~बि बी सुब्बा~
बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र
कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ र
बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई
फेरी बालपन संग गास्न काहा सकिन्छ र
फर्किन नै भुल्दो रैछ खोला सरी बग्ने जिवन
पोखीजाने माया कठै चास्न कहाँ सकिन्छ र
सपना नै लाग्छ जीवन क्ष्रण भर मै हराउने
तर जीवन सपना भनि मास्न कहाँ सकिन्छ र
(स्रोत : Damkdotcom)