाई धन बाढ्न नसक्ने गरिवी अवस्थामा रहेको स्पष्ट छ ।

अतिशय प्रेमालाप
गजलमा कल्पना भएन भने त्यो केवल एउटा संस्मरण साहित्यमात्र बन्दछ । गजल बन्नको लागि काल्पनिकताको साथमा अन्तर्तलीय अर्थ पनि चाहिन्छ । गजल सम्पूर्ण चीज अटाउन पाउने अधिकारप्रदत्त विधा हो । यहाँ प्रेमको संयोग र वियोग मात्र समेटिएको हुँदैन । तलका गजल सेरहरूमा आलाप विलाप गरी दया जगाएर प्रेमको भीख माग्न खोजिएको छ । कल्पना पनि जीउमा लेप लाग्ने ऊन बन्न पाऊँ, प्रेमको धुन बनेर गुञ्जिन समेत इच्छाइएको छ ।
मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु
तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।।
शान्त मन भिन्नै नभ, चिम्म आँखा कल्पनाको
अभावमा नशा जाग्ने, तरङ्गित धून बन्छु ।।

घुम्टो माथि तान त खै, खाली सिउँदो भरिदिउँला
तिमी साह्रै सुन्दर छ्यौं, अरू सबै काली लाग्यो ।।

· प्रेमको संयोग भाव समेटिएका गजलांशहरू
कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली
सर्माएर सम्साँझैमा, औंलै टोकी आउन थाली ।।
मसँग त केही छैन, केवल एउटा रित्तो ज्यान
अघाएर आउन भन्थें, साह्रै भोकी आउन थाली ।।

प्रीतिभित्र बाँध्नलाई, एउटा एउटा यात्रा तय भयो
सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।।
फोनबाट भेट भयो, कति दिन कहाँ कहाँ
खुस्स कानमा भनेकै हौँ , विशाल विजय भयो ।।
दुखःहरू टाढा भागे, न त परिकल्पना नै
सुखै–सुख तरेलीमा, हाम्रो एउटै लय भयो ।।

जसरी गजलमा विषयवस्तुको सीमितता छैन त्यसरी नै प्रेममा पनि सम्पूर्ण कुरा अटाउन सक्छन् । प्रेमी र प्रेमिकाको भेट हुनलाई कुनै वहाना चाहिंदैन । कहिले के को निहुँले कैले के ? भोकलाई तृप्त पार्न साँझमा प्रेमिकाले लजाउँदै औला टोकेर आएकी छे र भेट भएको छ । फोनबाट सम्पर्क भइ चाहेको स्थानमा उनीहरू भेटिएका छन् । एकान्तमा उनीहरू रमाउँदा विशाल विजय गरेको आभास पनि गरेका छन् । गजलांशहरूमा दुःखहरू टाढा भगाएर सुखैसुखको कल्पना गरिएको छ ।

· प्रेमको वियोग भाव समेटिएका
केही मेसो भएन खै, के–के ऐंचो पैंचो चल्यो
जुट्यो टुट्यो बैंशे माया, क्या रहस्यमय भयो ।।

कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो
माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।।
व्यर्थै पो रैछ छुच्ची, तिम्रो मेरो साझा प्रण
जुनी जुगांै बिताउने, रटानी नै कालो भयो ।।
तिम्रो मेरो आजैबाट, आ–आºनो बाटो पलायो
घोकिएको राधाकृष्ण, किटानी नै कालो भयो ।।

आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू
अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।।
उसको साथ भइहाल्छ, तिम्रो जीवन खुसी रहोस्
आशा पुरानो मगँग, पानी छिटो वार्दै जानू ।।

उदास मनको चहुरमा, आई मस्त च¥यौ आँसु
यस्तो मन डढाएर, गर्नु घात ग¥यौ आँसु ।।
तिम्लाई खुसी देखिरा’छु, सँधैभरि यस्तै बन्नु
नयनको तालभित्र, टिलपिल आँसु’ भ¥यौ आँसु

प्रेमले कहिले खुसी निम्त्याउँछ त त्यही पे्रमको जञ्जिरमा आँसुको खेती समेत गरेर कुल्चिनुपर्ने समेत हुन्छ । जवानीमा प्रवेश गरेपछि प्रेम एकपटक प्रायजसो व्याक्तिले कसैलाई गर्ने गर्दछन् । रहस्यमय तरिकाले मिलन हुन्छ र सोही अनुरूप नै यसलाई बिर्सिनुपर्ने बाध्यता पनि आइपर्दछ । ऐंचोपैंचोको कुनै निशाना हुँदैन जसलाई जे आवश्यकता पर्दछ त्यसको परिपूर्ति पनि हुने गर्दछ । तर कहिलेकाहीँ किटान गरिएको राधाकृष्णको जोडी पनि अधूरो नै रहनुपर्दछ । गजलका सेरहरूको आवाज यही प्रेमको वियोगमा छट्पटी चल्दा एकअर्काप्रति पानी बाराबार पनि हुनसक्छ, नयनभरि टिलपिल आँसु लिनुपर्ने बनाइदिनसक्छ भन्नेतर्फ रहेको छ ।

राजनीतिक शासनशैलीप्रतिको व्यङ्ग्य

अभिनन्दन मञ्चनमा, सुनें † बुझें † भन्थिस् माइला
सेना पुलिस जम्मा गरी, समर्थक गन्थिस् माइला ।।
त्यसैले त जरैदेखि, उखेलेर फाल्न थाले
दानव नै रैछस् तँ त, विण्णु औतार भन्थिस् माइला ।।
अब पश्चाताप गरी, के नै गर्न सक्लास् र खै
बेलै हुँदा सोच्या भए, शरणार्थी बन्थिस माइला ।।

लड्यालड्यौ गर्दागर्दै, देशमा मारमार भो
सोझा गाउँलेका निम्ति, गोली बन्दुक भार भो ।।
गर्न सक्नेले त गर्छन्, उनलाई केही भा’छैन
लुकाईछिपाई राख्नलाई, उनकै सरकार भो ।।
देशको ढुकुटीमा ढ्वाङ, विदेशमा घुम्दाघुम्दै
नैतिकताको परिणाममा, उही भ्रष्ट आचार भो ।।

जति कर लिएपनि, देशको विकास हुने हैन
बन्दुक किन्न तिर्नुभन्दा, राजश्व कर छलेकै राम्रो ।।
आºनो स्वार्थ पूर्ति गर्न, निमुखालाई छट्पटाउने
यस्ता जनद्रोहीका त, सडकमा पुत्ला जलेकै राम्रो ।।

राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक परिचय नै बनिसकेको छ । कोतपर्व, भण्डारखाल पर्वदेखि हालसम्मको सत्तालिप्साको संघर्षले कहिल्यैल्यैपनि नेपाल शान्त रहन सकेन । यसैको आडमा रहेर साहित्यका पाटामा पनि राजनीतिक कुसंस्कृतिको विरोध गरिएकै छ । गजलमा पनि यो अटाएको छ । जनअपेक्षित सरकार आउन नसकेको तीतो यथार्थ गजलमा कोरिएको छ । जति शासनप्रणाली आएपनि नेपालीहरू शक्तिको लडाईंमा पिल्सिइरहे । जनविरोधी कार्य जारी राख्ने प्रवृत्तिले आÏनै खाल्डो खन्न पुगेको इतिहास पनि ताजा छ । नैतिकता हराएको, बन्दुकको नालले शक्तिको शासन गर्न खोजेको, सत्ताको नाम फेरिए पनि भ्रष्टाचार जारी रहेकोप्रति गजलका सेरहरूले व्यङ्ग्य प्रहार गरेका छन् ।

· साहित्यसम्बन्धी झल्को

साहित्य आख्यानमा मात्र हुँदैन । हुनत गजल पनि साहित्य हो तर यसभित्र पनि साहित्यिक विषयवस्तुलाई गजल सिर्जनाको आधार बनाइएको पाइन्छ । गजलमा साहित्य सुधाको रसलाई रसास्वादन गर्न र आफूँ पनि सिर्जनशील बन्नको लागि पाठकहरूलाई आग्रह गरिएको छ । गजलका सेरहरू साहित्यलाई मन खोल्ने चौतारी, फाटेको मन टाल्ने टालो आदि साध्यकोे रूपमा लिन सकिने बताउँछन् । साहित्यिक मैदानमा शब्दहरूको युद्ध, लछारपछार हुनेसमेत यहाँ जनाइएको छ ।

सिर्जनाको बारीभित्र, खेती गर्न थालेको छु
यहींबाट केही मिल्ने, सानो इच्छा पालेको छु ।।
ठेस कैयौँ लाग्दरैछन्, उकाली र ओरालीमा
फाटेको मन अलिकति, सिर्जनाले टालेको छु ।।

सुन्ने तिमी रैछौ र त, गजल फुर्दा रैछन् निरु
तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।।
गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन
तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।।

सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ
कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।।
भाव लिए पो त विधा, शब्द थुपार्दैमा हुन्न
बाटो चिन साहित्यको, अनि लगातार हुन्छ ।।
कैले युद्धभूमि बन्छ, कैले बुद्धभूमि बन्छ
साहित्यिक मैदानमा, भीषण् लछारपछार हुन्छ ।।

प्रयोग नगर भनेपनि, सकुला नि जिन्दगीमा
आँसु’ शब्दविना मेरो, साहित्य त मर्दैन नि ।।

सुधा भन्या सुधा नै हौ, तिमीसामु जस्तो गरी
अरूसँग मन खोल्ने, छैन दिलको घर सुधा ।।

· गजलमा पोखिएको आर्थिक समस्या र बेरोजगारीको व्यथा

वास्तवमा गरिवको निम्ति धनको मृगतृष्णाले सधँै सताइरहेको हुन्छ । धनको अभावमा जो कोहीलाई पनि गरिवको वर्गमा झारिन्छ । त्यसपछि उसले कार्यशैलीमा भोग्नुपर्ने विवशतातर्फ जसले भोग्छ उसलाई मात्र त्यसको पीडा बोध हुन्छ । रगतले धन साट्नका लागि ऊ साहुको दैलोमा पुगेर हलो, बाउसो समातेर दिनभरि खेतमा पुगेको हुन्छ । न त उसले कुनै खेत पाउँछ न पसिनाको यथार्थ मूल्य नै । यसरी गरिव भएर भोग्नुपर्ने मर्महरू गजलका सेरहरूमा कटपक्क टिपेर राखिएको छ ।
कति दयनीय जीवन, बाचूँ आत दह्रो छैन
निर्लज्ज भइ उभिन नि, टाउको धन्ने जरो छैन ।।
थोपा–थोपा पसिनाका, फाँटैभरि खेती गर्नु
बाउसो खन्यो अर्कैलाई, आºनो कुनै गरो छैन ।।
जीऊ सकी रगतले, पसिनाको पैंचो लिई
के आश ? के बास ? फराल्ने पहरो छैन ।।

· जीवनको आन्तरिक क्रान्तिपूर्ण स्वर
साहसी जीवन जिउन, अब मैले सुरु गरें
पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।।
साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके
उन्नति र उत्साहको, बीज जीउभरि छरें ।।
हेर † आज मेरा सबै, अङ्ग र प्रत्यङ्ग बीच
मनोशान्ति गराउन, तनाबको पुल तरें ।।
स्फूर्त मन उव्जिएर, डाँडा काँडा वरिपरि
घेर्न भनी यातनाको, संसारबाट तल झरें ।।

मान्छेको जीवनमा सुख र दुःखको चक्र त सधँै घुमिरहन्छ । मानिसले लामो जिन्दगीमा उसले कहिले विश्राम गर्न थाल्दछ त कहिले अब केही गरेर देखाउनुपर्छ, अमूल्य समयलाई बेकार खर्च गर्नु हुँदैन, केही साहसिक कार्य गर्नमा लगाउनुपर्छ भन्ने प्रण गर्न सुरु गरेको हुन्छ । माथिका गजल सेरहरू उमङ्गको वीऊ छरेर हिड्ने उद्घोष गरिएको छ । साथमा तनाबमुक्त जीवनको कल्पनासमेत गरिएको छ जुन वास्तविक परिवेशमा सम्भव छैन । गजल वीर रसले सिंगारिएको छ ।

· जीवनप्रतिको निराशापूर्ण अभिव्यक्ति
मान्छेको जीवन् सोचेजस्तो कहिलेपनि हुँदैन । कल्पना गर्दागर्दै मान्छेले कति महान् योजनाहरू मानसमा निर्माण गरिसकेको हुन्छ । वास्तविक जीवनमा त्यो निर्बलियो जलको थोपामा परिणत भइदिन्छ । जीवनको यो युद्धमा कैल्यै सफल हुन नसकिने भाव तलका गजल सेरमा पाइन्छ । मान्छेले अरूको सुखमा आफ्ना लक्ष्यहरू जोडेर हिड्न थाल्दछ । जिन्दगी उदाउने बिहानी नै कालो भइदिएको छ । गजलका सेरहरू यस्ता सबै भोगाईले गर्दा जीवन् निराशातर्फ धकेलिएको भान गराउँछन् ।

