~मबि सिंह~
काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न थुक्नु, न निल्नु अमृत, घाँटी सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिऊँदो जाग्दो सामू बूढो गिध्द पर्खि रह्यो ।
” एकै पटक मर्छु ” भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
उत्रनु र डुब्नुको दोसाँधको जहाज
देखि बेदनामा, समुन्द्री सतह झन् चर्कि रह्यो ।
सुनामीले सोतर पारेको आँगनमा
पानी तर्काऊन, जमीन फेरी थर्कि रह्यो ।