कविता : भगवान भरोसा

~लोप्चन लामा~

कहिले माओको बन्दुक पड्कियो
कहिले र्हितिक कान्डा मच्चियो
त कहिले मदेश करायो

कहिले वाइ सियलले बजायो

कहिले चक्क जाम

त कतै फोहोरको गन्ध

कहिले तराइ त

कहिले राज-मार्ग बन्द

खै कसरी भनु साथी हो?
देश बिकास कता हरायो कता हरायो?

गिरिजाहरु कति आए गए
देउवाको त के कुरा

आशा थियो माईला दाईको
तर चलाई दिए छुरा
प्रचन्ड होस् या बाबुराम
मादव होस् या गिरिजा
अब नेपालको बिकास
भगवान भरोसा

(स्रोत : Sajha)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.