पहरा पहाड सिङ्गै, बोकिएला जस्तो लाग्छ
आखिर् भोगाईमा जीवन्, कति नै निर्वल बन्छ ।।
गर्व गरूँ मान्छे म त, मान्छेमाथि महामान्छे
राप ताप पर्नासाथ, निर्वलियो जल बन्छ ।।
साँच्चै हो जीवन युद्ध, कैल्यै जित्न नसकिने
जन्म्यो, उºर्याे, टुट्यो, फुट्यो, जीवन् आखिर निष्फल बन्छ ।।
सपनाको महलमा, उज्याला ती मोती जोडें
यो जिन्दगी उदाउने, बिहानी नै कालो भयो ।।

रचनाको हिसाबमा हेर्दा मेरा गजलले पनि परम्परागत परिभाषाको परिबन्धलाई त्यति टाढा राखेका छैनन् । मतलब यो होइन कि गजलमा प्रेम र शृङ्गारिकता मात्र हुनुपर्दछ । संयोग यहाँ यस्तै परेको छ । मेरा गजलहरू आक्षरिक हिसाबले हेर्दा १६ अक्षरमा बद्ध पङ्तिहरूको बाहुल्य रहेको छ । यस सिर्जनात्मक लेखन पत्रमा मेरा अधिकांश प्रेमका विषयका गजलहरू समावेश हुन पुगेका छन् । हुनत राजनीतिक देखि सामाजिक गजल पनि समावेश गरेको छु । तिनीहरूको सङ्ख्या न्यून रहेको छ । वर्तमान समयका गजलले प्रेमसहित अन्य जुनसुकै विषयवस्तुलाई पनि सेरको मालामा उनेका छन् । गजलले यसलाई छुट पनि दिएको छ ।
·
उपसंहार ः

गजल विश्व साहित्यको अरबी भाषाबाट विकसित भइ फारसी भाषा साहित्यमा मौलाउने प्रशस्त सौभाग्य पाएको विधा हा । राजा–महाराजाहरू तथा उच्च वर्गका व्यक्तिहरूको दरबारमा मात्र सीमित गजल साहित्य आजको विश्व साहित्याकाशमा एउटा सशक्त र बेजोड प्रस्तुतिको विधा बनेको छ । शाब्दिक अर्थ केलाउँदा गजलले ‘नारीजातीप्रतिको वार्तालाप’ भन्ने वाक्यसँग निकटता राखेपनि अब यो परिभाषा यत्तिमा मात्र सीमित रहेन । व्युत्पत्ति कालको परिभाषा जो शृङ्गारिकतामा मात्र पोतिएको थियो त्यो पनि केवल आधार मात्र रहन गएको छ । आजको साहित्य फाँटले नयाँ पालुवा फेरेको छ । तदनुरूप गजलको पनि सबै विषयवस्तुसँग सामिप्य बनेको छ । वर्तमानका सापेक्षित गजलहरू प्रेमिकाका विषयमा गरिएको वार्ता, नारीयौवन र यौनजन्य रसास्वादन गर्ने माध्यम मात्र बन्दैनन् । प्रेमिकासँगको वार्तालाप’ भन्ने परिभाषा आजको गजलको भेलले अर्थान्तरण गरिसकेको छ । तापनि यो कुरा स्वीकार गर्नैपर्दछ कि वर्तमान समयमा पनि अधिकांश गजलको विषयवस्तु माया प्रीतिसँग सन्निकट देखिन्छ ।
गजलको उत्पत्तिगत पाटामा पुग्दा यो गीत तथा कविताको निकट देखिन्छ । अहिले पनि गजल गेयपरम्पराबाट टाढा छैन । संरचनाको हिसाबले हेर्दा गजलमा काफिया, रदीफ, सेर, मिसरा, मतला, मकता, तखल्लुस जस्ता तŒवहरूको उपस्थिति रहन्छ । गजल साहित्य पनि आºनो निश्चित स्वरूप भित्र रहेर विकसित हुँदै गइरहेको छ । गजलको इतिहास अरबी भाषा साहित्यको कसिदा’सँग निकट रहेको छ । साहित्यका लघुतम र बृहत् रूपमध्ये गजलसाहित्य लघुतम रूपमा पर्दछ । गजलका आफ्नै प्रकारमा नियमहरू पनि छन् । तिनीहरू साहित्यका अरू कुनै विधासँग हुबहु सम्बन्ध राख्दैनन् । मूलतः गजल अरबी भाषाबाट आएको हुँदा यसमा प्रयोग भएका शब्दहरू सबै अरबी भाषाबाट आउनु स्वाभाविक नै हो । गजलको संरचनामा काफियाको प्रयोग ब्ब्, द्यब्, ऋब्, म्ब्, भ्ब्, ँब्, ।। को सूत्रमा रहेको हुन्छ । यसर्थ गजलमा प्रयुक्त सेरहरूमा काफियाको आगमन (अनुप्रास) पहिला दुई पङ्तिमा र त्यसपछिका हरेक सेरको मिसर–ए–सानी (दोस्रो पङ्ति)मा हुनु जरुरी रहन्छ । एउटा पूर्ण गजलमा कम्तीमा पनि छ पङ्तिहरु रहेका हुन्छन् । दुई–दुई पङ्तिको समष्टिलाई गजलको सन्दर्भमा एक सेर भनिन्छ । सेरका दुई पङ्तिमध्येको पहिलो पङ्ति मिसर–ए–उला र दोस्रो चाहीं मिसर–ए–सानी हो । काफियापछि काफियाकै अनुपातमा दोहोरिने शब्द तथा शब्दसमूह रदीफ हो यसले गजललाई साङ्गीतिक बनाउँछ । गजलमा रचनाकारले आफ्नो नाम तथा उपनाम प्रयोग पनि गरेका हुन्छन् त्यसलाई तखल्लुस भनिन्छ । शास्त्रीयताको कसिमा बाँधिएर गजल रचना गर्न सानो मिहिनेतले पुग्दैन ।
गजल आजको साहित्य क्षेत्रको एउटा चर्चित र स्रष्टाको आकर्षणको विधा बनेको छ । साहित्यका श्रव्य र दृश्यमध्येको श्रव्य भेदमा पर्ने गजल आजका प्रेक्षालयमा सशुल्क समेत गुञ्जिन थालेका छन् । श्रोताले दिएकोे माया तथा गजलमा पालना गरिएको अनुशासनले गर्दा गजलले साङ्गीतिक रूप पाएका छन् र श्रोतामा जिब्रामा लटपटिएका छन् । गजल एउटा छुट्टै अस्तित्व भएको स्वतन्त्र विधा हो । गजलका आफैमा प्रयुक्त हरेक सेरहरूसमेत स्वायत्त रहन्छन् । यति हुँदाहुँदै पनि गजल सिर्जनाको कठोर अनुशासनमा जो त्यहीलाई बाँधिन त्यति सजिलो भने छैन । मोतीराम भट्टले नेपाली साहित्यमा गजल भिœयाउने गजलकारको श्रेय पाएका छन् । नेपालमा हाल मुख्यगरी युवापुस्ता गजल सिर्जनाप्रति आकर्षित देखिन्छ । मोतीराम युगको गजलको उर्वरता एकताका नाङ्गो बनेर अस्ताउने धारमा पुग्यो । सोही काललाई पुनर्जागरण गराउने यसका साथसाथमा गजललाई अत्यधिक माया गर्ने गजल स्रस्टाहरू हालसम्म पनि गजलको समालोचना र सिर्जनामा अनवरत रूपमा रहेका छन् । गजलकार ज्ञानुवाकर पौडेलले यसको अग्र पदवी पाएका छन् । त्यसपछि अरू गजलकार तथा समालोचकहरू घनश्याम न्यौपाने, कृष्णहरि बराल, मनु ब्राजाकी, रासा, श्रेष्ठ प्रिया पत्थर’, राजेन्द्र थापा, बूँद राना, कृसु क्षेत्री, वियोग बुढाथोकी, नेत्र एटम,अमर त्यागी, आशुतोष, रवी प्राञ्जल, दीपक समीप, भीम विराग, प्रकट पंगेनी शिव’ इन्द्रकुमार श्रेष्ठ विकल्प’ आदि हाल नेपालको गजल विधाको उत्थानमा लागेका छन् ।
शृङ्गार र यौनजन्य विषयवस्तुलाई मात्र टिप्नु र सन्तुष्टि प्रदान गर्नु आजका गजलहरूको उद्देश्य रहेको छैन । आजका गजलहरूले राजनीति, समाज, अर्थ, बेरोजगारिता जस्ता कुनै क्षेत्रलाई पनि सेरको मालामा उन्न बाँकी रोखेका छैनन्् । आशा गरांै नेपाली साहित्यमा अहिले उर्वर बनेको साहित्यिक विधा गजल भोलिको दिनमा अझै फस्टाउने छ र यसका हाँगाहरू हरेक नेपालीका पिढीँ र दैलामा गुञ्जिने छन् ।

