कविता : स्वागत छ दिपावली

~रमेशप्रसाद तिमल्सिना~ ramesh-timalsina

स्वागत छ दिपावली तिमीलाई
खुसियालि ,हर्षर उमंग बोकि आऊ
रंगीचंगी फुल बनी सुगन्ध र्छन आउ
भाइनभएका दिदीलाई भाइ बनी आउ

स्वागत छ दिपावलि तिमीलाई
दिदी बहिनी बनि भैलो खेल्न आउ
दाजुभाइ बनी देउसी खेल्न आऊ
मखमली फुल बनि भाइको गलामा आऊ
सप्तरंगी टिका बनि दिदीको गलामा आऊ

स्वागत छ दिपावलि तिमीलाई
बर्षदिनमा एक पटक नर्बिकन आऊ
गरिब दुःखीकाँहा मुस्कान र्छन आऊ
घरआँगन चोकमा दउसी भैलो खेल्दै आऊ
अन्धकारमा पिल्सिएको समाजलाई ज्ञानको ज्याति दिन आऊ

स्वागत छ दिपावलि तिमीलाई
वर्ष दिनमा माइत जान लागेकी चेलीकाे
बाटाको काँडाहरु पन्छाउदै आऊ
बिदेशिएको भाइलाई घर सम्झाइ
प्लेनको छिकट बनि आऊ

स्वागत छ दिपावलि तिमीलाई
तिलहरि बन्धकी राखी आमाले पकाउनु भएको
सेलरोटि चाख्नलाई छिटै नै आऊ
जग्गा धितो राखी बुवाले किनेर ल्याउनु भएको
नँया र राम्रा लुगा लगाउनलाई आऊ

स्वागत छ दिपावलि तिमीलाई
दुबो जस्तै गरि मनका भावनाहरु
मौलाउने बाचा गर्दै आऊ
मखमलि फुल जस्तै गरीमनका चाहानाहरु
नआइलाउने बाचा गर्दैआऊ

स्वागत छ दिपावलि तिमीलाई
तेलका थोपा गरी मनका भाबउtmिहरु
नसुकाउने बाचा गरी आउ
मनमा लागेका उच्च आशा र आकांक्षा
प्रष्फुटित गर्न जसरी भएपनि आऊ

स्वागत छदिपावलि तिमीलाई
झलिीमिली बत्ति बाली उज्यालो छर्न आऊ
धनकी देबि लक्ष्मीबनि गरिब दुःखिका आऊ
केटा केटीले खेल्ने चंगा पट्का बनि आऊ
सररर मच्चिने पिङ बनि आऊ

स्वागत छ दिपावली तिमीलाई
भाइको दक्षिण समात्नलाई
रोसि तरेर भएपनि आऊ
दिदीको कोशेली चाख्नलाई
बेशी झरेर भएपनि आऊ
स्वागत छ दिपावली तिमीलाई
शुभकामना छ दिपावली तिमीलाई ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.