~जीवन दहाल~
“४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर-भर्खर सितलहरले गोडा पसार्न थालेको समय , शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कूल र घुम्ने बरालिने ठाऊँनै नभएको नामकोमात्र शहर बिराटनगरमा ।
खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अबिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै ।
अरु केही नभए पनि बोल्ने साथी त पाइयो भनेर मन अलि हलुङ्गो भयो अनि मैले पट्यार मेटाउन कुराकानीको सिलसिला शुरू गरिहाले -“तपाईं पनि बच्चा भेट्नै आउनु भएको ?”
“हो त”-उसले स्वीकार गर्यो र आफैले थप्यो-“मेरो छोरा रीवाज मण्डल पनि यहि स्कूल्को कक्षा १० मा पढ्छ ।”
“तपाइँको घर चै कता नि मण्डलजी ?”-मैले अर्को प्रश्न थपें ।
“पहिले त धनुषामा थियो, अहिले चाहिँ यहिं बिराटनगरमा, के गर्नु धनुषामा मधिसे नाम गरेका जङ्गली पशुले बस्नै दिएनन त्यसैले पहाडे बढी भएको १ नं. प्रदेशमै बस्न सजिलो होला भनेर प्रहरी सेवाबाट रिटायर्ड भएपछी पेन्सनको पैसाले भिटा किने र धनुषाको जग्गा बेचेका पैसाले घर बन्ने भएपछी यतै बसाई पनि सरि हालें पशु प्रदेश पशुहरुलाइ नै छोडेर । यहाँ भए कमसे कम बच्चा पढाउँन र व्यापार व्याव्साय गरेर खान त पाइन्छ ।” उसले पहाडे लवजमा सोधेभन्दा बढिनै मनको तितो पोख्यो र मलाइ आश्चर्य चकित पनि नबनाइ छोडेन त्यो पनि मधेसीयालाइनै गाली गरेर ।
“अनि पेसा चैं के अगाल्नु भएको छ नि, जागिरबाट त रिटायर्ड भै सक्नु भएछ”-मलाइ मण्डलजी अलि रमाइलो मान्छे लागेकाले एउटा अन्तरङ्ग प्रश्न पनि घुसाइ हालें बातचीतका बीचमा ।
“के हुनु र ! आफ्नै घरमा एउटा सानो-सानो किराना पसल खोलेको छु । बिहान बेलुका फुर्सद मिलाएर म हेर्छु अनि दिउँसो चैं बुढियालाइ छोडेर हाम्रो १ नं. प्रदेश कुनै हालतमा पशुहरुको प्रदेशमा मिसाउँन दिनु हुँदैन भनेर जागरण अभियान चलाउँदै हिड्छु”-उसले रहस्यले भरिएको कुरा गर्यो र थप्यो-“पशुहरुका लागि बेग्लै र मानिसहरुका लागि बेग्लै प्रदेश हुनुपर्छ भन्ने मेरो अभियान ठिक छैन त ?”
“हैन हौ, तपाईंले त माता जानकीले जन्म लिएर पवित्र पारेको; राजा जनक, याज्ञबल्क्य,गार्गीजस्ता विद्वान विदुषीका विद्वताले सु-शिक्षित तथा सु-संस्कृत बनाएको स्थान मिथिलालाइ साह्रै नराम्रोसँग असभ्य र पशु प्रदेश भनेर गाली पो गर्नु भो त किन हँ ? त्यतिबेलै देखि संसारलाइ संस्कृती र सभ्यता सिकाउँने मैथिलहरुलाइ असभ्य पशु भनेर अपहेलना गर्न मिल्छ र ?”-मैले मिथिला र मैथिलको पक्ष लिएर सभ्य बिरोध जनाएँ ।
मेरा कुरा सुनेर उसले खिस्स गरेर उपेक्षाको हाँसो र भन्यो सर पनि खाली किस्सा कहानीको कुरा गर्नु हुन्छ र फेरि उल्टै मलाइ प्रश्न गर्यो -“एकपटक सभ्य भै सकेको मान्छे फेरि फेरि आफ्नो विरानो पनि चिन्न नसक्ने गरि असभ्य र बर्बर हुन्छ र ! अनि, अहिलेको यिनिहरुको कृयाकलापलाइ हेरेर कुनै जमनामा यिनिहरु सभ्य थिए भनेर के आधारले मान्ने ?”
“त्यसो त हुँदैन”-मैले उत्तर दिनलाइ उचित शब्द तत्काल सम्झिन न सकेर अकमकिदै उत्तर दिएँ ।
“अनि, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै ढुङ्गे युगमै जीवन ब्यतित गरिरहेका, आमा तथा दिदी-बहिनीलाइ अलच्छिन,राँडीफुडी र बोक्सीमात्र देख्ने तथा सबैलाइ आफैं बराबर ठानेर अभद्र र पशुवत व्यवहार गर्ने अधमपशुहरुलाइ पनि अझै सभ्य र मान्छे ठान्नुहुन्छ तपाईं ?”-उसले तमतम्याइलो अनुहार बनाएर भन्यो।
जीवन दहाल
गौरादह-१२,झापा
(स्रोत : Voiceofjhapa)
वौद्धिक लेखकहरुले सबैलाई माया गरेर लेख्न जरुरि छ,