-एक_

सिर्जनाको बारीभित्र, खेती गर्न थालेको छु
यहींबाट केही मिल्ने, सानो इच्छा पालेको छु ।।

मनलाई फराकिलो, गराउँँछु भन्दै–भन्दै
मस्तिष्कको शब्दज्ञान, थोरै–थोरै गालेको छु ।।

ठेस कैयौँ लाग्दरैछन्, उकाली र ओरालीमा
फाटेको मन अलिकति, सिर्जनाले टालेको छु ।।

लगाव र परिश्रम, घाम छाँया जस्तै गरी
फल कस्तो लाग्छ कुन्नी, मलजल हालेको छु ।।

कतिसम्म सफल हुन्छु, त्यो त भविष्यले भन्ला
संसार्माथि दृष्टि छर्न, आफ्नै बत्ती बालेको छु ।।

–रचनाकाल ः– २०६३÷०८÷२९

-दुई_

तिमीलाई नै साँचेको, गुलावको फूल थियो
मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।।

सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र
तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।।

तरौं पनि कसोगरी, सामाजिक विभेद् बीच
त्यहाँ त झन् धेरै ठूलो, विवशताको मूल थियो ।।

लाग्छ अब कसोगरी, पार गर्ने यसलाई
मन्को भाव नसाट्नु मै, हाम्रो ठूलो भूल थियो ।।

भन्ने गर्थे मान्छेहरू, तिमी र म बीचको प्रेम
स्वीकार् गर्नै नसकिने, नमिल्दो त्यै कूल थियो ।।

–रचनाकाल ः–२०६३÷०६÷०५

-तीन_

फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ
मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ??

यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न
सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ??

सँगै हिड्छु हात गाँसी, भनेकै छु अझैपनि
छुनै हुन्न भनेजस्तो, कति साह्रै छाडा देख्यौ ??

मनसित धन साट्ने, धेरै रैछन् संसारमा
आउ भेटौं भन्छु तर, पाँच् रूपैँया भाडा देख्यौ ??

हिसाव किताब गरिराख, तिरिदिउँला बरु सबै
हो कि त्यो कठोर् मनले,अन्तै माया गाढा देख्यो ??

–रचनाकालः–२०६३÷०३÷२०

-चार_

कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो
माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।।

कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न
रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।।

व्यर्थै पो रैछ छुच्ची, तिम्रो मेरो साझा प्रण
जुनी जुगांै बिताउने, रटानी नै कालो भयो ।।

सपनाको महलमा, उज्याला ती मोती जोडें
यो जिन्दगी उदाउने, विहानी नै कालो भयो ।।

तिम्रो मेरो आजैबाट, आ–आºनो बाटो पलायो
घोकिएको राधाकृष्ण, किटानी नै कालो भयो ।।

–रचनाकालः–२०६५÷०८÷२४

-पाँच_

बोल्ने नाममा चिनाजानी, पैले तिम्ले गरेकै हौ
तल देख्दा माथिबाट, गजल सुन्न झरेकै हौ ।।

कति नजिक सम्झी बोल्थ्यौ, आजभोलि टाढा मान्यौ
कैल्यै नविर्सने गरी, मनमा नाम भरेकै हौ ।।

तिमीबाट ठूलो आशा, मैले के नै राखेथेंर
तैपनि भाउ उकासी, कर्के आँखा तरेकै हौ ।।

तिमीसामु निहुरिन, मलाई पनि कर छैन
हिजो भेट्दा सामुन्नेमा, नजर अन्त छरेकै हौ ।।

छि वाई हैन’ भनेपनि, अहम् भाव लियौ क्यारे
मलाई गाडीभित्र देखी, अर्कै बस्मा सरेकै हौ ।।

नबोलेरै कस्ले यहाँ, जित्छ र हारेको देख्यौ
संसारमा मै महङ्गी, सोचे भ्रममा परेकै हौ ।।

–रचनाकालः–२०६३÷०७÷३०

-छ_

साहसी जीवन जिउन, अब मैले सुरु गरें
पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।।

साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके
उन्नति र उत्साहको, बीज जीउभरि छरें ।।

