~वामदेव पण्डित~
चिच्याएर सदा कराउन बढी काङ्गे्रस सज्जन ।।
थाले कट्कन सुन्न चाख नलिने, दाहाल सोगर्जन ।।
यस्तोभो अब संविधान सहसा बन्दैन हो निश्चय ।।
प्यारा बान्धव हो, नराख मनमा आशाहरू सञ्चय ।।१।।
के कोतर्न पर्यो बुझेर मनले, जानी हलेदो भनी ।।
सत्ता छैन तयार कार्य तिरमा, बस्दै छ ठण्डा बनी ।।
काङ्गे्रसी जनले बुझी अघि बढे, यो जालसाजी कुरो ।।
सत्ता यो अब भित्र-भित्र हुन गो, जालो दिने माकुरो ।।२।।
काङ्गे्रसी जन संविधान कसरी, चाँडो हुने हो यही ।।
चिन्ताग्रस्त छ सत्य ठान दुनियाँ, हो बात पक्कै सही ।।
सानो निर्ण्र्ााा प्रचण्ड पगरी खोते निकै झिक्दछ ।।
ढिलो गर्न उपाय भूमिगत भई, खोटो कुरो सिक्दछ ।।३।।
बन्ला के अब संविधान ननिको, गर्दै बढी छलफल ।।
काट्ने कालगरी हुने छ, अब त्यो आकाशको झैं फल ।।
नेपाली जन विज्ञ नागरिक हो, सुत्छौं तिमी खाटमा ।।
जाने छाँट छ लौन है मुलुकको, अस्तित्व नै घाटमा ।।४।।
जागा भई सरकारको नगिच गै, जुँगा कडा पक्रिई ।।
काङ्गे्रसी सरी भई अगाडि बढ है, नारा दिई कट्किई ।।
त्रियानब्बे उमेरमा सकसले, देख्दै छु यो मार्मिक ।।
सत्ता माथि बढी दबाब दिनु नै, हो यो कुरो धार्मिक ।।५।।
दोस्रो उज्ज्वल चर्किंदा, अति कडा सङ्र्घष्ा आन्दोलन ।।
निक्लेथ्यो त्यसमा अति प्रबल भई, सत्ता कडा पोलन ।।
ठूलो शक्ति थियो कडा, शिथिल भई बस्ने गरेको किन ।।
देऊ ठोस दबाब शासक बने निर्लज्जले लम्बिन ।।६।।
(स्रोत घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)