हेर † आज मेरा सबै, अङ्ग र प्रत्यङ्ग बीच
मनोशान्ति गराउन, तनावको पुल तरें ।।

स्फूर्त मन उव्जिएर, डाँडा–काँडा वरिपरि
घेर्न भनी यातनाको, संसारबाट तल झरें ।।

–रचनाकालः–२०६३÷०४÷०७

-सात_

लड्यालड्यौ गर्दागर्दै, देशमा मारमार भो
सोझा गाउँलेका निम्ति, गोली बन्दुक भार भो ।।

उच्च पदमा बस्नेहरू, आनन्दले खाइरा’छन्
क्यै नहुने निमुखालाई, दुईतिरै धार भो ।।

गर्न सक्नेले त गर्छन्, उनलाई केही भा’छैन
लुकाईछिपाई राख्नलाई, उनकै सरकार भो ।।

देशको ढुकुटीमा ढ्वाङ, विदेशमा घुम्दाघुम्दै
नैतिकताको परिणाममा, उही भ्रष्ट आचार भो ।।

बन्द भए हामीहरू, आँफैलाई मात्रै रैछ
मन्त्रीलाई त पजेरो र, रातो प्लेटको कार भो ।।

यात्रा गर्दा गाडीबाट, आधा बाटो हिड्नै पर्ने
गोली बोक्ने जङ्गलमा, जन्ता झाराझार भो ।।

–रचनाकालः–२०६२÷०९÷०२

-आठ_

साँच्चै देखें आज देखें, मैले नाना थरी देखें
मनै छताछुल्ल हुने, स्वर्गकी नै परी देखें ।।

चिल्लो सडकमा गुड्ने, चिल्लो कार सिसाभित्र
सब्को हृदयमा पस्ने, पुतली कि चरी देखें ?

परेलीमा घोची हेर, मनभित्र खोली हेर
साँच्चै मेरै तन घुम्ने, मेरै खुनसरी देखें ।।

के देखेथें एकदिन, सँधै त्यहि बाटो पुगे
अरूलाई देख्नै छाडें, उनलाई सँधैभरि देखे ।।

–रचनाकालः–२०६५÷०५÷११

-नौ_

मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु
तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।।

साँच्चै राख्छु भन तिमी, हृदयको कठघरामा
छातीभित्र बाटै बग्ने, तातो रातो खुन बन्छु ।।

हरचाल हल्लिदिने, टाकुरामा झुण्डिएरै
स्वेत पहरमा चुम्ने, लुर्कनाको सून बन्छु ।।

अङ्कुरण भए बाँच्न, चाहिँदैन हावापानी
अन्नदाना तल–माथि, भित्रै बाँच्ने घुन बन्छु ।।

शान्त मन भिन्नै नभ, चिम्म आँखा कल्पनाको
अभावमा नशा जाग्ने, तरङ्गित धून बन्छु ।।

–रचनाकालः–२०६४÷११÷१३

-दस_

आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू
अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।।

मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ
दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।।

सहकार्य सहमति, तोडाइमा चाप दियौ
विवाहित जिन्दगीमा, दुःखहरू टार्दै जानू ।।

तिम्रा मात्रै चाहना छन्, म त शून्यभित्र बाँच्छु
आकाशका तारा सबै, हत्केलमा झार्दै जानू ।।

उसको साथ भइहाल्छ, तिम्रो जीवन खुशी रहोस्
आशा पुरानो मगँग, पानी छिटो वार्दै जानू ।।

–रचनाकालः–२०६५÷०८÷२४

-एघार_

तिमीलाई नचुमेको, धेरै भएन र सुधा
कोमल् सतहमा स्पर्श, ग¥या याद छ र सुधा ।।

कहाँ होस् त्यस्तो अब, माया मा¥यो भनी ठान्यौ ?
तिमीविना मेरो मन, एक्लै बस्दछ र सुधा ।।

हुनसक्छ कैलेकाहीं, परिस्थिति बेग्लाबेग्लै
नियमित नबिराउने, कस्को छ र भर सुधा ।।

टाढा राखी तिमीलाई, अर्कैलाई ल्याउनु छ
छुटिन त मनै छैन, हो यो के रहर सुधा ??

सुधा भन्या सुधा नै हौ, तिमीसामु जस्तो गरी
अरूसँग मन खोल्ने, छैन दिलको घर सुधा ।।

–रचनाकालः–२०६३÷०४÷२५

-बाह्र_

उदास् मनको चहुरमा, आई मस्त च¥यौ आँसु
यस्तो मन नि डढाएर, गर्नु घात ग¥यौ आँसु ।।

तिमीले त हल्का लियौ, पर्नु पीर मलाई प¥यो
मन, मुटुभित्र भित्रै, विष प्याला छ¥यौ आँसु ।।

यस्तो मौन हुनु थियो, पैले जिस्किई किन बोल्यौ
अन्तर्मनका हर्ष सबै, आजैबाट ह¥यौ आँसु ।।

ला’को कति गुन भुल्यौ, भोलि अझै बाँकी थियो
मलाई छालमा धकेलेर, आफूँ पारि त¥यौ आँसु ।।

तिम्लाई खुसी देखिरा’छु, सँधैभरि यस्तै बन्नु
नयनको तालभित्र, टिलपिल आँसु भ¥यौ आँसु ।।

–रचनाकालः–२०६१÷१२÷०३
-तेह्र_

सुन्छु आजभोलि तिम्रो, कोठाभित्र बास छैन
उनैविना तड्पिदिने, मुखभित्र गास छैन ।।

हुन त खै सँधैभरि, जानिराख्या वानी तिम्रो
उनै आडमा हुन्छन् सुन्थें, अरू तिम्रो पास छैन ।।

दिन गई रात आ’को, रात गई दिन भा’को
केही मेसो हुन्न सुन्थें, अभाव्को आभाष छैन ।।

जे मागे नि त्यहिं छ रे, सहर्ष नै पाउँछौ रे
सबै पाएपछि सुन्छु, तिम्रो मन् निराश छैन ।।

लाग्छ तिमी हिड्यौ अब, जिन्दगीको भिन्नै बाटो
तिम्रो साथ पाउँला भन्ने, अब मलाई आश छैन ।।

म सँग त किन हिड्थ्यौ, मनजति धन छैन
अव्सरवादीलाई बाढ्न, धनको त रास छैन ।।

–रचनाकालः–२०६३÷०५÷०२

-चौध_

सुन्ने तिमी रैछौ र त, गजल् फुर्दा रैछन् निरु
तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।।

गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन
तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।।

तिमी जस्तै निरुहरू, असीमित भएदेखि
काव्य बन्न के बेर जब, बसमै जुर्दा रैछन् निरु ।।

थकाउँछु गजलैले, जोडतोड लाग्या भए
उम्किनै नसक्ने गरी, प्रेमले पुर्दा रैछन् निरु ।।

–रचनाकालः–२०६२÷१२÷१९

-पन्ध्र_

प्रीतिभित्र बाँध्नलाई, यौटा एउटा यात्रा तय भयो
सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।।

नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा
शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।।

फोनबाट भेट भयो, कति दिन कहाँ–कहाँ
खुस्स कानमा भनेकै हौंं, विशाल विजय भयो ।।

दुखःहरू टाढा भागे, न त परिकल्पना नै
सुखै–सुख तरेलीमा, हाम्रो यौटै लय भयो ।।

एकदिन अकस्मात, बज्रपात हुन पुग्यो
लेखाजोखा गर्नै बाँकी, कस्को कति क्षय भयो ।।

केही मेसो भएन खै, के–के ऐंचो पैंचो चल्यो
जुट्यो टुट्यो बैंशे माया, क्या रहस्यमय भयो ।।

–रचनाकालः–२०६३÷०८÷२८

-सोह्र_

मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु
मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।।

अघि बढौं हातेमालो, दुई हात दुई गोडा
समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।।

अनर्थ नसोच तिमी, सारा सङ्लै बग्छु हेर
दिलभित्र बाह्रमासे, लतासरी झुलिदिन्छु ।।

टाढा भागी जाँदिन म, तिम्रै पास आँगनीमा
गौण ऐना बनी त्यहिं, हरपल डुलिदिन्छु ।।

उखेलेर कुल्ची हिड्ने, कुनै चेष्टा गर्नुहुन्न
हिलो,पानी जहाँपनि, कमल’ भै फुलिदिन्छु ।।
–रचनाकालः–२०६५÷०५÷३१

-सत्र_

अभिनन्दन मञ्चनमा, सुनें ! बुझें ! भन्थिस् माइला
सेना पुलिस जम्मा गरी, समर्थक गन्थिस् माइला ।।

देखिस् तेरा मान्छेहरू, कति रैछन् सडकमा
स्वतन्त्रता दिन भन्दा, ठस्ठसी कन्थिस् माइला ।।

त्यसैले त जरैदेखि, उखेलेर फाल्न थाले
दानव नै रैछस् तँ त,विष्णु औतार भन्थिस् माइला ।।

आतङ्क र हुलदङ्गा, कतिसम्म मच्चाउँछस्
जनता समान् भा’को भए, तैंंले सहन्थिस् माइला ।।

मान मर्यादा राख्दा–राख्दै, उन्मत्त भै हिड्न थालिस्
निरङ्कुशता देखाउन,कति खोइरो खन्थिस् माइला ।।

अब पश्चाताप गरी, के नै गर्न सक्लास् र खै
बेलै हुँदा सोच्या भए, शरणार्थी बन्थिस् माइला ।।

–रचनाकालः–२०६३÷०१÷१२

दोस्रो बृहत् जनआन्दोलन सफल भएको दिन रचित

-अठार_

कति दयनीय जीवन, बाँच्ने आत दह्रो छैन
निर्लज्ज भै उभिन नि, टाउको धन्ने जरो छैन ।।

दैवको नै नियतिले, हान्यो लात कति रुखो
दुनियाका महल हुँदा, ऊ ओत्ने टहरो छैन ।।

सामाजिक विभेद कति, धनी गरिव बीच त्यहाँ
चिल्ला सडक, कार तर, ऊ हिड्ने डहरो छैन ।।

थोपा–थोपा पसिनाका, फाँटैभरि खेती गर्नु
बाउसो खन्यो अर्कैलाई, आºनो कुनै गरो छैन ।।

झुत्रे झाम्रे पहिचान, राम्रो खानु राम्रो ओड्नु
जीवन नै टालटुल, लुगा एकसरो छैन ।।

यस्तै भै बाँच्नलाई, उस्लाई क्यै रहर छैन
घिस्रिएर माथि उठ्न, समात्ने लहरो छैन ।।

जीऊ सकी रगतले, पसिनाको पैंचो लिई
के आश ? के बास ? फराल्ने पहरो छैन ।।

साढे दुई बीस बेतन, परिवार पाल्नैपर्ने
धमाधम धनको वर्षा, बर्सने तहरो छैन ।।

–रचनाकालः–२०६३÷०३÷३०

-उन्नाइस_

बिर्सन त सकिएन, मनपनि स्थिर छैन
पछि भनी टार्नलाई, दुवै मुुटु धीर छैन ।।

चटक्कै माया मार्न, पापै लाग्ने डर लाग्छ ।।
साटिएको छाती रोप्न, कसैसँग झीर छैन ।।

कति कल्पिराखूँ मैले, मुहारको आकृतिलाई
तिर्खा मेट्न हेरूँ भन्छु, सुन्दर तस्वीर छैन ।।

सँगै बसौं नछुटिई, कति गर्नु वरपर
भागी जाआंै भन्छ्यौं तिमी, व्यवहारिक पीर छैन ।।

खानै पर्ने बाँच्नै पर्ने, मायाले पेट भरिँदैन
चुरा,पोते, सिन्दुर किन्ने, स–सानो जागिर छैन ।।

तिमीले नै भन अब, भागी हामी कहाँ जाने
त्यसैले त आज मेरो, खुला ठाडो शीर छैन ।।

–रचनाकालः–२०६३÷०३÷२५

-बीस_

कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली
सर्माएर सम्साँझैमा, औलै टोकी आउन थाली ।।

नआउ कैल्यै नभनेनि, सँधै आउ त भन्दैनथें
सुटुक्क ! आ मोरी भन्यो, ढोकै ठोकी आउन थाली ।।

कसैलाई थाह दिनुहुन्न, वरिपरि हामी दुईको
हल्ला गर्न हुन्न भन्यो, बाहिरै खोकी आउन थाली ।।

मसँग त केही छैन, केवल एउटा रित्तो ज्यान
अघाएर आउनु भन्थें, साह्रै भोकी आउन थाली ।।

पढ्नुपर्छ मैले अब, दुई चार महिना नआउ भनें
लाज मानी घुम्टो तानी, मुखै ढोकी आउन थाली ।।

काम परी कतै हिड्यो, वैकल्पिक बाटो खोजी
सुर पाई त्यतै गा’को, ¤याप्पै रोकी आउन थाली ।।

दिक्क परें अब त म, कैल्यै नआ भन्दिऊँ जस्तो
वार्गेनिङ गरीगरी, रेटै तोकी आउन थाली ।।

रिसाएर दुई झाप्पड, गालैमाथि पड्काईदिएँ
त्यसपछि त बेसुरमा, रक्सी धोकी आउन थाली ।।

पाँचसात महिना टाढा भई, मैले सोचें बल्ल उम्कें
तेरै हुन् भनी पछि, बच्चै बोकी आउन थाली ।।

–रचनाकालः–२०६२÷०६÷०५

-एक्काईस_

झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि
वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।।

अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ
रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।।

तिमी नहुँदैमा मेरो, के कति नै गुम्ला र खै
काँडा झ¥यो जीवन्बाट, फूल कैल्यै झर्दैन नि ।।

खेती गरेपछि आशा, जसले पनि गर्छन् तर
चट्टानको कापभित्र, पटमूर्ख वीऊ छर्दैन नि ।।

कहाँ त्यति सोझो छु र, तिम्ले जस्तो देखेपनि
जानी–जानी जिन्दगीमा, सोझै सुख हर्दैन नि ।।

तिमीसँग के माग्थेंर, पूरै खाली देखिरा’छु
खाली गाग्रीले त कैल्यै, लोहोटा पनि भर्दैन नि ।।

सोचेकी पो थ्यौ कि तिमी, यो दिलमा आउँछ भनी
छिट्टै मान्छे नचिनी त, प्रितको डेरा सर्दैन नि ।।

एम्बुस राखी पुलमाथि, सोच्यारैछौ नदी तर्छ
जाँचबुझ नगरी त, छोराले पुल तर्दैन नी ।।

मर्दको छोरा ठान्छु, मेरो मन्ले आँफैलाई
चेतावनी दिएपनि, यो मन त्यसै डर्दैन नि ।।

प्रयोग नगर’ भनेपनि, सकुला नि जिन्दगीमा
आँसु’ शब्दविना मेरो साहित्य त मर्दैन नि ।।

–रचनाकालः–२०६१÷१२÷….

-बाईस_

सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ
कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।।

मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन
कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।।

भाव लिए पो त विधा, शब्द थुपार्दैमा हुन्न
बाटो चिन साहित्यको, अनि लगातार हुन्छ ।।

बोध होला त्यसपछि, फराकिलो चहुरको
कहाँ चर्न के कति र, कसको छेकवार हुन्छ ।।

उब्जाउन बसेपछि, मधुरसको अन्नपानी
कलम् कापी मनभन्दा, अरू अन्धकार हुन्छ ।।

भोक निद्रा परु सर्छन्, वाली भित्राउने बेला
नटुङ्गिने बेलासम्म, अघोषित करार हुन्छ ।।

प्रत्येक तोरी फूलमा पुग, मीठो स्वाद जुटाउन
महजस्तो खाद्य बोक्न, अलिकति भार हुन्छ ।।

उड्दाउड्दै जिन्दगीमा, कुन कुनामा पुगिन्न र
देख्याभन्दा धेरै भित्र, सोच् अनकण्टार हुन्छ ।।

कैले युद्ध भूमि बन्छ, कैले बुद्ध भूमि बन्छ
साहित्यिक मैदानमा, भीषण लछारपछार हुन्छ ।।

सीमा हुन्न लडाईंको, नमेटिन पनि सक्छ
गर्दागर्दै अन्तिममा, उल्टै मारामार हुन्छ ।।

लेख्नेका नि मर्महरू, अनगिन्ती हुने गर्छन्
जसले जस्तो लेखेपनि, आ–आङ्खनै विचार हुन्छ ।।

कल्पनालाई पढ्ने मान्छे, वास्तविकै सोचिदिए
स्रष्टा स्वयम्लाई रेट्ने, अक्षर नै धार हुन्छ ।।

धारा अनुरूप बग्छ, शब्द तरल भाषा बनी
प्रवृत्तिगत हसाउँने, हास्यरसको सार हुन्छ ।।

विपरितै मन भए, अक्षरको निहुँ झिकी
अवुझ् पाठक बीच त्यहाँ, सर्जककै हार हुन्छ ।।

–रचनाकालः–२०६२÷१२÷२३

-तेईस_

सून हुन्छ भने पित्तल, भर्खर गाल्न तयार छु
जति लाग्छ लागोस् पाप, सब पखाल्न तयार छु ।।

तिम्रो माया दिन्छ्यौ भने, पर्दैन भो केही खान
भोकै पेट दिन रात, गिट्टी चाल्न तयार छु ।।

माया गर्नु पापै हैन, मन्मा मात्रै बस्छु भन
बीचमा आउने बाधा अड्चन, सबै ढाल्न तयार छु ।।

एक्लो जीवन दूर यात्रा, गन्तव्यमा पुग्नै गाह्रो
माया साटासाट गरी, दिल टाल्न तयार छु ।।

कस्ले भन्छ एक मन, एक आँखा ताक्नुपर्छ
माया गर्ने मान्छेजति, बाती बान्न तयार छु ।।

ऋण लाउँछ भने लाओस्, मन् पार्नेलाई माया गर्दा
सुखदुःख साट्नलाई, बारी फाल्न तयार छु ।।

कस्का छैनन् दुई स्वास्नी ? घृणा गर्नु कसलाई
झुप्रा हाली आटोपिठो खाई पाल्न तयार छु ।।

सौतालाई हैन माया, मलाई पो त गरेकी हौ
राजीखुशी आउँछ्यौ भने, कान्छी हाल्न तयार छु ।।

–रचनाकालः–२०६३÷०९÷१९ .

-चौबीस_

ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ
बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।।

साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन
मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।।

आहा π कति रमाइलो, अँगालोको परिधिमा
कल्पूँ मृग पाठा नाच्ने, मन मृगस्थल बन्छ ।।

नसकिने कल्पनाले, जिन्दगीको यात्रा मेट्न
सोचेजस्तो होस् जीवन, शान्त र निर्मल जल बन्छ ।।

पहरा पहाड सिङ्गै, बोकिएला जस्तो लाग्छ
आखिर् भोगाइमा जीवन्, कति नै निर्वल बन्छ ।।

गर्व गरूँ मान्छे म त, मान्छेमाथि महामान्छे
राप, ताप पर्नासाथ, निर्वलियो जल बन्छ ।।

साँच्चै हो जीवन युद्ध, कैल्यै जित्न नसकिने
जन्म्यो, उº¥यो, टुट्यो, फुट्यो, जीवन आखिर निष्फल बन्छ ।।

–रचनाकालः–२०६३÷०४÷०६

-पच्चीस_

फुकेको त्यो कपालमा, आउँ लाग्छ चुल्ठी बाट्न
जिन्दगीका सुखदुःख, मन लाग्यो त्यहीं साट्न ।।

अरू ठाउँ कहाँ जाने, कोसँग पो नाता गासूँ
विछोड नै चुलिएमा, के बेर हुन्छ मुटु फाट्न ।।

सच्चाप्रेमी भई बाचौं, खुशीयाली सँगालेर
रहर् कस्लाई लाग्छ भन, जलनका दिन काट्न ।।

एक–एक दुई भई, दुई फेरि एक हुँदा
समस्याका पहाड् फोड्न, कति सहज् होला आट्न ।।

हुन्छन् इष्र्या गर्नेहरू, सबका मित्र सबका शत्रु
दुनिँयाको कर्के नजर, बाध्य हुन्नौं हामी फाट्न ।।

आउ साथ दिने कसम्, मुटु साक्षी राखी खाऔं
संसारलाई ढाँटेपनि, को सक्छ र आत्मा ढाट्न ।।

–रचनाकालः–२०६३÷०४÷०६

-छब्बीस_

माया रोप्न भनी थालें, डढेलोको बाली लाग्यो
तिमीसँग भेट्न खोज्दा, काँडेतारको जाली लाग्यो ।।

साह्रै निष्ठुरी पो रैछौ, एक् झल्को नि देखिइनौ
खै कसरी बोलेकी हौ, चर्काे डाँको गाली लाग्यो ।।

किन यस्तो मन हुन्छ, सुकोमल कुमारीको
विवाहिता पक्कै हैनौ, सिउँदो त खाली लाग्यो ।।

मन्दिरतिर हिड्यौ कि, देवसँग वर माग्न
हातमाथि लिएको त, सिन्दुरको थाली लाग्यो ।।

घुम्टो माथि तान त खै, खाली सिउँदो भरिदिउँला
तिमी साह्रै सुन्दर छौ, अरू सबै काली लाग्यो ।।

मिल्दो जोडी खोजी हिँड्थ्यौ,बल्ल आज साइत जु¥यो
त्यसैले त ईश्वरबाटै, भररर ताली लाग्यो ।।

–रचनाकालः–२०६१÷०२÷०२

-सत्ताईस_

गरीवको खेतबारीमा, अन्नदाना फलेकै राम्रो
तिमी मण्डलेलाई बेच्न, बेसारमा पिठो मलेकै राम्रो ।।

जनतामारा सरकार आउँछ, फेरि तिमी गएपनि
त्यसैले त हाम्रो निम्ति, जनादेश चलेकै राम्रो ।।

जति कर लिएपनि, देशको विकास हुने हैन
बन्दुक किन्न तिर्नुभन्दा, राजश्व कर छलेकै राम्रो ।।

कति खान्छौ खानपनि, सीमारेखा उछिनेर
गरीव्ले कर नतिर्दिंदा, तिम्रो आँत गलेकै राम्रो ।।

आºनो स्वार्थ पूर्ति गर्न, निमुखालाई छट्पटाउने
यस्ता जनद्रोहीका त, सडकमा पुत्ला जलेकै राम्रो ।।

तिम्ले केही गर्ने हैनौ, एकछिन बस्नु पर्दैन भो
गरीवका सम्मुखमा, भ्रष्ट सरकार ढलेकै राम्रो ।।

–रचनाकालः–२०६१÷१०÷२६

-अाईस_

तिमीलाई विर्सिएर, सम्झिनु नै कस्लाई छ र ?
सारा जीवन जवानी, आजन्म नि तिम्रै भर ।।

सुनैसुनको महल् बन्छ, तिम्रो मनमा बस्दाखेरि
झुपडी नै किन नहोस्, छाउने होस् न सुकेको खर ।।

यति चोखो यति मीठो, प्रीति साट्दा रिस गर्ने
सबै हुन्छन् भन्दैमा, जालै तोड्न कसको कर ।।

रीस, राग, गाली, गलौंच, सहन त सक्नुपर्छ
निश्चल प्रीतको मालाभित्र, पर्दैन नि गाउँको डर ।।

जति–जति कुरा काट्छ, दुनिँयाले हाम्रो सामु
त्यति–त्यति सवल् बन्छ, पिरतीको न्यानो घर ।।

आउ तिमी साथ दिन, अँगालो मै बाँधिदिन्छु
हेरा हेरै दङ्ग पर्छन्, कुरा काट्ने सर्छन् पर ।।

–रचनाकालः–२०६१÷०६÷….

-उनान्तीस_

तिम्रै लागि भनेपनि, उल्टोपाल्टो सोच्यौ आँसुु
त्यै वाणीको प्रत्युत्तरमा, तिखो वाणले घोच्यौ आँसु ।।

मैले लुट्नु के नै थ्यो र, मीठो बोल्न धक मान्यौ
सङ्कुचित छैनौ ठाने, तर जेलमा कोच्यौ आँसु ।।

मानविनाको शान दिन, तिम्ले पनि खोज्दिरैछौ
मौका मिल्दा दवाउने, कठोर लातले गोज्यौ आँसु ।।

सोचाई र मूल्याङ्कन, कैल्यै मिल्न सक्दोरैन्छ
खुलस्त भै मन खोल्दा, निहुँ खोज्ने ठाउँ रोज्यौ आँसु ।।

तिमीजस्ता पढेका र, हामीजस्ता अनपढका
कुरा मिल्दा नसक्दा नै, नबोली बस्न खोज्यौ आँसु ।।

हामीसँग बोल्दा तिम्रो, धेरै ठूलो के गुम्थ्यो र
साह्रै सानो कुरा लिई, मनमा शूल रोप्यौ आँसु ।।

तिमी सक्छ्यौ भने आँसु, म पनि त सकूँला नि
किनकिन आज तिम्ले, घमण्डीपन अगाल्यौ आँसु ।।

–रचनाकालः–२०६१÷११÷२४

-तीस_

तिमीलाई देखेर नै, सास धानेको छु सानी
तिम्रो साथ छ र पो त, बाँच्न जानेको छु सानी ।।

नपाइने हैनन् काली, सँगै जिउँछु मर्छु’ भन्ने
तिमीसँगै यात्रा गर्नु, युक्त ठानेको छु सानी ।।

आजसम्म पर्खेकै छु, त्यै ज्यानको आशैआशमा
जिन्दगीको उकालीमा, रथ तानेको छु सानी ।।

मुटुभित्र चट्टान त, कस्को बन्न सक्छ सानी
यतातिर पनि भक्ति, छ झै मानेको छु सानी ।।

सोझै भनूँ अनुहारै, दर्पणछायाँ हुन्न सम्झें
मनभित्र बाटो खन्न, घुम्ती हानेको छु सानी ।।

–रचनाकालः–२०६४÷०८÷१७

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.